शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

मानवसेवा आश्रमको खर्च सार्वजनिक

मानवसेवा आश्रमको खर्च सार्वजनिक


  • ढोरपाटन संवाददाता
  • असोज ३ २०७६, शुक्रबार

बागलुङ, असोज – मानवसेवा आश्रम बागलुङले आर्थिक बर्ष २०७५÷०७६ को बार्षिक हिसाव किताब सार्वजनिक गरेको छ ।
बिहिवार आयोजित एक कार्यक्रममा संचालक सदस्य होमनाथ तिमिल्सिनाले आर्थिक क्रियाकलाप सार्वजनिक गरेका हुन् । उनका अनुसार गत आर्थिक बर्षभरी आश्रममा ३० लाख ८ हजार रुपैयाँको कारोवार भएको छ । खाद्यान्न सामाग्री खरिद, यातायात, ढुवानी, आश्रमको भवन तथा शौचालय लगायतको संरचना निर्माण, छपाई, कार्यालय संचालन लगायतमा उक्त रकम खर्च भएको देखाइएको हो । आम्दानी तर्फ बागलुङ नगरपालिका, व्यक्तिगत रुपमा आएको दान र चन्दा तथा केही अक्षयकोषका लागि प्राप्त रकम भएको चालिसेले बताए ।
आश्रममा अहिले झण्डै ८ लाख ४५ हजार रुपैयाँ ऋण रहेको देखिएको छ । भवन निर्माण गर्दा सामाग्री खरिदको क्रममा खर्च भएको रकम ऋणको रुपमा रहेको हो । त्यस्तै हेटौडाको कार्यालयमा सापटी दिएको ३ लाख २० हजार छ । आश्रममा २९ जना मानिस संरक्षणमा रहेका छन् । उनीहरुका लागि दैनिक खानपानको व्यवथापन आश्रमले गर्दै आएको छ । त्यस्तै कोठा, सामाग्री अभाव भएकोले गत बर्षदेखि निर्माणको काम भएको थियो । निर्माणको क्रममा सभाहल, सुत्नेकोठा र लत्ताकपडा समेत जुटाइरहेको संचालिका सुमिरा लामाले बताईन् ।
खर्च सार्वजनिक कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले मानव सेवा नै सबैभन्दा ठूलो सेवा भएको भन्दै सबै क्षेत्रको साथ आवस्यक पर्ने बताए । कार्यक्रममा बानपा ३ की अध्यक्ष लक्ष्मी बाँस्कोटा, सिवाईसी नेपालका अध्यक्ष चण्डीप्रसाद शर्मा, बागलुङ सहकारीका अध्यक्ष अशोक गोबिन्द राजभण्डारी, समाजसेवी लालचन्द्र राजभण्डारी, रुद्रबहादुर महत लगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->