बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

जनता बैंकको १४१ औं शाखा बागलुङमा

जनता बैंकको १४१ औं शाखा बागलुङमा


  • Dhorpatan News
  • असार १७ २०७६, मंगलबार

बागलुङ,१७ असार – जनता बंैकले आफ्नो १ सय ४१ औं शाखा बागलुङमा विस्तार गरको छ । बैंकले स्थानीय तहमा सेवा प्रदान गर्ने उद्देश्यले आफ्नो स्थापनाको १० औं वर्षको अवसर पारेर बागलुङ सहित देशका विभिन्न ठाउँहरुमा एकै साथ ६ वटा शाखाहरु विस्तार गरेको जनाएको छ । बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारी र ज्येष्ठ नागरिक नन्दजंग राजभण्डारीले सोमबार बैंकको बागलुङ शाखाको संयुक्त रुपमा उद्घाटन गरेका थिए । बैंकले आफ्नो नियमित सेवा प्रदान गर्नुको साथै महिला उद्यमीलाई विशेष कर्जा उपल्व्ध गराउने बागलुङ शाखाका प्रवन्धक इश्वर राजभण्डारीले बताए । पछिल्लो समय बागलुङमा बाणिज्य र बिकास बैंकका शाखाहरु धमाधम खुल्ने क्रम बढेको छ । साथै लघुवित्त बैकहरुले पनि काम गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->