आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

तिब्बती ब्यापारमेलाबाट राजश्व संकलन घट्यो,साढे ५ लाखमात्रै

तिब्बती ब्यापारमेलाबाट राजश्व संकलन घट्यो,साढे ५ लाखमात्रै

चालु वर्षको भन्सार लक्ष्य अनुसार ३३ प्रतिशत राजश्व संकलन भएको भन्सार प्रमुख यादवराज पहाडीले जानकारी दिए ।


  • सुन्दर कुमार थकाली
  • कार्तिक ४ २०७६, सोमबार
फाइल तस्वीर

जोमसोम, ४ कात्तिक -उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बती व्यापार मेलाबाट साढे ५ लाख राजश्व संकलन भएको मुस्ताङ भन्सार कार्यालयले जनाएको छ । चालु वर्षको भन्सार लक्ष्य अनुसार ३३ प्रतिशत राजश्व संकलन भएको भन्सार प्रमुख यादवराज पहाडीले जानकारी दिए । चालु वर्षको पहिलो व्यापार मेलामा १६ लाख राजश्व संकलन गर्ने लक्ष्य भए पनि व्यापार मेला ढिलो गरी सञ्चालन भएकाले राजश्वमा यथेस्ट प्रगति हुन नसकेको भन्सार प्रमुख यादवको भनाइ छ ।
उनका अनुसार १५ दिनसम्म हुनुपर्ने व्यापार मेला एक सातामै सकिएकाले राजश्व बृद्धि नभएको बताए । ‘व्यापार मेला ढिलोे भयो, सबैले सामान बेशीबाट खरिद गरे । कतिपय स्थानीय बेशी झरिसके, यसैले लक्ष्यभन्दा राजश्व कम भयो,’ भन्सार प्रमुख यादवले भने । हरेक वर्ष असार र भदौमा हुने व्यापार मेला चिनियाँ पक्षले सुरक्षाको कारण डेढ महिना ढिलो गरी सञ्चालन गरेको हो । यसअघि व्यापार मेलाका लागि स्थानीय प्रशासन, भन्सार र लोमान्थाङका सरोकारवालाले चिनियाँ पक्षलाई आग्रह गरेका थिए ।
मुस्ताङ भन्सार कार्यालयका प्रमुख यादवराज पहाडीले व्यापार मेला ढिलो भएकाले राजश्वमा सुधार नभएको बताए । उनका अनुसार चालु वर्ष १६ लाख राजश्व संकलन गर्ने भन्सार लक्ष्य थियो । गत वर्ष जिल्ला भन्सार कार्यालय लक्ष्य भन्दा १८ प्रतिशत राजश्व संकलन गरेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->