मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३
  • २३ भाद्र २०८३ , मंगलबार
  • September 8 2026

‘पदमा बस्ने हो भने मदिरा छोड्नुहोस’

‘पदमा बस्ने हो भने मदिरा छोड्नुहोस’


  • ढोरपाटन संवाददाता
  • साउन १३ २०७६, सोमबार

बागलुङ, १३ साउन – गत आर्थिक बर्षबाट ‘सामाजिक बिकृति बिरुद्धको अभियान’ थालेको बडिगाड गाउँपालिकाले अभियानको प्रभावकारी कार्यान्वयनका लागि बिभिन्न तहमा कडाई गर्न थालेको छ । बिकृतिको पहिचान गरी त्यस्का बिरुद्धको प्रहार गर्ने नीति लिएको गाउँपालिकाले जागरण अभियानसँगै गाउँका गतिविधिमा समेत कडाई थालेको हो । पहिलो चरणमा चलाएको बिकृति पहिचान अभियानमा सामाजिक बिकृतीहरुमा गाउँका ठुलाबडाकै संलग्नता रहेको पाईएपछि कडाई थालिएको गाउँपालिका अध्यक्ष मेहरसिंह पाईजाले बताए । गाउँकार्यपालिकाले पाँचौं गाउँसभामा उपभोक्ता समितिमा बस्ने जो कोहीले मदिरा तथा मदिराजन्य पदार्थको सेवन नगर्ने प्रतिवद्धता गर्नुपर्ने बाध्यात्मक निर्णय प्रस्तुत गरेको थियो । गाउँसभाले यो निर्णयको प्रशंसा गर्दै अनुमोदन गरेको छ । ‘यो निर्णयले कम्तिमा सार्वजनिक पद चाहनेहरुलाई दायरामा ल्याउँ भन्ने हो’ पाईजाले भने ‘हाम्रो अभियान सफल बनाउने एउटा बाटो यो हो ।’

अब बडिगाड गाउँपालिकाका कुनैपनि विकासे पूर्वाधार निर्माणको लागि उपभोक्ता समिति गठन गर्दा जो कोहीले स्वघोषित मदिरा तथा मदिराजन्य पदार्थको उपभोग नगर्ने सम्झौता गर्नुपर्ने छ । ‘स्वघोषणा नगरेसम्म उपभोक्ता समितिमा बस्न पाईंदैन्’ अध्यक्ष पाईजाले भने ‘हामीले विकृती न्युनिकरणको प्रयासमा यो निर्णय सहयोगी बन्ने अपेक्षा लिएका छौं ।’ गाउँमा रहेका अनेकौं बिकृतिको मुख्य कडी मदिरा भएकाले यस्तो अभियान थालिएको हो । ‘कम्तिमा कार्यालयमा आउँदा, कार्यक्षेत्रमा रहँदा र जिम्मेबारीमा रहने बेलासम्म मात्रै पनि मदिराको प्रयोग नगर्ने होभने धेरै सुधार हुन्छ’ प्रमुख प्रशासकीय अधिकृत प्रदिपचन्द्र सुवेदीले भने ‘अनुगमनमा जाँदा उपभोक्ता समितिका पदाधिकारी तथा सदस्यले मदिरा सेवन गरेको देख्न नपरोस् भन्ने हो ।’

मदिरा सेवनका कारण झैझगडा हुने, जुवातास लगायतका कुलतमा मन लाने लगायतका अरु बिकृतीको न्युनिकरणका लागि पनि यो अभियान सहयोगी बन्ने उनको विश्वास छ । गत चैत १३ गते सामाजिक बिकृतीरहित गाउँपालिका बनाउने गरी ‘सामाजिक बिकृती बिरुद्धको अभियान’ घोषणा गरिएको थियो । अभियानकै लागि गाउँपालिकाले तिन समुह बनाएर प्रत्येक वडामा सामाजिक चेतना कार्यक्रम सञ्चालन गर्ने भएको छ । साउनको अन्तिमदेखि भदौको पहिलो सातासम्म यो कार्यक्रम सञ्चालन हुने छ । बिकृती र त्यसले पार्ने असरको बिषयमा तयार पारिएका हाते पुस्तीका वितरण, बिकृतीकै असरको बिषयमा बनेका बृत्तचित्रको प्रदर्शन, सामूहिक छलफल कार्यक्रममा समाबेश हुने छन् । गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत नेतृत्वको समुहले टोल टोलमा पुगेर कार्यक्रम सञ्चालन गर्नेछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->