काठमाडौं, ८ साउन – नेपाल राष्ट्र बैंकमाले बुधबार आर्थिक वर्ष ०७६/७७ को मौद्रिक नीति सार्वजनिक गरेको छ। सार्वजनिक गरेको आर्थिक वर्ष ०७६ /०७७ को मौदि्रक नीतिमा वाणिज्य बैंकहरुलाई मर्जरमा जान विभिन्न सहुलियतहरु प्रदान गर्ने नीति लिएको छ । यसअघि ‘फोर्स मर्जर’को नीति आउने चर्चा थियो । तर, बुधबार गभर्नर डा. चिरञ्जीवि नेपालले सार्वजनिक गरेको मौद्रिक नीतिले ठूला बैंकहरुलाई मर्जरमा प्रोत्साहन गर्ने नीति लिएको छ । नेपालले बुधबार चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै उनले सहुलियत दिने बताए ।डा.नेपालका अनुसार २०७७ असार समान्तसम्म मर्जर सकेर एकीकृत कारोबार गरे कुलिङ पिरियड हटाउने, अनिवार्य भनिएका ठाउँमा लगानी गर्न बाध्य नबनाउने, ऋणपत्र अनिवार्य जारी गर्न बाध्य नबनाउने लगायतका सुविधा प्रदान गरिने उल्लेख छ ।
पढ्नुहोस् मौद्रिक नीतिको पूर्णपाठ :





