बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

ग्लोबल को शाखा रहित बैंकिङ सेवा ताराखोलामा

ग्लोबल को शाखा रहित बैंकिङ सेवा ताराखोलामा


  • Dhorpatan News
  • भाद्र १८ २०७६, बुधबार

बागलुङ,१८ भदौ – ताराखोला गाउँपालिका क्षेत्रलाई लक्षित गरी ग्लोबल आईएमई बैंकले आफ्नो शाखा रहित बैंकिङ सेवा सुरुवात गरेको छ । ताराखोला गाउँपालिकाको केन्द्र रहेको अर्गल भातखाने डाँडामा बुधबारदेखि बैंकले आफ्नो १ सय ८५ औं शाखा रहित बैंकिङ सेवा सुभारम्भ गरेको हो ।

ग्रामिण क्षेत्रमा खास गरी बैंकहरुको पहुँच नपुग्ने र सहकारीहरु मार्फत मात्र वित्तिय कारोबार गरेका स्थानीयलाई लक्षित गरेर बैकंले शाखा रहित बैंकिङ सेवाको विस्तार गरिएको हो । ताराखोला क्षेत्रका स्थानीयलाई सेवा दिने र बैंक मार्फत कारोबार गर्ने अवसर स्वरुप कारोबार थालिएको आईएमई बैंक गलकोट शाखाका प्रबन्धक श्याम ढकालले जानकारी दिए ।

शाखाको शुभारम्भ ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले गरेका थिए । शुभारम्भ कार्यक्रममा बोल्दै अध्यक्ष घर्तीले ग्रामिण क्षेत्रमा बैक तथा वित्तिय क्षेत्रको थालनी हुनु राम्रो भएको बताए । उनले गाउँलेहरुमा बचत गर्नु पर्ने धारणाको विकास हुने बताए । ताराखोलामा कारोबारका लागि स्थानि टोप बहादुर रोकालाई शाखा रहित मेसिन र प्रमाणपत्र हस्तान्तरण गरिएको छ ।

शाखा रहित बैंकिङ सेवा मार्फत सेवा ग्राहीले दैनिक १ लाख रुपैया बचत गर्न र ५० हजार रुपैया“ झिक्न पाउने व्यवस्था छ । उक्त स्थानमा मोबाईल बैकिङ, खाता खोल्ने काम, बैकको लोन तिर्ने काम पसमेत हुने प्रबन्धक ढकालले बताए । ग्लोबल आईएमई बैंकका देशभर १ सय ४२ शाखा रहेका छन् भने १ सय ४८ एटिम रहेका छन् । बैंकले हालसम्म ३० वटा एक्सचेञ्ज काउण्टर संचालन गरेको छ ।

कार्यक्रममा ताराखोला गाउँपालिका–२ का वडा अध्यक्ष भद्रबहादुर घर्तीले गाउँमा बैक तथा वित्तिय संस्था भित्रिनु नै विकासमा सहज पुग्ने बताए । कार्यक्रम गलकोट शाखाका प्रबन्धक ढकालको अध्यक्षता मजुवा शाखाका प्रबन्धक गोविन्द आचार्यको स्वागत र गलकोट शाखाका कर म्यानेजर डिल बहादुर जिसीको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->