समाज भनेको बलेको अागाे ताप्ने जसको शक्ति उसको भक्ती नै हाे भन्ने कुरा अहिले भनिरहन अाबश्यक छैन ।हिजो निर्मला पन्तको हत्याकाण्ड काे बारेमा देशभर अागाे बल्याे हाम्रै जिल्लामा समेत महिला दिदीबहिनीहरू अान्दोलनमा उत्रिए हाम्रै चेली रूपा गाैतमकाे हत्याकाण्डकाे बारेमा कसैले पनि खासै चासो लिएको पनि देखिएन ।समाज साच्चिकै कति स्वार्थि र निर्दयी छ भन्ने एउटा ज्वलन्त उदाहरण हाे यो । बागलुङ जिल्लामा नेपाली महिला दिदीबहिनीले तीजको रमझम मनाउन शुरू गरिसकेका छन् ।साच्चै तीजको पर्व अाफैमा रमाइलो पर्व हाे ।बागलुङ जिल्लामा तीज पर्व भन्दासाथ अाज भन्दा ४ बर्ष अगाडि तीजकै दिन माइत बाट घरतर्फ फर्कदै गर्दा बागलुङ नगरपालिका अन्तर्गत मध्यपहाडी लाेकमार्ग कै बिच सडकमा रूपा गाैतमकाे खुकुरी प्रहारबाट हत्या भएको थियोे ।
अहिले धेरैले यो घटना भुल्दै जान थालेको देखिन्छ एकजना महिला जाे तीजकाे दर खाएर घर फर्केको बेला बिच सडकमै मुला काटे झै काटिन्छ अहिले सम्म हत्याको कुनै सुराक पाउन सकिदैन कस्तो बिदम्वना छ यहाँ ।जिल्ला प्रहरी कार्यालयका तत्कालीन प्रहरी प्रमुखले पत्रकार सम्मेलन गर्दा तीजको काेसेली रूपाकाे हत्यारा सार्वजनिक गर्ने थियो अहिले त्यो भन्नू भएको पनि अहिले दिनहुँजसाे बालिका बलात्कार हुने हत्या हुने घटनाले तिब्रता लिएको देखिन्छ ।बलात्कार पछि हत्या गरेर छाेडेकाे घटना एउटा पक्ष हाे तर रूपा गाैतमकाे सवालमा भने सडकमा हिडिरहेकाे समयमा बिनाकारण हतियार प्रयोग गरेर हत्या गरिएको छ ।प्रहरी प्रशासनले हत्याकाण्ड लाई राम्रोसँग नहेरी दिएकोले हत्यारा पत्ता नलागेको हाे भनेर बागलुङका जनताको गुनासो छ ।हुनत रूपाकाे हत्याकाण्ड पछि प्रहरीको सक्रियता निकै थियो ।अहिले जसरी कंचनपुरमा १३ बर्षिय बालिका निर्मला पन्तको बलात्कार पछि हत्या गरि उखु बारीमा फालियाे अहिलेसम्म कंचनपुर तनावग्रस्त छ सरकारले पटकपटक छानबिन समिति गठन गरेपनि अहिलेसम्म प्रहरी हत्याकाण्डकाे नजिक पुग्न सकेको छैन ।
हत्याको प्रमाण जुटाउनु पर्ने प्रहरीले स्वयम् प्रमाण नस्ट गर्ने काममा लागेको जुनजुन ब्यक्तिमाथि छानबिन हुनुपर्ने अनुसन्धान हुनुपर्ने भनेर जनताले अावाज उठाइरहेको समय प्रहरीले गलत काम गरे पछि हत्याकाण्डकाे छानबिन गरिरहेकाे प्रहरी प्रशासन प्रमुख जिल्ला अधिकारी लाइ गृह मन्त्रालयले काठमाडौ फिर्ता बाेलाएकाे मात्रै छैन एसपी घटनाको छानबिन नभए सम्मलाइ निलम्बन गरेको छ ।अहिले याे कुरा यहाँ उठाउन खाेजेकाे किन हाे भने हाम्रो प्रहरीको अनुसन्धान रूपा हत्याकाण्डमा पनि कहि कतै चुकेकाे त छैन किन अहिलेसम्म एकजना सामान्य महिला जाे स्वतन्त्र ब्यापार ब्यबसाय गरेर बागलुङको काँठेखाेला गाउँ पालिकामा बस्दै अाएका थिए ।जसलाई हत्या गर्नुपर्ने कुनै कारण देखिदैन यस्तो घटनाकाे दाेषि समेत प्रहरीले पक्राउ गर्न सकेको छैन ।हुनत सबै काम कुरा भिड र अान्दोलनले छिनोफानो गर्न सक्दैन ।कतिपय अवस्थामा भिड
