शरद ऋतु संगै नेपालीहरुकाे दाेस्राे ठूलो महान चाड तिहारको आज अन्तिम दिन ,भाईटिका । तिहार मनाउदै गर्दा मलाई पनि ती केटाकेटि जिवनका ती पलहरुकाे याद मानसपटलमा झझल्कियाे कसरी हामि गाउँघरमा देउसि खेल्न जान्थ्यौ ….नाच्थ्याै , गाउथ्याै गुन्याेचाेलि लगाएर साथिसंगिहरु संग रमाइलो गर्थ्याै साच्चै नै ती पलहरु रमाइला थिए । पछिल्लो बर्षहरुमा निकै फरकपन पाए मैले किनकि याे धर्तिमा टेकेकाे पनि झन्डै चाैविस , पञ्चिस पुगिसकेको छ यसैत्रममा मैले देख्दै आएका सामाजिक परम्परा फेरिएका छन ।पहिले पहिले राताे माटाे , गाेबरले लिपेर लक्ष्मिकाे पुजा गरिन्थ्याे , अमिलाकाे पातमा जिम फाल्ने गरिन्थ्यो , दियाे बालिन्थ्याै पछिपछि मैन वत्तिकाे प्रयाेग र अाज झल्लरिकाे प्रयाेग गरिन्छ समय संगै विकासका गति अघि बढ्न थाले ।
अहिले त कहाँबाट पाउनु गाइकाे गाेबर, राताेमाटाे किनकि बढ्दो शहरीकरणकाे प्रभाव , बसाइँसराइ गाईभैसि , खेतिपाति गर्ने छाडिसके ।
त्यसैले पनि हाम्रो चार्ड पर्व , लाेकसंस्कृति फरक बन्दै अाएका छन अाज सबैकाे घरघरमा फरक शैलिले मनाइन्छ जस्तो कि दियो कलश भन्दा पनि झल्लरि , रङगाेलि ,विभिन्न उपहार अादि तरिकाले मनाइने गरिन्छ र मनाउनु पनि पर्छ । तर अाफ्नाे लाेकसंस्कृतिकाे अस्तित्व मासिने गरि हाेइन अाज चार्ड पर्वकाे नाममा विकृति र विसंगति फैलिएको छ जथाभावी पटका पड्काउने , संस्कृति माथि प्रहार हुने गित संगित तथा क्यासिनो हुदै जुवातास खेल्ने अनैतिक कृयाकलाप भइरहेका छन ।
त्यसैगरी चार्डपर्वकाे सन्दर्भमा रहेर तिहार विषेश मनमा उब्जेका र अहिलेका विकृति र विसंगति बारे जाेडिन गहकिला शब्दहरु पाेख्न चाहे । नेपालीहरुको दाेस्राे ठूलो पर्व हाे याे पूर्व कार्तिक कृष्ण पक्ष त्रयाेदशिका दिन काग तिहार देखि भाइटिका सम्म पाचँ दिन मनाइन्छ ।यी पाँच दिनसम्म मनाइने भएकाेले यसलाई यमपञ्चक पनि भनिन्छ , यश पर्वलाई अर्को शब्दमा दिपावलि पनि भन्ने गरिन्छ , त्यस्तै किबदन्ति अनुसार यमराजले अाफ्नि बहिनी यमुनाका घरमा अातिथ्य ग्रहण गरेको हुनाले यी पाँच दिनलाई यमपञ्चक भनिएकाे विश्वास रहेको छ र साेहि दिनमा भगवान् धवन्तरिकाे जन्म भएको हुनाले पनि यसलाई धन्वन्तरि जयन्ती पनि भनिन्छ । त्यसैगरी घरकाे मुलद्दारकाे सामु यमराजलाई दिपदान गर्नाले मृत्युदेव प्रसन्न भई अाराेग्यता तथा दिर्घजीवन प्रदान गर्छ भन्ने जन विश्वास प्राचिनकाल देखि नै रहेको छ ।
