बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

सार्वजनिक पदधारीले ख्याल पु¥याउ

सार्वजनिक पदधारीले ख्याल पु¥याउ


  • दुर्गा भण्डारी
  • असोज १६ २०७६, बिहिबार

सभामुख कृष्णबहादुर महरामाथि बलात्कार गरेको आरोप लगाएकी रोश्नी शाहीले एकएक मुख फेरेकी छिन् । आइतबार साँझ सभामुख महराले आफ्नै डेरामा आएर बलात्कार गरेको घटनाको एक अनलाईनले भिडिओ समेत बनाएको थियो । सो घटना सोमबार दिनभरी सनसनीपूर्ण बनेको थियो । मंगलबार पीडित भनिएकी रोश्नी शाहीले ट्विीट गर्दै कुनै पनि घटना नभएको र भिडियो बनाउनेले नियोजित रुपमा बनाएको आरोप लगाएकी छिन् । एकदिन अघि मात्रै अप्रत्यासित रुपमा घटना सतहमा आएपछि सभामुख महराले अनुसन्धानमा सहजता होस भनेर राजिनामा समेत दिएका थिए । मंगलबार रोश्नीले सो घटना हँुदै नभएको र आफुले डिप्रेसनको औषधी लिएको भनेर कुरा फेरेकी छन् ।
यो घटनाको बिश्लेषण गर्दा केतर्क निकाल्न सकिन्छ भने, एक दिन अगाडी सम्मानित पदमा रहेका ब्यक्तिलाई बलात्कार जस्तो जघन्य र नैतिक पतनको आरोप लागेको छ । भोलीपल्ट होईन भनियो । यदि यो घटना हुदै नभएको हो भने किन यस्तो आरोप लाग्यो । यो आरोप लागाउनु र लाग्नु दुवै गम्भिर बिषय हो । हाम्रो समाज र न्याय प्रणालीमा कुनै महिलाले ‘म माथी जर्बजस्तीकरणी भयो’ भनेर कुनै ब्यक्तिलाई आरोप लागाउनु नै एउटा प्रमाण हो । हाम्रो न्यायालयले कुनै महिलाको बलात्कार भएको घटनालाई अझै पनि सम्बेदनशिल भएर सहानुभूतिको नजरले हेर्ने गर्छ । समाजमा जर्बजस्ती करणी भएकी महिला अबिवाहिता छिन्भने बिवाह हुन त्यति सहज हँुदैन । बिवाहिता महिला हुन् भने उनलाई श्रीमान् र घर परिवारले हेला गर्ने सम्मको अवस्था आउछ । यो मेरो निजी बिचार होईन । समाजको आम धारणा हो । जर्बजस्तीकरणी महिलाको इच्छाबिरुद्ध राख्ने जघन्य यौनजन्य अपराध हो । अन्य जघन्य अपराध जस्तो हत्या, अपहरण, मानव बेचबिखनमा मानिसको भौतिक शरिर माथी आक्रमण हुन्छभने बलात्कृत महिलालाई भौतिकका साथै मानसिक रुपमा समेत बिछिप्त बनाउछ ।
एक दिन अगाडी मुलुककै सम्मानित ब्यक्तिले आफुलाई बलात्कार ग¥यो भनेर सार्वजनिक गर्ने भोलिपल्ट होईन भनेर मुख फेर्ने । कस्तो नाटकिय कुरा । यस्ले बास्तबिक पिडीतलाई समेत भबिश्यमा झुठो साबित गराउन सक्छ । यस्तो गम्भिर आरोप लागेपछि समाज सम्बेनशिल बन्छ । तर अब यस्ता घटनाहरु भए पनि समाजको सम्बेदना हराउन सक्छ । यो घटनाले अनुसन्धान गर्ने निकायलाई समेत दुबिधामा पारेको छ । जर्बजस्ती करणीबाट पीडित महिलाको जाहेरी र बयान आफैमा एउटा प्रमाणको रुपमा न्यायालयले लिने गर्दछ । यो घटनामा अघिल्लो दिन सभामुख महराले आफुलाई बलात्कार गरे भनेर प्रहरीमा मौखिक उजुरी समेत गरेकी रोश्नी शाहीले भोलीपल्ट मिडियामार्फत घटनालाई सार्वजनिक गरेकी थिईन् । तेस्रो दिन फेरी उले एक अनलाईनमार्फत नै घटनै नभएको सार्वजनिक गरिन् । आफ्नो अन्तरवार्तामा रोश्नीले कर्मचारी समायोजनमा काठमाण्डौ बाहिर पठाउन लागिएकोमा आफुलाई महराले केहि (थमौती) गर्न नसक्ने भनेर आक्रोस पोखेको भनेर बताएकी छन् । उनीहरुको पारिवारिक सम्बन्ध पहिल्यैदेखि राम्रो रहेको बताएकी पनि छिन् । एउटा सामान्य बिषयमा कुरा नमिल्दा यत्रो ठूलो गम्भिर आरोप त्यो पनि नैतिक पतन हुने आखिर किन ? के रोश्नीले कुरा फेरे जस्तै घटनै नभएकै हो र ?
