पोखरा,२९ असार – नेपाली युवाहरुका लागि जिवीकोपार्जनको अन्तिम बिकल्प मानेर बैदेशिक रोजगारीमा गए गएका युवाहरु आफु ठगिए पछि उदमशिलता तर्फ लागेका छन् । अहिले सरकारले प्रधानमंत्री रोजगार कार्यक्रम मार्फत मुलुक भित्रै रोजगारीको अवसर प्रदान गर्न थालेको छ । पोखरा महानगरपालिका वडा नं २१ कृष्तीनाच्नेचौर सहरीकरणको क्रममा छ । बजारसंगै जोडिएको उक्त वडा पर्यटकीय दृष्टीकोणबाट पनि महत्व बोकेको छ । तरकारी, फलफुल र पशुपालनको लागि पनि राम्रै सम्भावना छ र सो वडा शहरसंग सडक संजाल जोडिएको छ । उद्यमशिलताको लागि सम्भावना बोकेको उक्त वडाका अधिकांश युवाहरु केहि बर्ष अघि सम्म बैदेशिक रोजगारीका लागि खाडी मुलुक जाने गर्थे । तर अहिले बिदेशिनेको संख्या घट्दै गएको छ । केहि युवाहरुलाई रोजगारी प्रदान गरेको छ प्रधानमंत्री रोजगार कार्यक्रमले
अधिकांश नेपाली श्रमिकहरु ठूलो उत्पादन गृह, कृषि र्फम, सडक, रेष्टुराँ, होटल, सुपरमार्केट लगायतका बहुराष्ट्रिय कम्पनीमा काम गरेको पाईन्छ । जस्ले गर्दा नेपालीहरुमा मजदुरी (श्रमिक) गर्ने सीप देखि बाहेक अरुकुराको ज्ञान प्राप्त भएको पाईदैन ।
यस्तै एक पात्र राजकुमार पौडेल उनि पाँच बर्ष अघि बहराईन गएका थिए । उनी जुन सपना बुनेर बैदेशिक रोजगारीमा गएका थिए । तर उनले सोचे जस्तो भएन । उनलाई रोजगारदाता कम्पनीले सम्झौता अनुसारको काम र पारिश्रमिक दिएन । काठमाण्डौको सलवाद सब इन्टरनेश्नल ह्युमन रिर्सोसेस प्राइभेट लिमिटेड भन्ने एक निजी कम्पनीबाट बहराईन पुगेका उनलाई सम्झौतापत्र अनुसार ज्ञारेजमा काम गर्ने भनिएको थियो । तर उनले भवन निमार्ण कम्पनीमा काम गर्नु प¥यो । चर्को घाममा काम गर्नु पदथ्यो । उनलाई महिनाको ३५ हजार रुपैयाँ तलव दिने र बर्षै पिच्छे तलव बृद्धि गर्ने पनि सम्झौतापत्रमा उल्लेख थियो । सम्झौता अनुसार केहि पनि भएन । बहराईनको बासमा सप्लाई कम्पनीमा राजकुमारले ४ बर्ष जति काम गर्दा न तलव बढ्यो न भनेजस्तो काम भयो । उनि भन्छन् “घरको आर्थिक अवस्थाको कारणले ऋण खोजेर आईयो तर न बस्नु न छोड्नु जस्तो भयो यति हुदा पनि ४ बर्ष जति काम गरियो । ” यति हुदा पनि उनले आफु पीडित भएको कुरा कहि उजुरी गरेनन् । न उनिसंग सम्झौतापत्र नै छ उनि भन्छन् । राजकुमारका अनुसार सम्झौतापत्र देखाउन मात्र बनाएका हुदा रहेछन् “न्याय पाउनका लागि प्रमाण चाहिने रहेछ ।” राजकुमारले सटिक जवाफ दिए । अहिले उनि पोखरा रामबजार स्थीत कस्मेटीक र फेन्सी ब्यवसाय गरेर बसेका छन् । त्यसका अलावा गांउको बाझो जग्गा पनि तह लगाएका छन् । “गर्न जाने नेपालमा पनि बिदेश जस्तै हुन्छ मेरो ब्यवसायले परिवार धान्न सक्ने भएको छ । म अव बिदेश जाने छैन । ”
