शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

एक दिनमै उक्कियो बागलुङको कालोपत्रे सडक (भिडियो सहित)

एक दिनमै उक्कियो बागलुङको कालोपत्रे सडक (भिडियो सहित)

पुनः कालपत्रे गर्न नगरपालिकाको निर्देशन


  • ढोरपाटन संवाददाता
  • कार्तिक १ २०७६, शुक्रबार

बागलुङ, १ कात्तिक – बागलुङ नगरपालिका–१ रामरेखाको जसवीरटोलको सडकमा गरिएको कालोपत्रे २४ घण्टा नपुग्दै उक्किएको छ । एकैदिनका दिन कालोपत्रे उक्किएपछि गुुणस्तरहिन काम भन्दै बागलुङ नगरपालिकाले त्यसलाई पून कालोपत्रे गर्न निर्माण कम्पनीलाई निर्देशन दिएको छ । ‘सडक अनुगमन गर्दा कमसल खालको कालोपत्रे भएको पायौं’ नगरपालिकाका इन्जिनियर मनोज शर्माले भने–‘अहिले हामीले त्यसलाई भत्काएर पुनः कालोपत्रे गर्न निर्देशन दिएका छौं ।’ सो सडकमा तिलक निर्माण सेवाले काम गरिरहेको थियो । स्थानीयको गुनासो पछि नगरपालिकाले अनुगमन गरेको हो ।
सडकमा ग्राभेलपछिको धुलो सफा नगरी कालोपत्रे बिच्छाईएकाले कालोपत्रे उक्किएको इन्जिनियर शर्माले बताए । काम गुणस्तरहिन गरेका भन्दै जस्वीरटोलका स्थानीयले कालोपत्रे काम थालेदेखिनै सडकमा निगरानी बढाएका थिए । कालोपत्रे गरेको भाग हेर्दा कमजोर भएका स्थानमा जाँच गर्दा उक्किन थालेपछि स्थानीयलेनै नगरपालिकामा खवर गरेका थिए । नगरपालिकाले निरीक्षण गर्दा काम गुणस्तरहिन पाइएपछि त्यसलाई भत्काएर पून गर्न निर्देशन दिएको नगरप्रमुख जनकराज पौडेलले वताए ।
सडक बोर्डको ८३ लाख अनुदान सहयोगमा बागलुङ नगरपालिकाले नगरक्षेत्र भित्रका बिभिन्न सडकहरु मर्मत गरीरहेको छ । उक्त योजना अन्तरगतका सबै कामको ठेक्का तिलक निर्माण सेवाले पाएको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->