बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

बगरमा पानी पंधेरो

बगरमा पानी पंधेरो


  • ढोरपाटन संवाददाता
  • असोज २ २०७६, बिहिबार

पोखरा,२ असोज – सिम्पानी क्षेत्रका मानिसलाई सपिङ सहज बनाउन पोखरा १ बगरमा नयाँ डिमार्टमेन्टल स्टोर्स खुलेको छ । युवा व्यवसायीको समूहले भीमकालीपाटन, बगरमा पानी पँधेरो डिपार्टमेन्टल स्टोर सञ्चालन गरेको हो । पानी पँधेरो यो क्षेत्रमा स्थापना खुलेको पहिलो डिमार्टमेन्टल स्टोर्स हो ।भदौ १३ गतेबाट अनौपचारिक रुपमा सञ्चालनमा आएको स्टोर्समा खाद्यान्न, रेडिमेड कपडा, किचन आइटम, कस्मेटिक, गिफ्ट, जुत्ता, चप्पल, रेस्टुरेन्ट, मदिरा लगायतका सामग्री राखिएको छ । स्थापनाको १ हप्तामै राम्रो कारोबार र सेवाग्राहीको सकारात्मक प्रतिक्रियाले उत्साहित भएको स्टोरका प्रबन्ध निर्देशक खेम तिमिल्सिनाले बताए ।

अध्यक्ष कुलदीप भट्टराई सम्पूर्ण सामान एउटै छानामुनि सुपथ मूल्यमा उपलब्ध गराउने लक्ष्य अनुरुप स्टोर्स खोलिएको बताउँछन् । उनले योजना बनाएर, बजारको अध्ययन गरेर व्यवसाय सुरु गरेको उल्लेख गर्दै गुणस्तरीय सामान सुपथ मूल्यमा उपलब्ध गराउने प्रतिवद्धता गरे ।

स्टोर्समा अहिले करिब ५ करोड लगानी भएको छ । पोखरामा व्यापार, व्यवसाय गरेका र वैदेशिक रोजगारीमा गएर फर्किएका गरी १५ युवाको यसमा लगानी छ । पहिलो चरणमा पोखराका विभिन्न क्षेत्रमा शाखा खोल्ने उनीहरुको योजना छ । सञ्चालक कुमारप्रसाद बराल कम्पनीका सामान प्रत्यक्ष खरिद गरी उपभोक्तालाई सुलभ दरमा उपलब्ध गराइने बताउँछन् । बरालले भने, ‘बीचमा बिचौलियाको कमिसनको बोझ उपभोक्तामा नपारोस् भन्ने चाहेका छौं ।’

वेबसाइट पानीपँधेरोस्टोर्स डट कमबाट अनलाइनमा कारोबार र होम डेलिभरी पनि गर्ने जनाइएको छ । असोज पहिलो हप्ताबाट औपचारिक रुपमा सेवा सञ्चालन गर्ने स्टोर्सको योजना छ । ‘सेवा सुरुआत र चाडपर्वलाई मध्यनजर गरी केही न केही विेशष योजना पनि ल्याउँछौं,’ बरालले भने । होलसेल मूल्यमा सबैजसो सामान एकै ठाउँबाट उपलब्ध गराई पोखरेलीलाई सपिङको वास्तविक मज्जा दिने लक्ष्य उनले सुनाए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->