राजकुमार जस्तै अर्का ठगिएका पात्र हुन् कृष्ती कै शिव प्रसाद अधिकारी, अधिकारी लामाचौरका राजु गुरुङ्ग र देव गुरुङ्गबाट ठगिएका थिए । उनि ब्यक्तिगत भिषामा पाँच बर्ष अघि बहरानको टुब्ली भन्ने ठाउँमा गएका थिए । घरायसी समस्या परेर गएका उनि भने जस्तो तलव नपाए पछि केहि बर्ष काम गरेर नेपाल नै फर्किए । अधिकारी भन्छन् “जति काम गरे पनि तलव बृद्धि भएन, त्यहाँ बसेर भविश्य नबन्ने रहेछ । स्वदेश फर्किए । ” शिव प्रसादले पनि आफु ठएिको बिरुद्धमा कुनै उजुरी गरेनन् । अहिले उनि गाई र बाख«ाको र्फम चलाएर बसेका छन् ।
कृष्तीका पूर्व गाबिस अध्यक्ष पूर्ण बहादुर थापा भन्छन् “मुलुकमा थुप्रै परिवर्तन भए सरकार र राजनैतिक दलहरु परिर्वन भए तर बैदेशिक रोजगार ब्यवसाय स्वच्छ र मर्यादित हुन सकेन । जहिले पनि बैदेशिक रोजगारीमा ठगिएको भन्ने मात्रै सुन्नु परेको छ । ” उनका अनुसार कृस्तीबासीले पहिला आफ्नै गाउ, ठाउँको बिकास गर्नु पर्दछ युवाहरु अव मजदुरी गर्न बिदेश जाने होईन आफ्नै गाउँमा उद्यमी बन्नु पर्दछ ।
बिगतमा आन्तरिक द्धन्द्ध र राजनैतिक अस्थिरताले गर्दा धेरै युवाहरुको गन्तब्य बैदेशिक रोजगारीमा जाने गर्दर्थे । अझै पनि बिश्व श्रमबजारमा दैनिक करिव दुई हजारको हारारीमा बिदेश जान्छन् । के सुरक्षित के असुरक्षित नेपाली युवाहरुलाई रोजागारीका लागि बिदेश जान पाए हुन्छ । युवाहरुमा बिदेशमा कमाउन जाने होड नै चलेको छ । जतिसुकै ठगिए पनि ठगि बिरुद्ध उजुरी गर्नु पर्दछ भन्ने चेतनाको बिकास भएको छैन । उनिहरुले कानुनी उपचारको बाटोलाई झिंजो र झन्जटिलो मान्ने गरेका छन् । धेरै जस्तो बैदेशिक रोजगारीमा ठगिएकाहरुसंग प्रमाण नै हुदैन मौखिक रुपमा लेनदेन गर्दछन् । जुन कुरा अदालत वा अन्य निकायले बिश्वास नै गर्दैन । यसरी बैदेशिक रोजगारीमा जादा जहिले पनि रोजगारदाता कम्पनीसंग लिखित सम्झौता गर्नु पर्दछ सेवाशुल्कको पनि भरपाई बनाउनु पर्दछ ।
सुरक्षित आप्रवासी कामदारहरुको कानुनी सचेतना र समस्याबाट पिडीत भएकाहरुको पक्षमा वकालत गर्दै आएको संस्था मानव अधिकारका लागि जनमञ्चले बेदेशिक रोजगारीमा हुने ठगि र आप्रवासी कामदारको सुरक्षा लगायत बारेमा काम गर्दै आएको छ । हाल उक्त संस्थाले कास्कीमा समेत शाखा खोलेर बेदेशिक रोजगारीमा भएको ठगि र पिडीतको पक्षमा वकालत गर्दै आएको छ । बैदेशिक रोजगारीमा जाने युवाहरुले आफ्नो डकुमेन्ट सुरक्षित राख्नु पर्ने बताउछिन् सामी परियोजना कास्कीकी प्रमुख माया गुरुङ । अधिकारवादी संघसंस्थाहरु यस्ता घटनाहरुमा सुरक्षा प्रत्याभूतिको माग राखेर नागरिक स्तरको अभियान चलाउनु पर्नेकुरा सरोकारवालाहरु बताउछन् । बिदेशमा दुःख पाए पाएर फर्किएका युवाहरु अहिले स्वदेश मै कृषि कार्यमा लागेका छन् ।





