बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पेट्रोलियम पाइपलाइनको ओली र मोदीले उद्घाटन गर्ने

पेट्रोलियम पाइपलाइनको ओली र मोदीले उद्घाटन गर्ने


  • Dhorpatan News
  • भाद्र २२ २०७६, आइतबार
काठमाडौं,२२भदौ – मङ्गलबारदेखि पाइपलाइनबाट नियमित रुपमा तेल आउने भएको छ। मङ्गलबार नेपाल र भारत दुबै देशका प्रधानमन्त्रीले औपचारिक रूपमा पेट्रोलियम पाइपलाइनको उद्घाटन गर्ने कार्यक्रम तय भएको अमलेखगञ्ज डिपो प्रमुख प्रदिप यादबले जानकारी दिए। उनका अनुसार भारत र नेपालका प्रधानमन्त्रीले एकैपटक स्वीच थिचेर उद्घाटन गर्नेछन् भने अमलेखगञ्जमा निगमका कार्यकारी निर्देशकले डब्बा (भाँडो) थापेर उद्घाटन गर्नेछन्। ‘भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो निवासबाट स्वीच थिचेर डिजल सेन्ड गर्नुहुन्छ’, प्रमुख यादबले भने, ‘नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट स्वीच थिचेर रिसिभ गर्नुहुन्छ।’ कम्प्युटरकै माध्यमले पाइपलाइन बन्द र खुला गर्न अमलेखगञ्जमा कन्ट्रोल रुम राखिएको प्रमुख यादबले जानकारी दिए। उनका अनुसार पेट्रोलियम पाइपलाइनलको क्षमता दैनिक २० घण्टासम्म संचालन हुन सक्नेछ। दैनिक रूपमा ३० हजार किलोलिटर तेल पाइपबाट आउँछ। पाइपलाइनबाट तेल आएको दिनदेखि नै बजारमा पठाइने आयल निगमका कार्यकारी निर्देशक पौडेलले जानकारी दिए।

पौडेलका अनुसार पाइपबाट ल्याइएको तेल सुरूमा प्रमुख शहर काठमाडौं, पोखरा र अमलेखञ्जमा पठाइन्छ। पछि विस्तारै देशभर फैलाइने छ।अहिले २५ सय किलोलिटर तेल पाइपमा भरेर राखिएको छ। अमलेखगन्ज डिपोमा पाइपलाइनबाट आएको तेल भण्डारणका लागि ४ वटा ट्याङ्की राखिएका छन्। ४१ सय किलोलिटर क्षमताका दुई वटा र ३९ सय किलोलिटर क्षमताका दुई वटा ट्याङ्की छन्।ती ट्याङ्कीमा तेल भरेर राखिएको छ। पाइपलाइनबाट पेट्रोलियम पदार्थ भित्रिएपछि ढुवानीमा वार्षिक ७० देखि ८० करोड रूपैयाँ बचत हुने निगमले जनाएको छ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->