बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

दशैंको दिन दशा भयो : असिनाले धान मास्यो, पराल मात्र बाँकी

दशैंको दिन दशा भयो : असिनाले धान मास्यो, पराल मात्र बाँकी

ज्यामरुककोटमा मात्रै ७५ लाखको क्षति


  • ध्रुबसागर शर्मा
  • असोज २२ २०७६, बुधबार

म्याग्दी, २२ असोज – म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटमा मंगलवार वडा दशैंका दिन परेको भीषण असिनाका कारण भित्राउने बेलाको १५ हजार मुरी धान उत्पादन हुने खेतमा पूर्ण क्षति पुगेको छ । असिनाका कारण ७५ लाख वरावरको धानवालीमा क्षति पगेको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटका अध्यक्ष हिरावहादुर थापाले बताए ।
मंगलवार अपरान्ह २ बजेदेखि परेको भीषण असिनाका कारण ज्यामरुककोटको गौश्वारा,तमाने,विमिराबोट,फापरखेत लगाएतका ठाउमा लगाएको धानबाली,कोदो,फलफूल लगाएतको बालीमा क्षति पुगेको हो ।
असिनाका कारण स्थानीय भद्रवहादुररिजालको ५२ मुरी धान उत्पादन हुने खेतको धान वाली पूर्ण रुपमा क्षति पुगेको छ । त्यसैगरी डम्मरवहादुर पोख्रेलको २५ मुरी,लिला जौसीको २५ मुरी,चन्द्रकान्त शर्माको २५ मुरी,लगाएत सयौं किसानको खेतमा लगाएको धान बालीमा क्षति पुगेको हो ।
ज्यामरुककोटको गौश्वारा,तमाने र विमिराबोट क्षेत्रका ३ सय घरपरिवारमध्ये १ सय ५० घरपरिवारको खेतमा लगाएको धानबालीमा पूर्ण क्षति पुगेको छ भने १ सय ५० परिवारको खेतमा भने आंशिक क्षति पुगेको बेनपा २ का वडा सदस्य डम्मरवहादुर पोख्रेलले बताए । असिना पीडित भद्रवहादुर रिजालका अनुसार ५२ मुरी धान उत्पादन हुने खेतमा लगाइएको धान असिनाले एक दाना पनि काम नलाग्ने गरी झारेको छ । खेतमा धानको नल मात्र बाँकि रहेको छ भने दाना एउटा पनि छैन ।
बेनपा २ का वडाअध्क्ष हिरावहादुर थापाले असिनाका कारण १५ हजार मुरी धान क्षति पुगेको र यसवाट कृषकलाई ७५ लाख बराबरको नोक्सान भएको बताए । वडाअध्यक्ष थापाका अनुसार विपदकालीन वैठक वसेर क्षतिको यथार्थ विवरण संकलन कार्य भैरहेको र एक दुई दिन भित्रमा वास्तविक क्षतिको विवरण सार्वजनिक गरिने छ । असिनाले धान खेती सखाप पारेपछि स्थानीय कृषकहरु चिन्तित बनेका छन् । उनीहरुले राहत पाउन नसकेमा भोकै मर्नुको विकल्प नरहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->