बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

देउता बग्ने लोमान्थाङमा ¥याफ्टिङ सलल

देउता बग्ने लोमान्थाङमा ¥याफ्टिङ सलल

संसारकै उच्च ठाउँमा साहशिक खेलको सम्भावना भएको प्राविधिक टोलीका संयोजक तथा गाइड देवराज जैशीले बताए ।


  • वासुदेव मिश्र
  • भाद्र १७ २०७६, मंगलबार

लोमान्थाङ (मुस्ताङ), १७ भदौ – कालीगण्डकीको मुहानमध्ये एक हो ,दामोदरकुण्ड । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मुक्तिनाथ आउँदा उपहार दिइएको र उनले श्रद्दापूर्वक ढोगेको शालिग्राम त्यही खोलाले कालीगण्डकीमा मिसाउँछ । कालीगण्डकी पवित्र बन्छ । शालिग्राम हिन्दूहरुको पूजाकोठामा पु¥याइन्छ र प्राणप्रतिष्ठा गरिन्छ र पक्का देउता बनाइन्छ । भूगोलको अलौलिक क्षेत्र उपल्लो मुस्ताङले हिन्दूहरुलाई देउता दियो तर उसले केही पाएन र लिएन पनि । कालीगण्डकी बगिरह्यो । कहिले हिँउजस्तै जम्ने र कहिले सलल बग्ने यो नदीको चिसो खाएर हुर्किएका गण्डकी प्रदेशका सभाद ईन्द्रधारा विष्टले
हिमालपारीको जिल्ला मुस्ताङको लोमान्थाङमा जन्मे । हिमालपारीको जिल्लामा मोटर देख्ने कुरै भएन । हिँडेरै जिल्ला सदरमुकाम जोमसोम र पोखरासम्मको यात्रा गरे । जीवनमा केही गरौँ भन्ने थियो । त्यही अठोटलाई व्यवहारमा बदल्न उनले खुबै पसिना बगाए । आफ्नो मात्र के कुरा ? मुस्ताङ अनि देशकै विकास हुनुपर्छ भन्ने भावनाले धेखोला छुनेसुम्दाबाट ¥याफ्टिङ गराउने सपना देखे । सपना देखेर मात्रै हुँदैन, काम पनि त गर्नुप¥यो । उनले उपल्लो मुस्ताङको लोमान्थाङ क्षेत्रमा रहेको कालीगण्डकीमा ¥याफ्टिङको सफल परीक्षण गराएरै छाडे ।
उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका वडा नम्बर ५ मा पर्ने धेखोला त्रिवेणीबाट घिलिङमुनि रहेको कालीगण्डकीको बगरमा सोमबार ¥याफ्टिङको पहिलो चरणको परीक्षण गरिएको हो । करिब ३४ सय मिटर उचाईबाट सुरु भएको साहसिक खेलमा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ, गण्डकी प्रदेशका प्रदेशसभा सभासद ईन्द्रधारा विष्ट, लोघेकर गाउँपालिकाका उपाध्यक्ष ढोका गुरुङसहित २८ जना सहभागि थिए । ¥याफ्टिङ थाल्दा सो क्षेत्रको तापक्रम करिब १० डिग्री सेल्सियस थियो भने पानी पनि उत्तिकै चिसो ।
पानीमा हेलिनुअघि प्रदेशसभा सांसद विष्टले ढुंगामा उभिएर ¥याफ्टिङ गाइड मोहन गुरुङले दिएको निर्देशन मात्रै सुनेनन्, कसरी सुुरक्षित हुने भन्ने प्रयोगमा पनि सामेल भए । विष्ट जीवनमै पहिलो पटक ¥याफ्टिङ गर्दै थिए, त्यो पनि आफ्नै क्षेत्रमा । मन्त्री गुरुङ भने अनुभवी थिए तर यत्तिको उचाईमा उनले पनि ¥याफ्टिङको अनुभव लिएका थिएनन् ।
‘व्यावसायिक रुपले संचालन गर्न सकियो भने संभवत् यो नै विश्को अग्लो ठाउँमा गरिने ¥याफ्टिङ हुनेछ,’ विष्टले भने, ‘पर्यटन प्रवद्र्धन गर्न र नेपाल भ्रमण वर्ष २०२० लाई सघाउनको लागि लोमान्थाङजस्तो उच्च हिमाली क्षेत्रमा ¥याफ्टिङ परीक्षण थालिएको हो ।’ परीक्षण टोलीले करिब २२ किलोमिटर क्षेत्रमा ¥याफ्टिङको बहाना खियाएको थियो । परीक्षणको क्रममा घिलिङको मुनि गएर टोली रोकिएको थियो । केही कठिन र पानी छिरलिएको भए पनि संसारकै उच्च ठाउँमा साहशिक खेलको सम्भावना भएको प्राविधिक टोलीका संयोजक तथा गाइड देवराज जैशीले बताए । उनकै कम्पनी कर्णाली ¥याफ्टिङ एण्ड एक्सपिडिसनले कालीगण्डकीको मुहानमै ¥याफ्टिङको परीक्षण गराएको हो । उनले दोस्रो चरणमा गरिने बिस्तृत परीक्षणपछि यो क्षेत्रमा व्यावसायिक रुपले ¥याफ्टिङ गर्न सकिने बताए । ¥याफ्टिङमा सरिक भएका गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले आन्तरिक पर्यटन वर्ष मनाइरहेको गण्डकी प्रदेशको उद्देश्य पनि नयाँ गन्तव्य र साहशिक खेलको प्रवद्र्धन गर्नु रहेको बताउँदै संसारकै अग्लो ठाउँमा गरिने ¥याफ्टिङले एउटा साहशिक गन्तव्य थपिने धारणा राखे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->