प्रतिपादक पनि हुन सक्ला कतिपय भिड अनियन्त्रित हुन्छ यसले झन गलत दिशा तर्फ लैजान्छ भन्ने कुरालाई पनि मनन गर्न जरुरी छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङमा रूपा हत्याकाण्ड पछि ७ जना प्रहरी प्रमुख फेरि सकिएका छन् ।जब जिल्लामा नयाँ प्रहरी प्रमुख अाएपछि पत्रकार भेटघाट हुनेगर्छ तब बागलुङकाे पत्रकारको प्रश्न हुन्छ रूपा हत्याकाण्ड कहिले पत्ता लाग्छ अनि प्रहरी प्रमुखको जवाफ पनि लगभग एउटै हुन्छ हामी अहिले पनि अनुसन्धानको अबस्थामा छाै चाडै पत्ता लाग्छ भन्ने नै हुन्छ ।हुनत प्रहरी यो घटना लाई गम्भीरतापूर्वक नलिएको हैन तर पनि किन अहिलेसम्म पत्ता लागेन बागलुङे जनताको प्रश्न यो हाे ।
रूपा हत्याकाण्ड बागलुङ प्रहरीले पत्ता लगाउन नसके पछि केन्द्रीय अनुसन्धान ब्युरो सिविअाई लाई जिम्मेवारी दिएको कुरा बाहिर अाएकाे पनि ३ बर्ष बित्न लागि सक्यो ।तर अहिलेसम्म घटना २० बाट १९ भएको छैन । के कारणले राेकिएकाे छ अनुसन्धान किन अहिलेसम्म हत्यारा पत्ता लागेर सार्वजनिक गर्न सक्दैन प्रहरीले जतिसुकै बाहिर बाट दवाब दिएपनि केही काम भएको देखिदैन ।अहिले रूपा हत्याकाण्ड पनि मात्रै तीज पर्व नजिक अाएपछि मात्रै स्मरण हुने एकादेशकाे कथा जस्तो बन्न पुगेको छ ।रूपा गाैतमकाे हत्या पछि बागलुङ जिल्लामा थुप्रै घटना घटे त्यसलाई भने प्रहरीले अनुसन्धान गरेर पत्ता लगाइ हत्यारा लाई कानुन अनुसार सजाय दिलाउन पनि सफल भएको छ ।
अहिले पनि बागलुङ सदरमुकाममा दिनहुँजसो तीजको कार्यक्रम भइरहेको छ ।अहिले महिला दिदीबहिनी लाई भ्याइनभ्याई छ तीजकाे दर खान तर अहिले कसैकाे पनि एजेन्डा छैन रूपा हत्याकाण्ड बारे छलफल गर्न ।साच्चै एकजना महिला अनाहकमा मृत्युको मुखमा पुगिन तर दिनदहाडै हत्या हुदा समेत
हामी अहिलेसम्म चुपचाप छाै दाेषि लाइ चाडै खाेज हत्याकाण्ड काे राम्रो छानबिन गर हत्यारा जाे काेही भए पनि सार्वजनिक गर कानुनी कार्वाही गर भनेर अझै दवाव दिन नपुगेकाे हाे कि ।अहिले सरकारले नयाँ मुलुकी ऐन ल्याएको छ अपराध गर्ने लाई कार्वाही गर्न अहिले यसै कानुनकाे बारेमा बहस चलिरहेको छ जसले हिंसा गर्छ त्यसलाई फासी दिनुपर्ने माग भइरहेको छ अपहरण बलात्कार हत्याका घटना कम हैन झन बढी भइरहेको छ यसलाई नियन्त्रण गर्ने दायित्व सबैकाे हाे ।हामीले पनि प्रहरी प्रशासनलाई सक्ने सहयोग गरेर समाजमा हुने अपराध नियन्त्रण गर्ने भुमिका खेल्न सक्छौ ।
रूपा गाैतमकाे हत्याकाण्ड पत्ता लगाउन हामीले सक्ने सह योग र भुमिका स्पष्ट रूपमा गर्न सक्यौं भने पनि सहज हुने देखिन्छ । बागलुङ जिल्लामा न्यायकाे लागि काम गर्छु भन्ने धेरै संघसंस्था छन् महिला अधिकारबादी संस्था छन् सबैले अाअाफ्नाे तर्फबाट भुमिका खेल्न सक्यौं भने राम्रो हुनेछ ।