सुरक्षा निकायले महरा साँझ रोश्नीको डेरामा गएको भनेको छ । फुटेको चस्मा, जुत्ताको तलुवा त्यहाँ भएका प्रमाणहरुले महरातिर नै संकेत गर्दैन र ? उनले अघिल्लो दिनको भिडियोमा सबै घटना भएको भनेकी छिन् भिडियोमा उनलाई कुटपिट गरिएको मुखमा ब्लड समेत जमेको देखिएको र बताएकी छिन् । महरा रोश्नीको डेरामा नगएको भन्ने कुरा पनि झुठ्ठो साबित भएको छ । उनको घरको बस्तुस्थितिको प्रहरीले अवलोकन गर्दा घटना भएकै हो भन्नेतर्फ संकेत पनि गर्छ । बिगतमा उनीहरुको बिवाहेत्तर सम्बन्ध जस्तोसुकै रहे पनि अहिले महराले जर्बजस्ती करणी गरेको आरोप बाहिर आइसकेपछि अनुसन्धान हुन जरुरी छ । तर प्रबिधिक कुरा के छ भने प्रहरीमा पीडित भनिएकी महिलाको लिखित जाहेरीसम्म परेको छैन । घटना भएको धेरै दिन भईसकेको छ । पीडित भनिएकीको स्वास्थ्य परिक्षण समेत नगराएको अवस्थामा प्रमाण समेत रहदैन । आफुलाई महराले जर्बजस्ती करणी गर्दा रोश्नीका श्रीमान काठमाण्डै बाहिर रहेको उनले भिडिओमा बताएकी छिन् । एक अनलाइले त उनका श्रीमान्संग कुरा गरेर बसेर कुरा मिलाउनेतर्फ संकेत गरेको समाचार सार्वजनिक गरेको थियो । पीडितलाई फकाएर, पैसाको प्रलोभनमा पारेर, वा दवाबमा पारेर होस्टाईल गर्नु पनि अपराध हो । यस घटनालाइ शुक्ष्म रुपले बिश्लेषण गर्न जरुरी हुन्छ ।
मुलुककै सम्मानित पदमा रहेका ब्यक्तिलाई जर्बजस्ती करणीको आरोप लागेको छ । महराले राजीनामा समेत दिइसकेका छन् । भोलिपल्टै फेरी पीडित भनिएकी महिलाले होइन भनेर कुरा फेर्छिन् । यसले के संकेत गर्छ भने पद र पावरको आडमा कतै दवाबमा पारेर बोल्न लगाईएको हो की भन्ने आम मानिसमा पर्नगएको हुन सक्छ । यस्ले सत्तारुढ पार्टीको समेत बद्नाम हुन सक्छ । सत्ताको आडमा डरत्रास देखाएर घटनाई लुकाईयो भन्ने आरोपबाट नेकपा मुक्त हुन जरुरी छ । यो घटनामा महरा निर्दोष नै हुन् भने घटना सार्वजनिक भए पछि प्रहरीमा लिखित जाहेरी दिई अनुसन्धान गरेर न्यायालबाटै क्लीनचिट पाउन सक्थे उनलाकै हित हुन्थ्योे ।
उनि निर्दोष पनि हुन सक्लान दोषी पनि । तर अनुसन्धान भएको अवस्था छैन । महराकै दबाबमा कुरा फेर्न लगाएको हो भन्ने निस्कर्ष निकाल्न सकिन्छ । अहिले दुबिधाको स्थिति छ । अपराध पिडितलाई सुरक्षाको खाँचो छ । सत्तारुढ पार्टीले सत्ताको आडमा नेतालाई नेतालाई जोगाउनु हुँदैन । यो घटनालाई सत्ता र शक्तिको आडमा ढाकछोप गरियो भन्ने आरोपबाट नेकपा जोगिनु पर्छ । दोषी हुन् भने पार्टीबाटै अनुसन्धान थालेर कारबाही गर्नुपर्छ । राजकिय पद र पार्टीबाटै निश्कासन गर्न सक्नुपर्छ ।
यदि निर्दोस हुन् भने उनले क्षतिपूर्ति सहितको न्याय पाउनु पर्छ । यसका लागि पीडित भनिएकी महिला न्यायालय गएको अवस्था पनि छैन । यदि हुदै नभएको घटना हो भने किन सार्वजनिक गरियो । कसैको मान पदप्रतिष्ठामा आचपुग्ने काम किन गरियो । यस घटनाको सत्यतथ्य बाहिर आउन जरुरी छ । सार्वजनिक पदधारण गरेका ब्यक्तिहरुको गतिबिधी त्यति बिश्वास योग्य नभएको अवस्था पनि छ । ठूलो पदमा रहेकाहरु सबै सुबिधा सम्पन्न, बिलासी जिवन ब्यतित गरेका हुन्छन् । नेताहरु, कार्यकर्ता, मन्त्रीहरु, मुख्यमन्त्री सांसद, बिपक्षदल सबै सार्बजनिक पद धारण गरेकाहरुले यस्ता नैतिकतासंग जोडिएको बिषयमा ख्याल पु¥याउन जरुरी छ । बिवाह पछिको (एक्ट्रा म्यारिटियल अफेयर) सम्बन्ध राखे पनि राम्रो ब्यवस्थापन गर्न जरुरी छ । तनाव र असन्तुष्टीको कुनै गन्जाईस छैन । अपराधको सजाय भोग्नु त पर्छ नै राजनैतिक करिअर समेत समाप्त पार्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->