बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

घलेम्दी जलविद्युत आयोजना परीक्षण उत्पादनको तयारीमा

घलेम्दी जलविद्युत आयोजना परीक्षण उत्पादनको तयारीमा


  • ध्रुबसागर शर्मा
  • असार २० २०७६, शुक्रबार

म्याग्दी, २० असार –  उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन अवस्थामा रहेको ५ मेगावाट क्षमताको घलेम्दीखोला जलविद्युत  आयोजना परीक्षण उत्पादनको अन्तिम तयारीमा जुटेको छ ।

आयोजनाको निर्माणकार्य सम्पन्न भएसँगै परीक्षण उत्पादनको तयारीमा रहेको आयोजनाका कम्पनी सचिव लक्ष्मीनिधि रिजालले बताए । उनका अनुसार आयोजनाको पावरहाउस,पेनस्टक पाइप, ‘सर्ज टयाङ्क’,ड्याम, बालुवा थिग्राउने पोखरी, बाँधदेखि पोखरीसम्म नहर निर्माण, डिसेन्डर बेसिन लगाएत विद्युत उत्पादनका लागि आवश्यक पर्ने सम्पूर्ण तयारी पुरा भएपछि आयोजना अन्तिम अनुगमन सहित परीक्षण उत्पादनको तयारीमा जुटेको हो ।

म्याग्दीमा निजी क्षेत्रको पहलमा जिल्लामै पहिलोपटक वि.स २०७१ सालबाट निर्माण थालिएको आयोजनाको सुरुङ हुँदै ल्याइएको घलेम्दीखोलाको पानीलाइ १५० मिटरको उचाइबाट पावरहाउसमा खसालेर विद्युत उत्पादन गरिनेभएको छ ।

आयोजनाको पहिलोचरणमा उत्पादन भएको विद्युतलाई दानामा सवस्टेशन निर्माणधिन अवस्थामै रहेकोले तातोपानी साना जलविद्युत आयोजनाको प्रशारण लाइनमार्फत केन्द्रिय प्रशारण लाइनमा जोडिने भएको छ । निर्माणाधिन दाना सव स्टेशन संचालनमा नआउन्जेलसम्म तातोपानी साना जलविद्युत आयोजनाको प्रशारणलाईन मार्फत नै प्रशारण गरिने कम्पनि सचिव रिजालले बताए ।

आयोजनाबाट उत्पादन हुने विद्युतलाई विद्युत प्राधिकरणले खरिद गर्नेछ । वार्षिक साढे १८ करोड रुपैयाँ बरावरको विद्युत खरिद गर्ने प्राधिकरणले वर्षायाममा ४ रुपैयाँ ८० पैसा र हिउँदमा ८ रुपैयाँ ४० पैसामा प्रतियुनिट विद्युत खरिद गर्ने उल्लेख छ ।

म्याग्दीका उद्योगी,व्यावसायी र सर्वसाधारणको गरी कुल ९२ करोड लगानीमा शुरु गरिएको घलेम्दी जलविद्युत आयोजनाको लागत बढेर १ सय २० करोड पुग्ने अनुमान गरिएको जलविद्युत आयोजनाका कम्पनि सचिव रिजालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->