बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

सुन चाँदीको मूल्य घट्यो

सुन चाँदीको मूल्य घट्यो


  • Dhorpatan News
  • भाद्र २९ २०७६, आइतबार

काठमाडौं,२९ भदौ – सुनको मूल्य घटेर प्रतितोला ७० हजार २ सय भएको छ। नेपाल सुनचाँदी व्यवसायी राष्ट्रिय महासंघले आइतबारका लागि प्रतितोला ४ सय घटाएर नयाँ मूल्य निर्धारण गरेको हो। शुक्रबार नेपाली बजारमा प्रतितोला सुन ७० हजार ६ सयमा कारोबार भएको थियो। यस्तै तेजावी सुनको मूल्य पनि घटेको छ। आइतबार तेजावी सुनको मूल्य प्रतितोला ६९ हजार ९ सय पुगेको महासंघले जनाएको छ। चाँदीमा प्रतितोला ३० रुपैयाँले घटेको छ। शुक्रबार प्रतितोला ८ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार ८ सय ४० रुपैयाँ पुगेको हो। नेपाली बजारमा सुन चाँदीको मूल्य अन्तर्राष्ट्रिय बजारमा भएको परिवर्तनले सबैभन्दा ठुलो प्रभाव पार्छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा लगातार ओरालो लागेका कारण नेपाली बजारमा पनि कमी आएको हो। अहिले अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस १४ सय ८८अमेरिकी डलर छ। नेपाली बजारमा किर्तिमानी मूल्य कायम गर्दा अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुनको मूल्य १५ सय ४५ डलर सम्म पुगेको थियो।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->