शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

मन्त्री भट्टराईका योजना : उडानमा वृद्धवृद्धालाई ५० प्रतिशत छुट (पूर्णपाठ सहित)

मन्त्री भट्टराईका योजना : उडानमा वृद्धवृद्धालाई ५० प्रतिशत छुट (पूर्णपाठ सहित)

पशुपति क्षेत्र जेष्ठ नागरिकमैत्री बनाउने, पशुपति क्षेत्रस्थित बागमती आरती लाइभ हुने


  • ढोरपाटन संवाददाता
  • भाद्र ९ २०७६, सोमबार

काठमाडौं, ९ भदौ – संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले आफ्नो भावी कार्ययोजना सार्वजनिक गरेका छन्। मन्त्रालयमा सोमबार पत्रकार सम्मेलन गरेर कार्ययोजना सार्वजनिक गरेका हुन्। पत्रकार सम्मेलनमा बोल्दै मन्त्री भट्टराईले ७० वर्षमाथिका वृद्धवृद्धालाई आन्तरिक उडानमा ५० प्रतिशत छुट दिने प्रतिवद्धता जनाए। यसका लागि नेपालमा संचालित विभिन्न वायुसेवा कम्पनीसँग छलफल भइरहेको उनको भनाइ छ। भावी कार्ययोजन सार्वजनिक गर्ने क्रममा उनले पशुपतिनाथ मन्दिर क्षेत्रलाई थप व्यवस्थित बनाउने प्रतिवद्धता जनाए। शवदाह गृहमा मेसिन थप्नेदेखि पशुपति क्षेत्र जेष्ठ नागरिकमैत्री बनाउने, पशुपति क्षेत्रस्थित बागमती आरती लाइभदेखि मन्दिरमा नियमित प्रसाद वितरणसम्म योजना रहेको भट्टराईले बताए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->