पोखरा,१२ भदौ – पोखरामा मेरो घरको शाखा कार्यालय सञ्चालनमा आएको छ । बिगत २ वर्षदेखि काठमाण्डौको बानेश्वरबाट सेवा दिईरहेको मेरो घरले पोखरामा आफ्नो सेवा विस्तार गरेको । घर बनाउनको लागि व्यवसायिक रुपमा कामगर्दै आएको आर्किटेकहरुको समुहद्धारा संचालित मेरो घरको शाखा कार्यालय पोखरामा सुरु भएको हो । पोखराको शान्तिनगरमा मेरो घरको कार्यलयबाट सेवा दिन सुरु भएको मेरो घर पोखराका शाखा प्रबन्धक दयाराम भण्डारीले जानकारी दिए ।
भण्डारीले भने ,घर निर्माण भनेको लगानीको परियोजना मात्र होइन, यो त सुन्दर सपनाको परियोजना पनि हो । लगानी गरेर मात्रै पनि सुन्दर घर निर्माण हुन सक्दैन । त्यसैले कस्तो जग्गामा कस्तो घर बनाउने भन्ने सल्लाह सुझाव, डिजाइन र डेकोरेसन सहित घर निर्माणका बेला पर्ने समस्याको समाधान दिने हाम्रो उद्देश्य हो । अहिले घर निर्माणको क्रममा निर्माणकर्तालाई आईपर्ने द्धिविधा, झण्झट, ढिलासुस्ती चिरेर मेरो घरले निर्माणकर्तालाई सुन्दर घरको नमूना दिनेगरि पोखरामा आफुहरुले सेवा सुरु गर्न लागेको भण्डारीले बताए ।
जिन्दगी भरको सोच नै नेपालीहरुको घर बनाउने हुन्छ । तर जिन्दगीभर घरका लागि सोचीरहेको मानिसले घर बनाउने बेलामा सोच विचार नपु¥याउँदा दुख पाइरहनु परेको सन्दर्भलाई लक्षित गर्दै मेरो घरले उपभोक्ताहरुलाई बिना झण्झट सम्पूर्ण सुबिधादिँदै आएको पोखरा शाखाका प्रबन्धक भण्डारीले जानकारी दिए ।
मेरो घरले सस्तोमा सुन्दर र बलियोघर कसरी बनाउन सकिन्छ भनेर आर्किटेकले डिजाइन गरेको घर निर्माणमा सहयोग गर्ने गर्दछ । मेरो घरले घरको डिजाइनका अलवा, योजना, आर्थिक पक्ष, डेकोरेसन, पुरानो घरको पुनर्निमाण लगायतका घर सम्बन्धी काम गर्ने उनले बताए ।पोखरा शाखा सुरुवात गरेको अवसरमा मेरो घरले आफ्ना सेवा सुविधामा ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।





