बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

व्यवसायीहरु सडकमा, अव्यवहारिक कर नीति र भिसिटिएस खारेजीको माग

व्यवसायीहरु सडकमा, अव्यवहारिक कर नीति र भिसिटिएस खारेजीको माग


  • Dhorpatan News
  • साउन ६ २०७६, सोमबार

पोखरा,६ साउन – सरकारले लागु गरेको वेभमा आधारित सामान ढुवानीमा अनलाइन ट्रयाकिङ प्रणाली खारेजीको माग गर्दै पोखरा उद्योग वाणिज्य संघले पोखरामा आइतबार बिरोध ¥यालीको आयोजना ग¥यो । पोखरा उद्योग वाणिज्य संघको सचिवालय गैह्रापाटनबाट सुरु भएको ¥याली पोखराको मुख्य बजार क्षेत्र महेन्द्रपुल, चिप्लेढुंगाहुँदै गै्रहापाटनमै पुगेर समापन भएको थियो ।
¥यालीमा पोखरा उद्योग वाणिज्य संघका कार्यबाहक अध्यक्ष नारायण कोइराला, निवर्तमान अध्यक्ष विश्वशंकर पालिखे, संघका वाणिज्य उपाध्यक्ष पवनकुमार प्रजापति, महासचिव अर्जुन पोखरेलसहित कार्यसमितिका सदस्यहरु, बस्तुगत संघ÷संस्थाका अध्यक्ष, पदाधिकारी र प्रतिनिधीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
¥यालीमा एक ठाउँबाट अर्को ठाउँमा मालसामान ओसार पसार गर्दा वेभमा आधारित अनलाइन ढुवानी साधन अनुगमन प्रणाली ( भिसिटिएस ) तत्काल खारेज गर्नुपर्ने, अव्यहारिक कर नीति फिर्ता लिनुपर्ने र सामान्य मजदूरलाई ज्याला भुक्तानी गर्दा पनि पान अनिवार्य चाहिने निर्णय खारेजीको माग गरिएको थियो । व्यवसायीहरुले सो अवसरमा ‘व्यवसायिक एकता कायम गरौँ, अव्यहारिक नीतिको डटेर बिरोध गरौँ’जस्ता नारा समेत लगाएका थिए । इन्टरनेटमा सहज प्रयोग र पहुँच तथा व्यवसायी एवं सरकार स्वयंको क्षमतालाई नजरअन्दाज गर्दै हचुवाको भरमा लगाइएको ‘भिसिटीएस’ अव्यवहारिक मात्रै नभएर नेपालको निजी क्षेत्रप्रति सरकारको अविश्वासको परिणाम भएको ठहर गर्दै पोखरा उद्योग वाणिज्य संघले भिसिटिएसको बिरोध गर्दै आएको छ । चरणवद्ध आन्दोलनमा रहेको संघले यसअघि विज्ञप्तिमार्फत सो निर्णण तत्काल फिर्ता लिन माग गरेको थियो । ¥यालीपछिको कोणसभामा बोल्दै संघका कार्यबाहक अध्यक्ष नारायण कोइरालाले अव्यवहारिक कर नीति र भिसिटिएस खारेज नभए अझ कडा आन्दोलन गर्ने चेतावनी दिए । उनले व्यवसायीहरुले तिरेको करबाट नै सरकार चलेको सत्यलाई राज्यले बिर्सेको आरोप लगाउँदै भने,‘हामी व्यवसायीहरुले ५ प्रतिशत पनि नाफा नखाई व्यवसाय गरेर राज्यलाई कर तिरेका छौँ, राज्य भने हामीलाई नै दुःख दिने मनशायले अभिप्रेरित छ ।’ उनले बैंकको चर्को व्याजदरमा पिल्सिएका व्यवसायीहरुलाई सहुलियत दिनुपर्नेमा उल्टो मानमर्दन गरिएको आरोप पनि लगाए ।
कार्यक्रममा बोल्दै संघका महासचिव अर्जुन पोखरेलले पोखरा उद्योग वाणिज्य संघ सदैव व्यवसायीहरुको हितको पक्षमा रहेको बताउँदै व्यवसायी माथि आइपर्ने समस्याको डटेर सामाना गर्ने बताए । उनले आवश्यक परे व्यवसायीहरु आफ्नो व्यवसाय नै छाडेर सडकमा आउने चेतावनी पनि दिए । यसैगरी संघका कार्यसमिति सदस्य तारानाथ ढुंगानाले व्यवसायीहरुको मर्काप्रति राज्य उदासीन बनेको आरोप लगाउँदै यस्तो प्रवृत्ति स्वीकार्य नहुने बताए । यतिबेला देशैभरका उद्योगी÷व्यवसायीहरु अव्यवहारिक कर नीति र भिसिटिएस प्रणालीको विरुद्ध आन्दोलित छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->