बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

विश्वशान्तिको कामना गर्दै कागबेनीमा ‘डोल्मा युल्दोक’ पुजा

विश्वशान्तिको कामना गर्दै कागबेनीमा ‘डोल्मा युल्दोक’ पुजा

पुजामा उपल्लो मुस्ताङका ५ गुम्बाका मुख्य लामाहरु सरिक भएका छन ।


  • सुन्दर थकाली
  • कार्तिक ९ २०७६, शनिबार

जोमसोम,९ कात्तिक – धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका कागबेनीमा विश्वशान्तिको कामना गर्दै ३ दिने ‘डोल्मा युल्दोक पुजा सुरु भएको छ । धार्मिक पुजाका लागि वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले आर्थिक सहयोग गरेको छ ।  पुजाको संयोजन कागबेनी स्थित कागछोदे गुम्बाले गरेको हो ।
विश्वमै बढ्दै गई अशान्ति ,बिग्रह र बिखण्डन ,विभिन्न प्रकारका प्राकृतिक प्रकोप , संक्रमण र अस्थिरताको अन्त्यको कामना गर्दै ३ दिन सम्म डोल्मा युल्दोक पुजा आयोजना भएको हो । यसप्रकार पुजा खर्चिलो र एकल रुपमा गर्न समेत सकिदैन । जिल्ला भित्रका ख्यातीप्राप्त ,दक्षता हासिल गरेका ठुला लामाहरुबाट पुजाआराधना गरिने कागछोदे गुम्बाका प्रमुख लामा गुरु खेम्बो तेन्जिङ साङ्वोले जानकारी दिए । उनका अनुसार शुक्रबार देखि सुरुआत भएको पुजामा उपल्लो मुस्ताङका ५ गुम्बाका मुख्य लामाहरु सरिक भएको बताए ।विश्वशान्तिको कागबेनीमा स्थित छोदे गुम्बामा ३ दिनसम्म लगातार पुजा संञ्चालन हुने वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष फेञ्चोक छेप्तेन गुरुङले जानकारी दिए । अध्यक्ष गुरुङले यसप्रकारको पुजाले जिल्लाको सुख ,समृद्धि र पर्यटन विकास समेत टेवा पुग्ने बताए । गाउँपालिकाले धार्मिक आस्था र विश्वासलाई आत्मसाथ गर्दै जिल्लाको पर्यटन प्रर्वद्धनमा सहयोग पु¥याउन पुजा आयोजना भएको जनाए । उनले भने,‘ दैवि तथा प्राकृतिक प्रकोप रोक्न यसप्रकारको पुजा आवश्यक छ । बर्सेनी यसप्रकारको पुजालाई बृहत रुपमा संञ्चालन गर्ने योजना बनाएका छौ ।’
डोल्मा युल्दोक पुजा शक्तिशाली पुजा मानिएको छ । डोल्मा भनेको तारादेवी भन्ने बुझिन्छ । पौराणिक बुद्धिस ग्रन्थ अनुसार यसप्रकारको पुजा शाक्यमुनी बौद्ध परिनिर्माण भईसकेको करिव ४ सय वर्षपछि सुरुआत भएको प्रमुख लामा खेम्बो तेन्जिङ साङ्वोले जानकारी दिए । उनका अनुसार यस पुजाको सुरुआत भारतका बुद्धिस बिद्धान नागार्जुन भन्ने व्यक्तिले गरेको साङ्वोले उल्लेख गरे ।
यसप्रकारको पुजा गर्नाले रोग व्याधि हट्ने ,पाप पखालिने ,अनिष्ट रोकिने ञ देवी देवता खुसी हुने धार्मिक जनविश्वास छ । पुजाले हरेक समस्या र चुनौतिहरुको सामना गर्ने सामथ्र्यता प्रदान गर्ने बताईएको छ । पुजामा वारागुरु मुक्तिक्षेत्रका १९ वटै गाउँका स्थानीयहरुको उपस्थिती रहने छ भने अन्य गाउँपालिकाका भक्तजन समेतको सहभागिता रहने उपाध्यक्ष ढिकी गुरुङले जानकारी दिईन् । पुजा आईतबार समापन हुने कागछोदे गुम्बाले जनाएको छ ।
तस्विर: मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका कागबेनी स्थित कागछोदे गुम्बामा ३ दिने डोल्मा युल्दोक पुजामा सहभागी लामाहरु पुजागर्दै । 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->