बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

गण्डकीका विद्यार्थीले मार्फामा गरे निःशुल्क स्वास्थ्य शिविर

गण्डकीका विद्यार्थीले मार्फामा गरे निःशुल्क स्वास्थ्य शिविर

शिविरमा सामान्य शल्यक्रियासमेत गरिएको डा. सुजिता हिराचनले जानकारी दिइन् ।


  • ढोरपाटन संवाददाता
  • भाद्र २८ २०७६, शनिबार

मुस्ताङ, २८ भदौ – गण्डकी आवासीय माध्यामिक विद्यालय पोखराका पूर्व विद्यार्थीहरुले मुस्ताङको मार्फामा आफ्नै खर्चमा शनिबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका छन् । शिविरमा विभिन्न रोगका करिब एक हजार जनाको स्वास्थ्य परीक्षण गरिनुका साथै निःशुल्क औषधिसमेत वितरण गरिएको छ । गण्डकीका पूर्व विद्यार्थीहरुको संगठन एग्बोस काठमाण्डु र नर्थ अमेरिकाको संयुक्त आयोजनामा शिविर सञ्चालन गरिएको हो ।
सो शिविरमा २६ जना विशेषज्ञ चिकित्सकको टोलीले मुटु, दम, क्यान्सर, नाक, कान घाँटी, आँखा, दाँत, हाडजोर्नी, पिशाब, स्त्री तथा प्रसूति र थायोराइडजस्ता रोगका बिरामीको स्वास्थ्य परीक्षण गरियो । शिविरमा केहीको सामान्य शल्यक्रियासमेत गरिएको डा. सुजिता हिराचनले जानकारी दिइन् । डा.सुजिता हिराचन आवासीय माविको पूर्व विद्यार्थीहरुको संगठनकी अध्यक्ष हुन् ।
शिविरमा आएका सबैको अनिवार्य रगत र पिसाब परीक्षण गरिएको थियो । यस्तै केहीले ए–क्सरे सेवा समेत पाएका थिए ।
शिविरको उदघाटन गण्डकी स्कुलका पूर्व विद्यार्थी समेत रहेका प्रदेश–४ का सांसद प्रेमप्रसाद तुलाचनले गरेका थिए । तुलाचनले मानव स्वास्थ्य जस्तो पवित्र कार्यमा गण्डकीका विद्यार्थीहरुले पु¥याएको योगदानको प्रशंसा गर्दै समाजका अरुले पनि त्यसबाट शिक्षा ग्रहण गर्नुपर्ने बताए । त्यसैगरी अध्यक्ष डा.सुजिता हिराचनले आगामी दिनमा पनि यस्ता रचनात्मक र समाजलाई प्रत्यक्ष लाभ पुग्ने खालका कार्यक्रम गरिने जानकारी दिइन् । शिविरका लागि आवश्यक रकम पूर्व विद्यार्थी तथा हाल उनीहरु कार्यरत संघसंस्था तथा कार्यालयहरुबाट संकलन गरिएको थियो । कार्यक्रममा मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित सुरक्षा निकायका प्रमुख, सामाजिक अगुवा तथा स्थानीय सरकारका प्रतिनिधिको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->