आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

पोखरा र विराटनगर सिधा हवाईसेवा जोड्न चाहन्छौँ: मुख्यमन्त्री राई

पोखरा र विराटनगर सिधा हवाईसेवा जोड्न चाहन्छौँ: मुख्यमन्त्री राई

दुबै प्रदेशमा पर्यटनको प्रचुर संभावना भएको बताउँदै उनले हवाई सेवाको लागि प्रदेश नम्बर १ ले पहल थालेको जानकारी गराए ।


  • ढोरपाटन संवाददाता
  • असोज १४ २०७६, मंगलबार

विराटनगर, १४ असोज – प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले पर्यटन प्रववद्र्धनको लागि गण्डकी प्रदेशको राधानी पोखरा र विराटनगरबीच सिधा हवाई सेवा सुरुवात हुनुपर्नेमा जोड दिएका छन् । दुबै प्रदेशमा पर्यटनको प्रचुर संभावना भएको बताउँदै उनले हवाई सेवाको लागि प्रदेश नम्बर १ ले पहल थालेको जानकारी पनि गराए ।
आन्तरिक पर्यटन वर्ष प्रचारको लागि विराटनगर पुगेको गण्डकीको टोलीसँग सोमबार भएको अन्तरक्रिया कार्यक्रममा उनले सगरमाथा, पाथीभरा, हलेसी लगायतका क्षेत्र भएको प्रदेश नम्बर एक र गण्डकी प्रदेशबीच पर्यटन प्रवद्र्धनमा सहकार्य हुनुपर्नेमा पनि जोड दिए । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले आफुहरु पनि पोखरा–विराटनगर हवाई सेवा सुरुवात होस भन्ने पक्षमा रहेको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->