बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

बगरफाँट बाढी पिडितलाई महिला सहकारीद्धारा सहयोग

बगरफाँट बाढी पिडितलाई महिला सहकारीद्धारा सहयोग


  • ध्रुबसागर शर्मा
  • कार्तिक १ २०७६, शुक्रबार

म्याग्दी, १ कार्तिक – म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटको कोटखोलाका बाढी पीडितहरुलाई बेनी नगरपालिका वडा नं २ भकुण्डेस्थित ज्यामरुककोट महिला बिकास बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडले रु १६ हजार मूल्य बराबरको राहत सामाग्री प्रदान गरेको छ ।

गत असोज ४ गते राती आएको बाढीले विस्थापित भएकालाई बिहीबार एक कार्यक्रमको आयोजना गरी सहकारी संस्थाका सदस्यहरुले राहत सामाग्री हस्तान्तरण गरेका हुन् ।

सहकारी संस्थाकी अध्यक्ष कल्पना जिसी,सचिव उमा शर्मा,सदस्य लक्ष्मी थापा, पवित्रा कार्की लगाएत संस्थाका पदाधिकारीहरुले बाढी पीडित दिलप्रसाद जुग्जाली, रमेश परियार, पार्वती परियार, मायाँ परियार, रस्मी परियार र अनिता परियार र सेते किसानलाई प्रतिव्यक्ति एक बोरा चामल, एक प्याग लुगाधुने सावुन, एक किलो दाल र एक किलो नून राहत स्वरुप प्रदान गरेका हुन् ।

राहत हस्तान्तरण कार्यक्रममा बोल्दै सहकारी संस्थाका अध्यक्ष कल्पना जिसीले विपतमा परेका व्यक्तिहरुलाई सहयोग गर्नु मानवीय कर्तव्य भएको बताउँदै हाम्रो सानो सहयोगले पीडितहरुको घाउमा थोरै भए पनि मल्हम लगाउन सकोस् भन्ने उद्धेश्यले राहत प्रदान गरेको बताइन  ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->