बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

प्रदेश ३ सरकारको बजेट ४७ अर्ब ६० करोड करोड (पूर्ण पाठसहित)

प्रदेश ३ सरकारको बजेट ४७ अर्ब ६० करोड करोड (पूर्ण पाठसहित)

१५ अर्ब ४९ करोड ४९ लाख राजस्व उठाउने अनुमान


  • ढोरपाटन संवाददाता
  • असार १ २०७६, आइतबार

हेटौंडा, १ असार – प्रदेश ३ सरकारले आगामी आर्थिक वर्षका लागि ४७ अर्ब ६० करोड ७८ लाख ८६ हजार रुपैयाँको बजेट ल्याएको छ ।कुल नियोजित बजेटमध्ये चालु खर्चतर्फ २४ अर्ब ४६ करोड ७९ लाख ९० हजार अर्थात् ५१.३९ प्रतिशत बजेट छुट्टएिको छ । त्यसैगरी पुँजीगततर्फ २२ अर्ब ८३ करोड ९८ लाख ९६ हजार अर्थात ४७.९८ प्रतिशत बजेट विनियोज गरिएको प्रदेश अर्थमन्त्री कैलाश ढुंगेलले प्रदेशसभालाई जानकारी गराएका छन् ।
वित्तीय व्यवस्थापनतर्फ ३० करोड अर्थात् ०.६३ प्रतिशत रकम प्रदेश ३ सरकारले विनियोजन गरेको छ । बजेटको स्रोतका लागि प्रदेश ३ सरकारले १५ अर्ब ४९ करोड ४९ लाख राजस्व उठाउने अनुमान गरेको छ । त्यसैगरी अन्तर सरकारी अनुदानतर्फ १८ अर्ब ६ करोड १३ लाख प्राप्त हुने अनुमान गरिएको छ भने अन्य राजस्वतर्फ ७ अर्ब ३० करोड उठ्ने अनुमान गरिएको छ । राजस्व वचततर्फ ६ अर्ब ७५ करोड १६ लाख ८६ हजार प्राप्त हुने प्रदेश ३ सरकारको अनुमान छ । काठमाडौं समेत आफ्नो प्रदेशभित्रै पर्ने प्रदेश ३ सरकारको बजेट सातै प्रदेशको बजेटभन्दा बढी छ ।
बजेटभरि नारै नारा
प्रदेश सरकारले घोषणा गरेको बजेटमा लोकपि्रय नाराहरु समेटिएका छन् । बजेट वक्तव्यमा परेका १५ वटा नाराहरु यस्ता छन् :

  • निरक्षरतामुक्त प्रदेश तीन, पूर्ण साक्षर भएको उज्यालो दिन ।
  • प्रदेश ३ को ईच्छा, छोरी बुहारीलाई उच्च शिक्षा
  • प्रदेश तीनको सरोकार, महिलालाई सामाजिक र आर्थिक अधिकार
  • प्रदेश र स्थानीय तहको एउटै सन्देश, वालविवाहमुक्त हाम्रो प्रदेश
  • राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद
  • एक स्थानीय तह, एक विशेष उत्पादन
  • वातावरण संरक्षणमा हाम्रो अभिभारा, पृथ्वी हाम्रो सहारा
  • पर्यटन क्षेत्रको विस्तार, प्रदेश समृद्धिको आधार
  • एक निर्वाचन क्षेत्र, एक औद्योगिक ग्राम
  • एक घर, एक धारा
  • प्रदेश सरकारको पहिचान, निःशुल्क कानूनी जनसहायता अभियान
  • वित्तीय साक्षरताको आधार, बैंकिङ प्रणालीमार्फत सबै कारोबार
  • प्रदेश सरकारको भावना, जिम्मेवार नागरिकको कामना
  • एक नेपाली एक फलफूल विरुवा रोपण
  • एक समूह, एक वन उद्यम कार्यक्रम
    बजेटको पूर्णपाठ ;

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->