यमपन्चकमा त्रमश:- काग,कुकुर,गाई , लक्ष्मी ,गाेवर्धन र भाईपुजा गरि मनाइन्छ सबैकाे घरमा झिलिमिलि पारेर लक्ष्मिकाे पुजा गरि देउसिभैलाे खेल्दै विशेष गरि तिहारमा सेलरोटी , चिनिराेटि , फिनिराेटि जस्ता मिठा परिकार बनाइन्छ ।त्यस्तै पाँच दिनसम्म मनाइने तिहारकाे सम्बन्धमा हिन्दु धर्मशास्त्रका पाैराणिक कथा अनुसार सुर्यका छाेरा यमराजले अाफ्नि बहिनी यमुनाकाे निम्तो स्विकार गरि बहिनिका घरमा गई मनाएकाे हुदा यसरी नै प्रत्येक वर्ष मनाउदै अाएकाे प्रचलन छ जहाँ दाजुभाइ दिदिबहिनी काे प्रेम अटल हुनेछ भन्ने विश्वास का साथ नेपालिहरुले गर्दछन् ,र याे पर्व राष्ट्रिय पर्वकाे रुपमा समेत रहेको छ ।
एकातिर मानव र पशुबिचकाे प्रगाढ सम्बन्ध र अर्कोतिर दाजुभाइ र दिदिबहिनी बिचकाे अात्मिय र पवित्र सम्बन्ध निर्माण गरेकाे हुन्छ भने अर्कोतिर यी र यस्ता पर्वहरुले सामाजिक महत्त्व पनि दर्साएकाे छ कारण हाम्रो देश कृषि प्रधान देश हाे जब कृषक अाफ्नाे खेतबारीमा सुनाैला दाना उमारेर अन्नरुपि संम्पत्ति घरमा भित्र्याइने समय हुन्छ त्यस क्षण खुसिकाे सिमानै हुदैन ।यस खुसिकाे अवसरमा किसानहरु भगवानकाे कृपा मानेर पूजापाठ गर्ने गर्दछन सम्पत्तिकि देवि लक्ष्मिकाे पूजा अाजा गरि मनाइन्छ त्यसैगरी वैज्ञानिक हिसाबले कुरा गर्दा चराहरु भनेको वातावरण सन्तुलनका प्रतिक हुन बालिनालिमा लाग्ने किराहरु प्रत्यक्ष या अ प्रत्यक्ष रुपमा माैसम सन्तुलन बनाएका हुन्छन् ।
हरेक वर्षैकाे एकदिन कागकाे पूजा गर्ने प्रसंगले मानिस र प्रा णि बिचकाे एक किसिमको प्रगाढ सम्बन्ध रहेको र कागले टाढा टाढा बाट खबर पुर्याउने खबरिकाे रुपमा रहेको हुनाले पनि कागलाई मान्ने चलन छ किनकि हाम्रो घर अागनकाे डिलैमा काग कराउदा हामी सुभ बाेल भनी चिच्याउछाै जसले हामीलाई सुभ अशुभ संकेत समेतकाे महसुस गर्छाै ।
त्यसैगरी अाफुलाई संरक्षण दिन्छ भन्ने मान्यताले पनि हामी कुकुर पाल्छै त्यस्तै गाईबाट दुधदेखि मलमुत्रसम्मकाे प्रयाेग गर्छाैं भने अर्कोतिर गाईलाई लक्ष्मिकाे स्वरुप पनि मान्छाै जहाँ राष्ट्रिय जनावरकाे रुपमा पनि लिने गरिन्छ त्यस्तै पहाडपर्वतले अक्सिजन दिएर सम्पूर्ण प्राणिकाे रक्षा गरेको पनि छ ।
