बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

काठेखोलामा सिटिजन्स बैंकको शाखारहित सेवा

काठेखोलामा सिटिजन्स बैंकको शाखारहित सेवा


  • ढोरपाटन संवाददाता
  • साउन २३ २०७६, बिहिबार

बाग्लुङ,२३ साउन –  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बाग्लुङ को काठेखोलामा शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । देशका दुर्गमस्थलमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ शाखारहित सेवा सञ्चालनमा ल्याएको बैँकले जनाएको छ ।

बैंकले बाग्लुङ जिल्लाकोे काँठेखोला गाउँपालिका–२ मा साउन २२ गतेबाट १०० ओैँ शाखारहित बैंकिङ्ग सेवा आरम्भ गरेको हो । शाखारहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी, लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ । यस सेवाबाट ग्रामिण क्षेत्रमा बैंक प्रति विश्वास एंव बैंकिङ्ग सभ्यताको बिस्तार हुने अपेक्षा बैंकले लिएको छ ।

“योर पार्टनर फोर प्रोग्रेस” भन्ने नारालाई आत्मसात गरी, २०६४ वैशाखमा स्थापना भई अनवरत रूपले जनतालाई बैंकिंग सेवा दिँदै आएको छ । बैंकले आर्थिक वर्ष २०७५।७६ मा ७० अर्ब ३५ करोड निक्षेप संकलन गरेर ६२ अर्ब ९० करोड रुपैयाँ ऋण प्रवाह गरि बैंकले दुई अर्ब ८१ करोड ६४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८१ वटा शाखा, ७६ वटा ए.टि.एम. र १०० वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । यसका साथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम गुनासो सुनुवाई जस्ता कार्यहरूे छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने उद्देश्यले बैंकले सात वटै प्रदेशमा प्रादेशिक कार्यालयहरुको स्थापना गरिसकेको छ ।

ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा ए.टि.एम.कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको बैँकका प्रमुख प्रशासकीय अधिकृत उमंग शर्माले जनाए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->