बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

नागरिक बिकासप्रेमी सरकार चाहान्छन् ।

नागरिक बिकासप्रेमी सरकार चाहान्छन् ।


  • दुर्गा भण्डारी
  • कार्तिक १४ २०७६, बिहिबार

अक्सर हामी नेपालीहरुको बेलैमा के राम्रो के नराम्रो छुट्टाउन नसक्ने स्वभाव छ । जव अफ्ठेरो पर्छ त्यो बेला धेरै निरास हुने चिन्ता जाहेर गर्ने र दोष अर्कैलाई थोपर्ने बानी छ । हाम्रा नेताहरुको यस्तै स्वभाव छ । देशको लागि भन्दा बिदेशीका लागि सोच्ने गर्छन् । आफ्नो झिनो स्वर्थका लागि कठपुतली बनेको उनिहरुका फेरिइरहने अभिब्यत्तिबाटै प्रकट हुने गरेका छन् । मुलुकमा शान्ति, बिकास र समृद्धि ल्याउने कुरामा पनि यस्को पालामा हुनु हुदैन भन्ने सोच राख्ने गरेको पाईन्छ । केहि नेताहरु बिकास र समृद्धिको जतिसुकै बाधक बने पनि सुरुवात गरेपछि भएरै छाड्छ । सि जिनफिङको नेपाल भ्रमण पछि नेपालीलाई यो सरकारले बिकासका ढोका खोल्दै छ भन्ने आभाष भएको छ । आर्थिक रुपले समृद्ध मुलुक चिनसंग भूकम्प र नाकाबन्दी पछिको दुई देश बिचको सम्बन्धले पनि नेपालीमा आषा पलाएको छ । चिन बजार र आफ्नो सुरक्षा प्रति संबेदनशिल देखिएको छ । नेपाललाई भौतिक, आर्थिक लगायतका समृद्धि चाहिएको छ । फरक फरक स्वार्थ राखेर दुइृ देशले कोलाब्रेसनमा काम गर्न सक्छन् । यसका लागि पनि सरकारका सबै संयन्त्रहरु प्रष्ट र पारदर्षि हुन जरुरी छ ।
यो सरकारको गठन पछि नेपालीहरु धेरै आषाबादी बनेका छन् । प्रधानमंत्री केपी शर्मा ओलीको सरकारले पनि गर्न नसके कसैले गर्न सक्दैन भनेर निरासा र आक्रोस पोख्छन् बेलाबखत । प्रधानमंत्री ओलीबाट मुलुक समृद्ध बनाउने योजनाको शुरुवात भए पछि जनता दंग पनि पर्छन् । मुलुक समृद्ध बनाउनमा सरकारको नेतृत्व वा राजनैतिक नेतृत्वको ईच्छा शक्तिबाट मात्रै चल्दैन । सरकारका अंगहरुले पनि त्यहि ढंगले त्यहि रफ्दारमा काम गर्नु पर्छ । सबैको इच्छाशक्ति मेलखानु पर्छ । अहिले सरकारले केहि नया कामको शुरुवात गर्न खोजीरहेको छ । सरकारको कामलाई सफल बनाउन सक्ने कर्मचारी संयन्त्र छैन । हरेक कुरामा ढिलासुस्ती र स्वार्थका कारण काम ढिलो हुने र नहुने अवस्था देखिएको छ । निरास भएर मात्रै पनि हुदैन यो अवस्थालाई सुधार गर्ने प्रणलीको बिकास गर्न जरुरी छ । बिभिन्न बाधा अवरोध र ढिलासुस्तीका बावजुत पनि केहि नै नभएको भने होईन । यद्यपी जुन रफ्तारमा समृद्धि हासिल गर्नुपर्ने हो त्यो भने हुन सकिरहेको अवस्था छैन । बिगत भन्दा अहिले मुलुक उर्जाको क्षेत्रमा समृद्ध बन्दै गएको छ । १५÷१६ घण्टा लोडसेडिङको मार, भारतको नाकाबन्दी, लगायतले गर्दा मुलुक आत्मनिर्भर बन्नु पर्छ भन्ने सोच पलाउदै गएको छ । आवश्यक बिजुली खपत गर्न नपाउने अवस्थाका हामी नेपाली, अहिले बिद्युतको बढी भन्दा बढी खपत गर्नुपर्छ भन्ने अवस्थामा आईपुगेका छौं । हाल ११ सय मेघावाट बिजुली उत्पादन भएको अवस्था छ । अव एक बर्ष भित्रमा ९ सय मेघाबाट बिजुली थपिने छ । अव हाम्रा उद्योग संचालनका लागि बिजुली बाधक हुनेछैन । हामीलाइृ हाम्रै देशमा केहि गरौं भन्ने लाग्छ भने गर्न सक्छौं । हामी नेपालीहरु अधिकांश आफ्नो भूमि छोडेर बिदेश मै मजदुरी गर्न रुचाउछौं । त्यहा धेरै दुःख हण्डहर खानु परेको अवस्था पनि छ । बैदेशिक रोजगारीबाट फर्किएका केहि युवाहरुले आफ्नै ब्यावसायको शुरुवात पनि गरेका छन् । सकारात्मक सुरुवातको लागि