त्यसैगरी हामी धन कि देवि लक्ष्मिकाे पूजा गर्छाै अाफ्नाे घरमा लक्ष्मिले बाँस गराेस सुख र खुसियाली छाहाेस भन्ने सबैकाे चाहना हुन्छ सबै मानिस धन कमाउन चाहन्छ त्यस्तै सानसानाे त हामी केटाकेटी हुदा हाम्रा हजुरबुबा हजुअामाले भन्ने गर्नुहुन्थ्याे कि रातिकाे बाह्र बजे लक्ष्मि घुम्दै सबैकाे घरमा अाउछिन रे !साच्चै हामी केटाकेटीकाे मन मस्तिष्कमा देबि लक्ष्मि अाउछिन भन्ने लाग्याे र पुरानो संस्कृति अनुसार याे धार्मिक विश्वास पनि रहेको थियो ।
त्यसै समयअनुसार बुझ्दै जादा भाइटिका किन लगाइन्छ भन्ने बाेध पनि भयाे दिदिबहिनी र दाजुभाइ बिचकाे सम्बन्ध सधै अटल र अमर रहाेस भन्ने उदेश्यले पनि टीका लगाइन्छ सबै नेपाली दाजुभाइले जस्तोसुकै कठिन परिस्थितिमा दिदिबहिनीकाे रक्षा गर्नुपर्छ भन्ने मान्यता पनि छ ।
साथै भाइटिकाकाे दिन बिहानै नुहाएर माईतिकाे दैलाेमा अाेखर फाेडिन्छ त्यसपछि दैलाेमा तेलकाे धार हालिन्छ दियाे, कलश सुर्य अनि गणेश , बिमिराे , मालाकाे पुजा गरिन्छ यस्तै दाजुभाइलाई राखेर तुलसिकाे माेठ तिन पटक सम्म घुमेर सुभ साहितमा सप्तरी रंङ्गि टीका , दुबाे , दहि, तेल तथा माला लगाइन्छ ।
दिदिबहिनी तथा दाजुभाइले उपहार र मिठा मिठा परिकारहरु दिईन्छ तर दाजुभाइ दिदिबहिनी नहुनेले भने रानी पाेखरिमा गई लगाउने गर्दछन् तर तिहार कसैको लागि खुसि र कसैको लागि दुखि चार्ड पनि हाे किनकि दिदिबहिनी दाजुभाइ हुनेहरु त रमाइलो गरि मनाउछ तर दाजुभाइ दिदीबहिनी नहुने लाई भने दुख अनि निराश लाग्छ ।
साच्चै दाजुभाइ विना र दिदीबहिनी विना काे घर रित्तो अनि सुन्ने लाग्छ किनकि दाजुभाइ दिदीबहिनी हुदा रमाइलो अनि घरनै सझिन्छ त्यसैले पनि सम्पूर्ण नेपाली दाजुभाइ दिदिबहिनी बिचकाे सम्बन्ध मिठास अनि सुमधुर बनाउनुपर्छ हरेक दाजुभाइले दिदिबहिनीकाे महत्त्व बुझ्नुपर्छ किनकि चेलिबेटीलाई जे जस्तो भए नि माइत असाध्यै प्याराे लाग्छ त्यसैले नेपालीहरु महान् चार्ड तिहास एकदमै महत्त्वपूर्ण रहेको हुन्छ ,त्यसैगरी पछिल्लो समयमा विकृति विसंगतिले हाम्रो समाजलाई छपक्कै छाेपेकाे छ वाहिरि प्रवृति , देखासिकि , प्रतिस्पर्धा, पछाैटेपन अादिले जरा गाडेको छ हाम्रो लाेकसंस्कृती माैलिक परम्परा हराउन थालेका छन त्यस्तै वर्तमान परिवेशमा दाजुभाइ तथा दिदीबहिनी बिचकाे सम्बन्ध पनि खस्किएको छ , त भन्दा म केम भन्ने प्रवृति व्याप्त छ एकले अर्कोलाई हाेच्याउने धन संग तुलाना गर्ने जस्ता नैतिकहिन साेचले साच्चै समाज पछि परेको ।तसर्थ सम्पूर्ण नेपालि महानुभा वहरु हाम्रो घर अागन सम्म अाइपुगेकाे महान् चार्ड हर्ष र उल्लासका साथ मनाउ सख ुशान्ति अनि समृद्ध नेपाली बनाै साथै राष्ट्रिय रुपमा एकता कायम गराैं ।




