पोखरा,२८ भदौ – पोखराका तीन जना व्यवसायी मिलेर अत्याधुनिक शीत भन्डार केन्द्र संचालनमा ल्याएका छन। केन्द्रको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ तथा भूमि व्यबस्था,कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले उद्घघाटन गरेका छन । अम्मरबहादुर बानियाँ,राजेश कार्की र लेखनाथ पौडेल मिलेर भूमि व्यबस्था ,कृषि तथा सहकारी मन्त्रालयको २ करोड ५० लाख सहयोगसहित थप ४ करोड लगानीमा भण्डार केन्द्र स्थापना गरेको संचालक अम्मर बहादुर बानियाँले जानकारी दिए । जर्मनी र अमेरिकी प्रबिधिको प्रयोग गरेर भारतको एक निर्माण कम्पनिले पोखराको चाउथेमा चिस्यान केन्द्र निर्माण गरिएको हो । यो प्रविधिको प्रयोग भएको चिस्यान केन्द्र नेपालमै पहिलो भएको निर्माण कम्पनीका उमेस चौहानले जानकारी दिए ।
बिषादीको प्रयोग गरि फलफूल पकाउने र भण्डारण गर्नुपर्ने कृषकको बाध्यतालाई चिस्यान केन्द्रले सहयोग गर्नेछ । चिस्यान केन्द्रमा नेपालमा उत्पादन भएका फलफुल तथा तरकारी मात्र भण्डारण गर्ने संचालकहरुको भनाई छ । चिस्यान केन्द्रमा कुनै पनि रसायन प्रयोग नहुने हँदा पकाइएका फलफूलको स्वाद समेत मीठो हुने उनीहरुको भनाइ छ । बहुउद्देश्यीय प्रबिधिको चिस्यान केन्द्रमा तरकारी ,फलफूल ,माछामासु ,दूध दहीलगायतका सामाग्री भन्डारण गरी बजार अभावको बेला कृषकले बजारमा बेच्न सक्ने संचालक बानियाँले बताए





