बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

बर्षका आधारमा मात्र विदेशीलाई नागरिकता दिनुहुन्न

बर्षका आधारमा मात्र विदेशीलाई नागरिकता दिनुहुन्न


  • कृष्ण प्रसाद शर्मा
  • असोज ७ २०७६, मंगलबार

नेपालमा सबैभन्दा बढी बहस हुने बिषय नागरिकता हो । नागरिकता जस्तो संवेदनशिल बिषयमा यति चर्चा केवल नेपाल बाहेक अन्त्य कतै भएका छैनन् होला । अमेरिकामा पनि नयाँ राष्ट्रपति आएसँगै मेक्सिको बोडर बारे निकै चर्चा हुन्छ । यो पटक भने डोनाल्ड ट्रम्प अलि बढी अग्रसर छन् । त्यहाँ मेक्सिकोबाट छिर्ने गैर आप्राबासी टाउको दुखाई बनेको छ । यस पटक त्यहाँ नागरिक तवरले समेत क्राउड फण्डमार्फत पैसा उठाएका छन् । त्यो पैसा सरकारलाई दिएर मेक्सिको र अमेरिकाको बोडरमा पर्खाल बनाउने योजनामा छन् । आप्राबासीलाई शरण दिनु र गैरकानुनी रुपमा कुनै देशमा प्रवेश गर्नु फरक कुरा हुन् । हाम्रै देशमा अहिले करीब १२ देशका मान्छेहरू शरणार्थीका रुपमा बसेका छन् । तर यसरी शरणार्थीको रुपमा बसेकाहरूलाई मानवीय दृष्टिकोणले हेर्नु अवश्य पर्छ । तर अहिले नेपालमा अंगिकृत नागरिकताबारे बहस चलेको छ । साथै बिदेशीलाई कति बर्षमा नागरिकता दिने त्यसको समेत बहस चलेको छ । हाम्रा छिमेकी मुलुकमा विवाह गरेर गएका नेपाली चेलीलाई सात बर्ष कुर्नुपर्छ भने हाम्रो देशमा बिवाह गरेर आउने बिदेशीलाई एक हात सिन्दुर र अर्को हातमा नागरिकता दिन हुँदैन भन्ने बहस छ ।

