शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

‘पीएचडी’ पढाउँदै बाबुराम ! के के पढाए उनले बिद्यार्थीलाई ?

‘पीएचडी’ पढाउँदै बाबुराम ! के के पढाए उनले बिद्यार्थीलाई ?

केन्द्रीय विभागमा विद्यावारिधिको शोध गरिरहेका विद्यार्थीलाई 'नेपालको अर्थ राजनीतिको दिशा' शीर्षकमा बाबुरामले छलफल गरे।


  • ढोरपाटन संवाददाता
  • साउन १८ २०७६, शनिबार

काठमाडौं, १८ साउन – पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका संयोजक डा. बाबुराम भट्टराई शनिबार बिहान ‘लेक्चर’ भूमिकामा थिए।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय पुगेर शनिबार उनले विद्यार्थीलाई लेक्चर दिएका हुन्, भलै उनले यसलाई ‘छलफल’ भनेका थिए।  त्रिवि ग्रामीण विकास केन्द्रीय विभागमा विद्यावारिधिको शोध (पीएचडी थेसिस) गरिरहेका विद्यार्थीलाई ‘नेपालको अर्थ राजनीतिको दिशा’ शीर्षकमा बाबुरामले छलफल गरेका हुन्। भट्टराईको ‘प्रिजेन्टेसन’ मा विकास र समृद्धिको अवधारणा, नेपालको उत्पादन प्रणालीको चारित्र, गाउँ सरहको विभेदीकरण, आर्थिक क्रान्तिको मार्गचित्र लगायतका विषयमा उनले विद्यार्थीलाई पढाएका थिए।
हेर्नुस् विद्यार्थीलाई बाबुरामले दिएको प्रस्तुती:

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->