
तनहुँ,४ कात्तिक – पृथ्वीराजमार्ग अन्तरर्गत शुक्लागण्डकी नगरपालिका वडा नम्बर ७ सेराटारस्थित नेपालकै अग्रणी उद्योग सूर्य नेपालले आफ्नो शाखा बिस्तार गरेर उत्पादन सुरु गर्न थालिसकेको छ । यस उद्योगले चुरोट उत्पादन गर्दछ ।
एक सय २६ रोपनी क्षेत्रफलमा आफ्नो उद्योग बिस्तार गरेको हो । पा“च वर्षअघि निर्माण गरेको यस उद्योगको पूर्वधार विकासमा मात्र साढे चार अरब रुपैया“मा खर्च गरेको छ । एक सय ८० जनाले रोजगारी पाएका छन् । जसमध्ये सय जनाको हाराहारीमा स्थानीयलाई रोजगारी मिलेको उद्योगले जनाएको छ । यस उद्योगले स्वास्थ्य जोखिम कर र राजश्व गरी वर्षेनी चार अरबको हाराहारीमा राजश्व तिर्दै आएको छ । अत्याधुनिक प्रविधिमा सूर्य नेपालले आफ्नो उत्पादन गर्दै आएको छ । जसले गर्दा वायु र ध्वनी प्रदुषण भएको छैन । उद्योग उत्पादन गरेका बस्तु बिक्री बितरण गर्नमा सहज ुहने भएकाले पृथ्वीराजमार्ग छेउमा उद्योग संचालन गरेको हो । उद्योगमा अध्ययन र अवलोकन भम्रणका लागि विद्यार्थी आउने गरेको छ । अत्याधुनिक प्रविधिबाट उद्योग संचालन भएकाले पनि इन्जिनियरिङका विद्यार्थी अध्ययन अवलोकनका लागि आउने गरेको सूर्य नेपाल उद्योगले जनाएको छ ।
तर,उद्योगमा १८ बर्ष मुनिका बालबालिकाहरुलाई प्रवेश निषेध गरेको छ । सूर्य नेपालले सामाजिक कार्य पनि गर्दै आइरहेको छ ।सेराटारमा रहेको कुश्मावती आधारभूत विद्यालयको भवन निर्माण गरिदिएको छ । एक करोड रुपैया“को लागतमा विद्यालय भवनको निर्माण गरिदिएको हो । यस अघि कुश्मावती विद्यालयको भवन कच्ची थियो । भवन निर्माण गरेपछि उद्योगले सामाजिक उत्तरदायित्व बहन गरेको छ भने अर्को तर्फ पक्की विद्यालय भवनले विद्यार्थीलाई पठनपाठनमा सहज पनि भएको छ ।पृथ्वीराजमार्ग र म्याग्दे खोलाको बीचमा यो उद्योग छ । उद्योग संचालन गर्नुअघि खेतीपाती गर्दै आइरहेको थियो । खोलाछेउ भएकाले नम्बरी खेत भने थिएन ।वर्षेनी बर्खायाममा खेतमा बाढी पस्ने गथ्र्यो ।
गाउ“ठाउ“मा ठूलो उद्योग संचालनले स्थानीयले खुसी मानेका छन ।आफन् ठाउ“मा प्रतिष्ठित उद्योग स्थापना हुनु खुसी कुरा भएको स्थानीय श्रीराम रानाले बताए ।‘उद्योग खोल्नु राम्रो हो,’ उनले भने,‘ठूला उद्योग खोल्दा स्थानीयलाई रोजगारी मिलेको छ ।’उद्योग नआएको भए स्थानीय बेरोजगार हुन्थे होलान् । केही युवाहरुले आफनै घरआ“गनमा रोजगारीको अवसर पाएका छन ।बढी मात्रामा स्थानीयले रोजगारको अवसर मिल्ला जस्तो लागेको थियो,’उनले भने, ‘तर, सोचे जस्तो भएन ।’उद्योगमा काम गर्ने स्थानीयहरु उद्योगको मातहतबाट होइन,कन्ट्याक्टरबाट रोजगार गरेको उनले बताए । सिधै उद्योगबाट राखेको भए राम्रो हुने उनले बताए । सूर्य नेपाल उद्योगको शाखा विस्तारले नगरपालिकालाई औधगिक क्षेत्रको लागि शुक्लागण्डकी उपयुक्त छ भन्ने देखाएको शुक्लागण्डकी वडा नम्बर ७ का वडा अध्यक्ष रामबहादुर थापा क्षेत्रीले बताए । ‘नगरपालिका ठूला उद्योग संचालन भएको छ,’उनले भने, ‘यो राम्रो कुरा हो ।’उद्योग संचालन गरेबापत नगरपालिकाले व्यवसायक कर लिने गरेको छ ।अर्कोतर्फ शुक्लागण्डकी आसपासका क्षेत्रका स्थानीयलाई रोजगारी पनि दिएको छ । भने उद्योगले शिक्षा क्षेत्रमा पनि सहयोग गरेको छ । स्थानीय सरस्वती माध्यामिक विद्यालयमा मावि र आधारभूत तहका शिक्षककाम लागि मासिक तलवभक्ताको अनुदान दिर्दै आएको उनले बताए ।





