बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

कार्यालय प्रमुख न्यौपानेले सञ्चालन गरे जनचेतना अभियान

कार्यालय प्रमुख न्यौपानेले सञ्चालन गरे जनचेतना अभियान

मनाङमा उद्योग दर्ता गर्ने र उद्यमी बन्नेको संख्या बढ्दै


  • ढोरपाटन संवाददाता
  • साउन १९ २०७६, आइतबार

मनाङ, १९ साउन – युवा ब्यक्ति प्रदिप न्यौपाने घरेलु तथा साना उद्योग विकास समिति मनाङमा कार्यालय प्रमुख भएर गएपछि त्यहाँ परिवर्तन देखिएको छ । उनले घरेलु उद्योग दर्ता गर्न सञ्चालन गरेको जनचेतना अभियान तथा सिपमूलक तालिमले राम्रो प्रभाव जमाउन सफल भएको छ । त्यसैको प्रभाव हिमाल पारिको जिल्लामा यो बर्ष मात्रै २ सय ३४ उद्योग घरेलु तथा साना उद्योग विकास समितिमा दर्ता भएका छन ।
जिल्लामा उत्पादन मूलक उद्योग २४, कृषि वनजन्य उद्योेग ८५, पर्यटन मूलक उद्योग १७७ र सेवामूलक उद्योग ४२ दर्ता भएका छन ।

लघु, घरेलु तथा साना उद्यमीलाई निःशुल्क रुपमा उद्योग दर्ता गर्दा १७ वटा लघु उद्यमी दर्ता भएका छन । कार्यालय प्रमुख प्रदिप न्यौपानेका अनुसार लघु उद्यम अन्तर्गत महिलाहरुले पाँच लाख रुपयाँसम्म पुँजी राखी दर्ता गर्न वा व्यवसाय संचालन गर्न खोजेमा त्यस्ता उद्योगलाई लघु उद्योगमा दर्ता गरिन्छ । जिल्लामा कार्यालयमा दर्ता भएका उद्योगमा महिला र पुरुष गरी झन्डै ९ सय ५० जनाले रोजगारी समेत प्राप्त गरेका छन । जिल्लामा उर्जा मूलक र खनिज उद्योग दर्ता नभएको कार्यालय प्रमुख न्यौपानेले बताए । गत आर्थिक वर्ष २०७५।०७६ मा २८ उद्योग दर्ता भएका छन । त्यसरी दर्ता भएका उद्योग मध्ये उत्पादन मूलक २, कृषि वनजन्य १४, पर्यटन मूलक ११, सेवा मूलक १ र लघु उद्यम १३ रहेका छन । उद्योग दर्ताबाट ६ लाख ७८ हजार ४ सय रुपयाँ राजश्व संकलन भएको छ ।

गण्डकी प्रदेशमा पर्यटकीय दृृष्टिकोणबाट निकै अगाडी रहेको मनाङ्ग जिल्लाको घरेलु कार्यालयमा दर्ता भएका उद्योगको तथ्याङ्कलाई हेर्दा सबैभन्दा धेरै पर्यटन उद्योग १ सय ७७ दर्ता भएका कार्यालय प्रमुख न्यौपानेले जानकारी दिए । गत आर्थिक वर्षमा उद्यमीको माग, रुचिका आधारमा सिप विकास तालिमहरु गलैचा बुनाई, फ्रेब्रिक माला बनाउने, क्रिष्टलका गहना बनाउने, मौरी पालन, बेकरी, कुकिङ्ग तथा हाउस किपिङ्ग, अचार बनाउने, गुडिया बनाउने, धुप, सजावटका सामान नियाँलोबाट बनाउने जस्ता तालिमहरु १ सय ८७ जनालाई निःशुल्क रुपमा दिइएको घरेलु कार्यालयका सुचना अधिकारी अशोक कुमार बलामीले बताए ।

त्यस्तै, जिल्लाको चामे गाउँपालिका– १ तिमाङ्गमा पहिलो पटक साझा सुविधा केन्द्र निर्माण भएको छ । जिल्लाका उद्यमीहरुले उत्पादन गरेका स्थानिय सामानलाई एक्कै स्थानमा राखि बिक्री वितरण गर्ने उद्देश्यका साथ साझा सुविधा केन्द्र निर्माण गरिएको हो । जिल्लामा उद्योग गर्ने र उद्यमी बन्नेको संख्या दिन प्रतिदिन बढ्ढै गइरहेको बलामीले वताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->