बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य दुई रुपैयाँ घट्यो, १२ बजेबाट लागू

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य दुई रुपैयाँ घट्यो, १२ बजेबाट लागू


  • ढोरपाटन संवाददाता
  • भाद्र २४ २०७६, मंगलबार

काठमाडौं, २४ भदौ – पेट्रोलियम पाइपलाइन उदघाटनको पूर्वसन्ध्यामा नेपाल आयल निगमले प्रमुख तीन इन्धनको मूल्य घटाएको छ । पेट्रोल डिजेल र मट्टीतेलको साविक मूल्यमा २ रुपैयाँ घटाइएको निगमका कार्यकारी प्रमुख सुरेन्द्र पौडेलले जानकारी दिए । नयाँ मूल्य लागू भएसँगै पेट्रोलको १०७ र डिजेल तथा पेट्रोलको मूल्य ९५ मा झरेको छ । यसअघि पेट्रोलको मूल्य १०९ र डिजेल तथा मट्टितेलको मूल्य समान ९७ रुपैयाँ थियो । समायोजन भएको नयाँ मूल्य आज  दिउँसो १२ बजेबाट लागू भएको निगमका कार्यकारी प्रमुख  पौडेलको भनाइ छ । नेपाल र भारतका प्रधानमन्त्रीले दुई देशबीचको पेट्रोलियम पाइपलाइन केही बेरमा उदघाटन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->