शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

प्रगति बहुउदेश्यीय सहकारी संस्थामा पून पौडेल निर्वाचित

प्रगति बहुउदेश्यीय सहकारी संस्थामा पून पौडेल निर्वाचित

उत्पादन र रोजगारीको क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको सहकारीले आयतलाई विस्थापन गर्न निर्यात अनिवार्य-नगरप्रमुख पौडेल


  • ढोरपाटन संवाददाता
  • कार्तिक २ २०७६, शनिबार

बागलुङ, २ कात्तिक-प्रगति वहुउदेश्यीय सहकारी संस्था लि.बागलुङको अध्यक्षमा कृष्ण प्रसाद पौडेल (कुमार) पून निर्वाचित भएका छन । संस्थाको शनिवार समपन्न १३ औं बार्षिक साधारणसभाले पौडेललाई दोस्रो कार्यकालको लागि अध्यक्षमा सर्वसम्मत रुपमा निर्वाचित गरेको हो । संस्थाको उपाध्यक्षमा तोयानाथ गौतम, सचिवमा उदयचन्द्र चपाई, सहसचिवमा बालकृष्ण शर्मा, कोषाध्यक्षमा तुलसीनाथ गौतम (केशव) र सदस्यहरुमा भैरवनाथ शर्मा, बिजयराज पन्त, नारायणदत्त रेग्मी, रेखा शर्मा, निर्मला गौतम, रन्जु शर्मा सर्वसम्मत भएका छन । लेखा समितिको संयोजकमा लक्ष्मीप्रसाद शर्मा र सदस्यहरुमा संगिता शर्मा र मन वहादुर वोहरा सर्वसम्मत भएको अध्यक्ष पौडेलले वताए ।
संस्थाको १३औं बार्षिक साधारणसभाको उदघाटन बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले शनिवार एक समारोहका विच गरे । उदघाटन मन्तब्य ब्यक्त गर्दै नगरप्रमुख पौडेलले सहकारीले उत्पादन र रोजगारीको क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको वताउदै आयतलाई विस्थापन गर्न निर्यात अनिवार्य भएको वताए । मुलुकको समृद्धिका लागि उत्पादकत्व वृद्धि गर्न लाग्नु पर्दछ, नगरप्रमुख पौडेलले भने– यसका लागि सहकारीको महत्वपूर्ण भूमिका हुन्छ । सहकारीले उदेश्य अनुसार काम गर्नुपर्ने वताउदै नगरप्रमुख पौडेलले सहकारीलाई ऋण र बचतमा मात्रै सिमित गर्न नहुने वताए । उत्पादनको क्षेत्रमा काम गर्ने सहकारीसंग नगरपालिका सहकार्य गर्न तयार रहेको उनको भनाई थियो ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक सदस्य रामवहादुर जिसीले सहकारीले वित्तिय अनुशासनलाई कायम गर्नुपर्ने कुरामा जोड दिदै पर्यटन बर्षमा पर्यटक आकर्षण गर्न नगरपालिकाले सहकारीसंग सहकार्य गर्नुपर्ने वताए । जिल्ला सहकारी संघका अध्यक्ष दिपक गौतम, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य तथा ढोरपाटन दैनिकका सम्पादक हरिनारायण गौतम, काठेखोला–२ का अध्यक्ष विद्यापति शर्मा, सल्लाहकार टिकाराम सापकोटा लगायतले शुभकामना दिदै प्रगति अग्रगतिका साथ अगाडि बढ्नुुपर्ने सुझाव दिए । संस्थाका अध्यक्ष कृष्ण प्रसाद पौडेलको सभापतित्वमा समपन्न कार्यक्रमको सञ्चालन सचिव उदयचन्द्र चपाईले र स्वागत उपाध्यक्ष तोयानाथ गौतमले गरेका थिए ।
संस्थाको वन्द शत्रले सचिव चपाईद्धारा प्रस्तुत बार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष भीमप्रसाद गौतमद्धारा प्रस्तुत आर्थिक प्रतिवेदन सुझाव सहित पारित गरेको छ । कुल ८ सय २ जना शेयर सदस्य रहेको प्रगति सहकारीले बार्षिक ८५ करोड कारोवार गरेको कोषाध्यक्ष गौतमले वताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->