शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

उपल्लो मुस्ताङमा र्‍याफ्टिङ परीक्षण : जोखिमका कारण विफल !

उपल्लो मुस्ताङमा र्‍याफ्टिङ परीक्षण : जोखिमका कारण विफल !

भिजिट नेपाल २०२० लाई लक्ष्य गर्दै नयाँ पर्यटकीय गन्तब्यको खोजी गर्ने उद्देश्यले कालिगण्डकी नदीमा पहिलो पटक र्‍याफ्टिङ गरिएको हो।


  • ढोरपाटन संवाददाता
  • भाद्र १७ २०७६, मंगलबार

मुस्ताङ, १७ भदौ – उपल्लो मुस्ताङको कालिगण्डकी नदीमा ट्रायल परीक्षण गरिएको साहसिक जलक्रिडा (र्‍याफ्टिङ) जोखिमका कारण विफल भएको छ। सोमबार चराङको छुने सुम्दादेखि वारागुङ मुक्तिक्षेत्रको मुस्ताङ गेड सम्मको लक्ष्य बनाई परीक्षण गरिएको र्‍याफ्टिङ मध्य दूरीमा पुग्दा विफल भएको हो। करिब २० किलोमिटर दूरी कटेपछि लोघेकर दामोदरकुण्डको घिलिङ खोचको अन्धगल्छीमा आइपुग्दा र्‍याफ्टिङमा पूर्ण विराम लागेको हो।
भिजिट नेपाल २०२० लाई लक्ष्य गर्दै नयाँ पर्यटकीय गन्तब्यको खोजी गर्ने उद्देश्यले कालिगण्डकी नदीमा पहिलो पटक र्‍याफ्टिङ गरिएको हो। सांसद ईन्द्रधारा बिष्टको पहलमा गण्डकी प्रदेशले र्‍याफ्टिङ  आयोजना गरेको हो। कर्णाली र्‍याफ्टिङका चालकले ३ वटा बोटमा २६ व्यक्तिलाई सयर गराएका थिए। यसअघि लोघेकर दामोदरकुण्ड गाउपालिका चराङका स्थानीय आमा समूहले र्‍याफ्टिङ टोलीलाई शुभकामना दिएका थिए।
पर्यटन प्रर्वद्धन गर्ने सपना बोकेर गरिएको र्‍याफ्टिङ परीक्षणमा भूगोल बाधक बनेको सांसद बिष्टले बताए। उनका अनुसार करिब ३५ किलोमिटर र्‍याफ्टिङ गर्नुपर्नेमा ५० प्रतिशत दूरी मात्र कट्न सकेको  जानकारी दिए। नेपाल पर्यटन बोर्ड तथा उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले र्‍याफ्टिङका लागि प्राविधिक सहयोग गरेका थिए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->