आजकाल कसैसगँ तुलना गर्दा तौलिएका मान्छेहरूको कद होँचो नहोस् भनेर सोच्नै पर्छ र एउटा मान्छे भित्र धेरै मान्छेहरू पनि हुने हुँदा धेरैमध्येको एउटासँग तुलना गर्दा फरक नपर्ला। हाम्रा नेताहरूको तुलना मुगावेसँग गर्ने भन्ने भनाई नआओस् । जसरी केपी ओलीले प्रचण्डलाई सिके रावतसँग तुलना गरेझैँ अन्यथा अर्थ पनि नलाईयोस् । जिम्बाबेका रोवट मुगावे अर्थात् अफ्रिकामा कतिपयका तारा र कतिपयका हिटलर । यिनको बारे जीवन कहानी लेख्न भन्दा यहाँ उनका कारण देश र जनताले कति दुःख पाए भन्ने कुरा स्मरण गरिएको हो । सन् २०१७ मा सैनिकले सत्ता लिएपछि मात्र हटेका मुगावले त्यहाँ करीब चार दशक शासन गर े। वर्ष नै हिसाब गर्दा ३७ बर्ष एकछत्र शासन गरे । लामो समय शासन गर्दैमा देश उँभो लाग्छ भन्ने मलेसिया र सिङ्गापुरको उज्यालो भनाई अफ्रीकाका यी मुगावेले भने अँध्यारो बनाई दिए । उनको शासनकाल धेरै न बिरोधाभाषपूर्ण रह्यो । उनले राजनीति,सत्ता,यौन,महिला, नेतृत्व आदि विभिन्न क्षेत्रमा बोलेका कतिपय भनाई सर्वाधिक आलोचनामा रहे तर पनि सत्ता टिकाई रहे। बिकाउले टिकाउमा सहयोग गरी नै रहे ।
अफ्रिकाका प्रायः जसो सबै देश प्राकृतिक रुपले सुन्दर र खानीहरू भएको देश हो । अधिकांश विश्वकै ठूला सफारीहरू यहीँ छन् । तर, देशको हालत भने हाम्रै नेताहरूकै जस्तो रहनसहनले तहसनहस भएका छन् । अफ्रिकाका अधिकांश देशमा केही थोरै नेताहरू विकशित देशका नेताहरूको जस्तो सुविधायुक्त जीवन शैली छ । कतै भ्रमणमा जाँदा र आउँदा गाडीको लस्कर लामै हुन्छ, जुन हाम्रा नेताहरूले पनि हरेक दिन देखाइरहेका छन् । जिम्माबेका यी शासकमा यति ठूलो दम्भ थियो कि उनी भन्थे,‘मलाई यो सत्तामा भगवानले पु¥याएका हुन अब हटाउने पनि केवल भगवान मात्रै हुन् ।’ आफ्नै जनतालाई समेत उनले उपेक्षा गर्थे । तर, दम्भ २०१७ मा तोडियो । उनले आफूलाई हिटलरै समेत भन्थे । हिटलरको एउटै उदेश्य थियो,‘ आफ्ना जनताको मात्रै न्याय, सार्वभौम र स्वतन्त्रता ।’ यदि त्यो हिटलर सोच हो भने मलाई पनि हिटलर हुन देऊ । उनलाई राम्रो मान्ने पनि छन् । सत्ताका वरिपरि हुनेले सत्ताको भजन गाए जस्तै । सन् २०१३ मा मुगावेले सेता जातिहरूको स्वामित्वमा रहेको जग्गा खोसेर काला जातिलाई दिए । यसका कारण उनलाई मंडेला भन्दा माथी राखेर हेर्ने पनि छन् । उनी आफैले नेल्सन मण्डेलालाई इंगित गरेर भन्थे,‘मण्डेलाले काला जातिलाई भन्दा बढी सेता जातिका मान्छेलाई ठीक हुने गरी काम गरे । उनले भएको जमीन सबै सेता जातिको हुँदा समेत त्यती वास्ता गरेनन् ।’ जसले सिङगो जीवन रङको विभेदका लागि लडे, उसलाई मुगावेको टिप्पणी केवल बाछिटा मात्रै हो ।
मुगावेको लामो शासनमा उनले आफ्नै मुद्रा चलाउने भनेर घोषणा गरेसँगै आर्थिक रुपमा देश टाट पल्टने अवस्थाको नजिक पुग्यो। पश्चिमा देशको बिरोध गर्न भनेर लिएको कच्चा निर्णयले धेरैले दुःख पाए । त्यो बेला बिदेशबाट गएर खोलेका कतिपय धेरै कम्पनीहरू बन्द भए ।कतिपय आफ्नै देशमा फिर्ता भए । त्यो बेला सम्पूर्ण तलबले केवल तरकारी खान समेत नपुग्ने भनेर धेरै शिक्षक शिक्षिकाहरू सडकमै आएर बिरोध गरेका थिए । केएफसी जस्ता कम्पनीहरू बन्द भए । मुगावेको शासनबाट उनको परिवार,नातेदार र केही सीमित व्यक्तिहरू, जो मुगावेको सत्तालाई राम्रो सत्ता भनेर भ्रम फैलाउने बाहेक कसैको भलो गरेन । गरिबी चरम अवस्थामा पुग्यो । यति हुँदा पनि मुगावेलाई कुनै चिन्ता भएन । उनको हरेक वर्षको जन्मदिनमा देखिने तामझाम हेर्न लाज लाग्ने हुन्थ्यो । देश सुन्दर पाए पनि नेतृत्व गलत भयो भने कसरी देशको बेहाल हुन्छ भन्ने कुरा धेरै जसो अफ्रिकाका देशहरू हेरे पुग्छ । मुगावेले जिम्बाबेलाई आफ्नै पैतृक सम्पति जस्तो बनाए । उनी टोनी ब्लेयरलाई भन्थे,‘ तिमी आफ्नो देश बेलायतको चिन्ता गर, मेरो देशको काम मलाई छोड ।’ यसो सतही हेर्दा यो भनाई राष्ट्रवादी नै लाग्छ तर भनाई र गराईको खाडल भने निकै थिया े।
आजको दिनमा पनि जिम्बाबेमा सामान्य रोगको उपचार गर्न सक्ने हैसियत छैन । दुखाई कम गर्ने, सिटामोल जस्ता सामान्य औषधीका समेत छैन । सक्ने विदेश जान्छन् ,नसक्ने घरमै मृत्यु कुरेर बस्ने हो । यो हाम्रो देशमा ठ्याक्कै लागु भएको छ ।
मुगावेको केही दिनअघि मात्र सिङ्गापुरको एक पाँचतारे अस्पतालमा ९४ बर्षको उमेरमा मर े। उनी मे महिना देखि उतै थिए। उनी पटक पटक सिङ्गापुर गइराख्थे । आफ्नो मात्र होइन, परिवारको औषधी उपचार समेत उतै गर्थे । आफूले देशमा लामो समय शासन गर्दा त्यहाँको स्वास्थ स्थितिमा कुनै सुधार गर्न सकेनन् । उनी आफू र परिवारलाई विदेशमा उपचार गराउन सक्ने गरी हैसियतमा पुगे तर अरु सर्वसाधारण भने जहाँको त्यही रहे । उनी फौजी स्वाभावका मात्र होइनन्, मुक्तीका नाममा हजारौँको ज्यान जाने गरी लडाईँ पनि भयो उनको शासनकालमा ।
जो मुक्तिको नाममा लड्छन् , आज उनीहरू नै अरू भन्दा बढी भ्रष्ट भएका छन् । हाम्रा देशका नेताहरू शुरुशुरुमा भारत जान्छन् ।देशमा ठूला ठूला परिवर्तन भएर होला गणतन्त्र आए पछि भारतबाट अब सिंगापुरमा जान सक्ने हैसियत बनाए । एउटा नेतालाई मात्र नभनौंँ सत्तामा कांग्रेस पनि लामो समय बस्यो तर, दःुखका साथ भनौं,जति लामो शासन उति उद्योगधन्दा डुबे । अहिले सत्तामा भएका केपी र प्रचण्ड पनि लामो समय जेल र संर्घष ाट आएका हुन् तर देशमा स्वास्थ अवस्था सप्रिनुको सट्टा माफियासँग मिलेको धेरैले भन्छन् ।
गणतन्त्रका पहिलो राष्ट्रपति रामवरण यादव पनि उपचारको लागि जापान जानुभाथ्यो । त्यस पछि आउनु भएकी विद्यादेवी भण्डारीले पनि पटकपटक विवादमा आउने निर्णय गर्नु भएको छ । भर्खर मात्र हेलिकप्टर लिएको समाचार आएको छ । यो राष्ट्रपतिको नाम जोडेर सेनाले लिएको हो वा सरकारले नै राष्ट्रपतिको लागि किनेको हो स्पष्ट धारणा आउन बाँकी छ । शासन लामो गर्दैमा, देशमा राजनितक फड्कोभन्दा पटकपटक फेरेको तन्त्र आउँदैमा, छापामार युद्ध गरेको भन्दैमा, जहाज अपहरण गरेको साहस भनेर गर्व गर्दैमा, राणा पल्टाइयो, पंचायत पल्टाइयो, गणतन्त्र ल्याइयो ,राजा फालियो भन्दैमा गरीब जनताको मुखमा माड लागेन र गरीबीले एउटा मृगौला बेचेर जीवन गुजारा गर्दैछन् भने नेताहरूले जेलनेल गरेको आफ्नो त्यो त्याग केवल निजी हुन जान्छ । जनता भ¥याङ मात्र हुनेछन् । यति मात्रै भनौं, जनताले कांग्रेसलाई पटक पटक सत्ता दिए तर कांग्रेसले दुरुपयोग ग¥यो । अहिले कम्युनिष्टलाई दिएका छन् । यदि यो पनि दुरुपयोग भए जनतामा चरम गरीबी हुनेछ । यति कामना गराँैं, देशमा लामो समय शासन गरेर मुगावेले जस्तै एउटा गतिलो अस्पताल बनाउन नसकेर तपाईँहरूको मृत्य पनि विदेशी पाँचतारे अस्पतालमा नहोस् । भोलि खाडी गएको कामदारको रातो बाकस र अन्त्यष्टीका लागि तपाईहरूको स्वदेश ल्याएको बाकसको चाङ एउटै भएर मृत लासले तपाईहरूलाई श्राप नदियोस् ।




