शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

सुत्केरी गराउन हेलिकोप्टरबाट उद्दार

सुत्केरी गराउन हेलिकोप्टरबाट उद्दार


  • ढोरपाटन संवाददाता
  • भाद्र ३० २०७६, सोमबार

बागलुङ, ३० भदौ – बागलुङको तमानखोला गाउँपालिका वडा नं. ६ नर्जाखानीका एक युवती सुत्केरी हुन नसकेपछि हेलिकोप्टरबाट उद्दार गरिएको छ ।
तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढाले घटना बारे जानकारी गराएपछि गण्डकी प्रदेशको सामाजिक बिकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय र जिल्ला स्वास्थ्य कार्यालयको पहलमा हेलिकोप्टरबाट बिरामी पोखराको गण्डकी अस्पताल पठाइएको हो ।
२५ बर्षकी धु्रबकुमारी छन्त्याललाई लामो व्यथा लागेको र अत्याधिक रक्तश्राव भएपछि थप उपचारका लागि पठाउनुपर्ने देखिएको थियो । स्थानीय स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि महिलालाई पोखरा पठाइएको हो । मगाइएको हेलिकोप्टर मौषम खरावीले एकपटक गुल्मी पुगेको थियो । मौषम सुध्रेपछि बिरामी बोकेर हेलिकोप्टर पोखरा पुगेको बुढाले बताए । दैविप्रकोप र सुत्केरी हुन नसकेर आउन सक्ने जोखिम कम गर्न हेलिकोप्टर मगाउने नीति अनुसार प्रशासनले पहल गरेको प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->