बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

मंगला गाउँपालिकाले थाल्यो मानव मुत्र संकलन अभियान

मंगला गाउँपालिकाले थाल्यो मानव मुत्र संकलन अभियान

संकलित पिसाब बालीनालीमा प्रयोग गरी उत्पादन बढाउने अभियान सुरु गरिएको गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले वताए ।


  • ढोरपाटन संवाददाता
  • असोज २९ २०७६, बुधबार

बेनी, २९ असोज – गाउघरमा पशुपालन गर्नेहरुको संख्या घट्दै गएपछि कृषीमा उत्पादन बढाउन म्याग्दीमा मानव मुत्र (पिसाव) को प्रयोग गर्न थालिएको छ । गाईभैँसी तथा कुखुरा र भेडाबाख्राको मलमूत्रबाट तरकारी र खाद्यान्न उत्पादन गर्दै आएका यहाँका किसानले उत्पादन बढाउन मानव मुत्र प्रयोग गर्न थालेका हुन । मानव मुत्रको प्रयोगबाट किसानको उत्पादन र आम्दानी बढ्ने भएपछि
मङ्गला गाउँपालिकाले मानव मुत्र संकलन अभियान सुरु गरेको छ । किसानको उत्पादन बढाउने अभियानलाई सफल बनाउन गाउँपालिकाले पहिलो पटक आफ्नो ५ नं. वडाका सवै विद्यालय, सार्वजनिक स्थान र घरका शौचालयमा राख्नका लागि जर्किन (ग्यालिन) प्रदान गरेको छ । गाउँपालिकाले दिएको त्यही ग्यालिनमामा नै पिसाब गर्ने र संकलित पिसाब खेतबारीमा लगाइएको बालीनालीमा प्रयोग गरी उत्पादन बढाउने अभियान सुरु गरिएको गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले वताए । यो कार्यक्रम अहिले मंगला गाउँपालिका-५ अर्मनमा सुरु गरिएको हो ।
कृषि उत्पादनमा पिसावको प्रयोग जिल्लामा नै पहिलोपटक मंगला गाउँपालिका-५ अर्मनका किसानले गरेको शिशु कल्याण मावि अर्मनका प्रधानाध्यापक चित्रबहादुर बुढाथोकीले वताए । उनको विद्यालयले दुई बर्ष पहिलेदेखि नै शौचालयमा ग्यालिन राखेर पिसाव संकलन गरी विक्री गर्दै आईरहेको छ । यसबाट विद्यालयलाई पनि आम्दानी भएको छ । विद्यालयले अहिलेसम्म ३१ जर्किन मानव मूत्र बिक्री गरिसकेको छ । बजारमा पाइने रासायनिक मलभन्दा मानव मूत्रको प्रयोगबाट उत्पादन राम्रो हुने किसानहरुले वताउछन । मानव मूत्र विशेषगरी सुन्तलाखेती र मकै बालीका लागि राम्रो हुने कृषि विज्ञको भनाई छ ।
मङ्गला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँका अनुसार अगुवा किसानलाई कृषि बालीमा मानव मूत्रसम्बन्धी पाँच दिने तालीम दिइएको छ । तालीम पछि किसानले मानव मूत्रबाटै तरकारी फलाउने प्रतिबद्धता व्यक्त गरे अनुसार काम गरिरहेका छन । उनका अनुसार पिसाबमा क्याल्सियम, फस्फोरस भएकाले रासायनिक मलभन्दा धेरै गुणा राम्रो हुन्छ । घरपरिवारमा भन्दा विद्यालय र सार्वजनिक स्थलमा मावन मूत्र संकलन अभियान प्रभावकारी भएको छ ।
ग्यालिन राखेपछि शौचालयमा मूत्र विर्सजन गर्ने स्थानीय र बटुवाले यसैमा पिसाव गर्ने गरेका छन । पशुपालन गर्ने क्रम विस्तारै घट्दै गएपछि किसानलाई यो प्रविधिबाट तरकारी खेती गर्न सिकाइएको अध्यक्ष रोकाले बताए । मानव मूत्रबाट तरकारी उत्पादन साह्रै राम्रो हुनुका साथै रोग पनि नलाग्ने भएकाले तालिमपछि यहाँका किसानहरु खुशी भएका छन् । तरकारी बालीमा प्रयोग गर्दा एउटै परिवारका भएमा सोही दिनमा र धेरै परिवारको भएमा जम्मा गरेर एक महिनामा बाली प्रयोग गर्ने गरिएको छ । एक लिटर पिसाबमा तीन लिटर पानी हालेर बोटबिरुवा र बालीमा राख्न सकिनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->