यसै सन्दर्भमा बिदेशी केटाले नेपाली केटी विवाह गरेका हकमा १५ बर्षपछि मात्रै दिने र बिदेशी केटीलाई भने ७ बर्षमा नागरिकता दिने गरी बहस भईराछ । यस बारे साझा पार्टीले दुबैका हकमा ७ बर्ष गरौं भनेर आफ्नो मत स्पष्ट राखेको छ । काँग्रेसले भने नागरिकता पहिलैको जस्तो खुकुलो बनाउने पक्षमा छ । अन्तरिम संविधानबाट पछि नहट्ने भनेको छ । नेकपाका भीम रावलले बाहेक अरूले अझै स्पष्ट रुपमा धारणा राखेका छैनन् । बिदेशी चाहे पुरुष होस् वा महिला जो भए पनि कवेल बर्ष बिताउँदैमा नागरिकता दिनु हुँदैन । बेलायत, अमेरिकामा बिदेशी आप्राबासीले नागरिकता पाउनलाई केवल बर्षले मात्र पुग्दैन । बेलाबेलामा धेरैले उदाहरण दिने बेलायतका युवराज ह्यारीले विवाह गरेकी मेघनाले समेत बर्ष पुरा गर्नै पर्छ भने उनी अमेरिकी नागरिक भएका कारण जहाँ अंग्रेजी भाषा प्रमुख भाषा भएका कारण बेलायतको नागरिकता पाउन अरू सबै सर्त अन्य आप्राबासी सरह नै पुरा गर्नुपर्छ । अमेरिका एवं बेलायतमा महत्व दिईएको तर हाम्रोमा कम महत्व भनौं कि महत्वहीन सोचिएको कुरा हो भाषाको जानकारी । पश्चिमा मुलुकले आफ्नो भाषाले बिश्व खाएका छन् । हामी पनि छोराछोरीले बिहान शुभप्रभात भनेको भन्दा गुडमर्निङ भनेको मन पार्ने भईसक्यौं । अमेरिका र बेलायतमा कुनै पनि आप्रबासीले नागरिकता लिँदा बर्ष, पैसा सबै तयार भएपछि दिनुपर्छ एउटा टेष्ट जुन अँग्रेजी भाषामा हुन्छ । यूकेमा लाईभ ईन यूकेको टेष्ट दिनुपर्छ । जसलाई बीटु लेबल भनिन्छ । अमेरिकामा देशको ईतिहास र भुगोलबारे जानकारी हुने गरी केही प्रश्नको सामाना गर्नै पर्छ तर हामी किन हाम्रो भाषामा कम्तिमा यो टेष्ट पास गर्ने नबनाउने । नेपाली भाषाको टेष्ट पास गर्नै पर्ने जसको डिजाईन राज्यले गर्नुपर्छ भन्दा कतिपयले नेपाली भाषा मात्र किन नेपालका अन्य भाषालाई किन नगर्ने भने जसको बहस गर्दा फरक पर्देन तर नेपालको ईतिहास भुगोल र बातावरण सबै समेटेर तयार पारेको कुनै एउटा टेष्ट लिएर त्यसको प्रमाणपत्र पेश गर्नु पर्ने बनाउनु पर्छ । कतिपयका लागि भाषाको शर्त अनावश्यक लाग्न सक्छ तर भाषाको एउटा शर्त राख्न किन पर्छ चर्चा गरौं । हाम्रो देशमा कतिपय अंगिकृत नागरिकहरू सांसद बनेका छन्भने उनीहरूका अभिव्यक्ति निकै विवादस्पद छन् । कतिपयलाई राम्रोसँग भुगोलको समेत जानकारी छैन । कुनैलाई ईतिहासको समेत जानकारी छैन । ईतिहास बङगाएर आउने अभिव्यक्ति र भुगोललाई नचिनेर बोलिने रङभेदी अभिव्यक्तिले समाज विभाजित भईराखेको छ ।
कम्तिमा ईतिहासको ज्ञान छ भने पृथ्विनारायण शाहमाथि घन हान्दा आप्राबासीले ठीक गरे भन्ने थिएनन् । हुनतः घन हान्ने नेपालकै जन्मसिद्धवाला हुन तर तिनीहरूमा गरिएको ईन्जेक्टेड रसायन भने आप्राबासीका खुराक थिए । यहाँ नेवारका नाक, कान काटे भनेर लेख्ने र बिदेशमा भ्रम छर्ने कोही थिए ? ईतिहासले पुष्टि गर्न नसक्ने आप्राबासी तर्कले गर्दा समाज खण्डित भयो । जसमा नेपाली आमाबाट जन्मेर पनि सोचाई आप्राबासीहरूले मलजल गरे । तराईमा आन्दोलन चलिराख्दा भ्रमण भीसा भएका कतिपयले राता टाला टाउकोमा बाँढेर नेपाल विरुद्ध नारा लगाए भने एक जनालाई देश छोड्न आदेश भएपछि गएका थिए । उनी अझै टुईटरमा नेपाल बिरुद्ध लेख्छन् । साँस्कतिक रुपमा धनी हामी भाषामा पनि धनी छौं । नेपालका विश्वविद्यालयमा बिदेशीले समेत पढ्छन् । यहाँ पढाई अँग्रेजी माध्यममा हुने हुँदा नेपाली टेष्ट नभए पनि ठीकै छ तर नेपालमा जीवन बिताउन चाहने कुनै बिदेशी महिला वा पुरुषले एउटा सामान्य भाषाको टेष्टसम्म पनि गर्नु नपर्ने यसले गर्दा नेपाली भाषा मात्रै होईन नेपाली नागरिकताको समेत महत्व घट्छ । बिदेशी ज्वाईँहरूले देश खाँदैनन् नागरिकता दिउँ भन्ने बाबुराम भट्टराई जस्तैले चलाएको देशमा आपत्ति आईनलागे अन्त कता लागोस् । कुनै पनि देशलाई कब्जा गर्न त्यस देशको भाषा र संस्कृति माथी आक्रमण नगरी संकिदैन भन्ने निस्कर्ष पश्चिमाहरूले भारत, नेपाल लगायत देशमा त्यस्तै रणनिति अपनाएका थिए र अझै अपनाईरहेका छन् । भाषाको संरक्षणदेखी नेपाली नागरिकता पाउन त्यति सजिलो छैन भन्ने सन्देश नगएसम्म बंशजका नागरिक अल्पमतमा पर्ने गरी यो अभियानले घात गर्ने छ । हामीले बिदेशको नागरिकता लिँदा जवानी पुरै फालेका छौं । उर्जाशील समय पुरै फालेका छौं तर अरूले नेपालको नागरिकता लिँदा यति खुकुलो किन बनाउने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->