सरकारले स्वदेश मै काम गर्न राम्रो बातावरण मिलाईदिनु पनि पर्छ । अहिले एनआरएनहरुले पनि आफ्नै मुलुकमा लगानी भित्र्याउन सक्ने बातावरण बनेको छ । सरकारले उद्यमशिलतालाई प्राथमिकतामा राखेको छ । कृषि र कृषिजन्य उत्पादनमा बृद्धि गर्न बातावरण बनाउनुपर्ने देखिएको छ । बास्तबिक किषानहरुले पाउने सरकारी साहायताको दुरुपयोग हुन दिनु हुदैन । बहुदेशिय कृषि कम्पनीहरु भित्र्याउन प्रोत्साहन गर्ने र उत्पादन क्षमता बढाउन जोड दिनुपर्ने देखिन्छ । प्रतिकुल अवस्थाका बावजुत पनि नेपालबाट विभिन्न देशमा अहिले १४ वटा वस्तुहरु निर्यात हुने गरेका छन् । यी बस्तुहरु अर्बभन्दा बढी निर्यात भएको एक तथ्याड्ढले देखाएछ । यस्ता वस्तुहरुको उत्पादन र गुणस्तर बढाउने हो भने पनि नेपालले चुलिँदै गएको व्यापार घाटा कम गर्न सक्छ । नेपालले अघिल्लो वर्ष गलैंचा, धागो, फलाम तथा स्टीलका बस्तु, अलैंची, टेक्सटाइल, जुस, उलन तथा पश्मिनाका सल, जुट व्याग, मुसुरो दाल, टुथपेष्ट, जडिबुटी र जुत्ता,चप्पल अर्बौं भन्दा बढी निर्यात गरेको तथ्याड्ढले देखाउछ । नेपालबाट भारत, अमेरिका, जर्मनी, बेलायत, चीन, टर्की, फ्रान्स, बंगलादेश, जापान, इटालीलगायतका देशहरुमा सबैभन्दा बढी निर्यात हुदै आएको देखिएको छ । नेपालबाट उनीका गलैंचा मात्रै ८ अर्ब ६ करोड रुपैयाँ बराबरको निर्यात भएको देखिएको छ । नेपालबाट निर्यात हुने बस्तु, यस वर्ष १६ प्रतिशतले बृद्धि भएको देखिन्छ । त्यस्तै गरी तथ्याड्ढ बिभागले हालै सार्वजनिक गरेको तथ्याड्ढ अनुसार नेपालमा २४ बर्ष पछि कै सबै भन्दा बढी आर्थिक बृद्धिदर भएको देखाएको छ । मौसमको अनुकुलता, नियमित बिजुलीको आपूर्ति तथा देशमा निर्माण कार्यले तिव्रता पाएकोले आर्थिक बृद्धिदर अघिल्लो बर्ष भन्दा ८ अर्वले बढेको हो । उत्पादनमुलक क्षेत्रमा लगानी बढ्दै गएको छ । सरकारले कृषिजन्य उत्पादनका लागि मल, बिउको उपलब्धता गराएको देखिन्छ । फल नलाग्ने बिउमा क्ष्यतिपूर्ति दिने गरेको छ । मौसमको पनि अनुकुलताले गर्दा कृषि उत्पादन उकालो लागेको देखिन्छ । बैदेशिक रोजगारबाट आएको पैसा (रेमिट्यान्स) को पनि उत्पादनमुलक क्षेत्रमा उत्पादनमुलक क्षेत्रमा परिचालन भएको तथ्याड्ढले देखाउछ । आर्थिक बृद्धि दर बढ्नुको कारण मुलुकमा शान्ति र स्थिर सरकार गठन भएको छ । प्रधानमंत्री केपी शर्मा ओलीलाई आगामी पांच बर्षका लागि स्थिर सरकारको नेतृत्व गर्नका लागि नेपाली जनताले भोट हालेका थिए । प्रधानमंत्री ओलीको चुनावी सुखी नेपाली र समृद्ध नेपालको नारा थियो । सुखी नेपाली र समृद्ध नेपालको परिकल्पना अनुसार नै काम देख्न पाईन्छ । कतिपय निर्माणका कामहरु तोकिएको समय अगावै सम्पन्न भएको अवस्था छ । सानातिना पुल देखि राष्ट्रिय गौरवका आयोजना सम्म तोकिएको समय अगावै सम्पन्न गर्ने तत्परता देखिएको छ । क्षेत्रिय अन्तराष्ट्रिय बिमानस्थलहरु, गौतमबुद्ध र पोखरा बिमानस्थल, त्यसैगरी अन्तरदेशिय प्रशारण लाईन अन्तरदेशिय कनेक्टीभिटीको लागि सडक र रेलमार्ग निमार्णका लागि सम्झौताहरु समेत भएकोलाई सरकारको मात्रै होईन मुलुक कै सफलताको रुपमा लिन सक्नु पर्छ । नेपाल सफलता तर्फ जादै गर्दा मुलुक बिरोधीहरु बिकास बाधक बनेको देखिन्छ । स्थिर सरकारको बिरोध गरेको देखिन्छ । जसको कुनै औचित्य नै छैन । जनता बिकास प्रेमी सरकार चाहान्छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->