बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

उपल्लो मुस्ताङको पर्यटनमा चुनौति: सडक र महँगो शूल्क

उपल्लो मुस्ताङको पर्यटनमा चुनौति: सडक र महँगो शूल्क

विदा र चाडपर्वको समयमा आन्तरिक पर्यटकको आगमन बढेपनि नियमित छैन् ।


  • निरज थकाली
  • कार्तिक १५ २०७६, शुक्रबार

मुस्ताङ, १५ कात्तिक-सडक र महँगो प्रवेश शूल्क उपल्लो मुस्ताङको पर्यटन विकासको चुनौतिको रुपमा देखिएको छ । नेपाल भ्रमण वर्ष मनाउने तयारी भइरहेका बेला केही वर्षयता उपल्लो मुस्ताङ भ्रमणमा आउने विदेशी पर्यटकको बढ्न सकेको छैन् । पर्यटक बढाउन बैकल्पिक पदमार्ग सञ्चालन, प्रचारप्रसार र प्रवेश शूल्क घटाउन स्थानीयले माग गरेका छन् ।
चिनको सिमा क्षेत्रमा अवस्थित लोमान्थाङ र दामोदरकुण्ड लोघेयकर गाउँपालिकामा पर्ने उपल्लो मुस्ताङ भ्रमणका लागि विदेशीले कम्तीमा दुई जनाको समूह बनाएर अध्यागमन विभागलाई पाँच सय डलर तिरेर दश दिनका लागि अनुमति लिनुपर्ने व्यवस्था छ । दश दिन भन्दा बढी बस्नुपर्दा कारण खुलाएर प्र्रतिदिन पचास डलरका दरले अतिरिक्त शूल्क बुझाउनुपर्छ ।
भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा करोडौ खर्चेर सुविधा सम्पन्न होटल खोल्ने क्रम बढेपनि महँगो शूल्क र झञ्जटिलो प्रक्रियाका कारण पर्यटन ब्यवसाय संकटमा परेको होटल ब्यवसायी रामबहादुर गुरुङले गुनासो गरे । उपल्लाे मुस्ताङकाे पर्यटन व्यवसायीहरुकाे राेयल्टि घटाउनु पर्ने माग अनुसार पर्यटन मन्त्रालयमा छलफल भईरहेकाे सासंद प्रेम प्रसाद तुलाचनले वताए ।
दुई वटा गाउँपालिकामा तीस लाख देखि बीस करोड सम्म लगानीका दैनिक पाँच सय जना बास बस्न सक्ने क्षमताका करिब पचास वटा रिसोर्ट, होटल तथा लज सञ्चालनमा छन् । नयाँ होटल थपिने क्रम बढ्दो छ । विदा र चाडपर्वको समयमा आन्तरिक पर्यटकको आगमन बढेपनि नियमित छैन् ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लोमान्थाङका अनुसार सन २०१६, १७ र १८ मा क्रमश. तीन हजार ९१८, चार हजार १५ र तीन हजार ९४६ जना विदेशीले उपल्लो मुस्ताङ घुमेका छन्् । २०१९ मा पनि गत वर्षकै हाराहारीमा आएका छन् । पर्यटक आगमन बढाउन नयाँ पदमार्ग र गन्तब्यको खोजीमा प्राथमिकता दिएको एक्याप लोमान्थाङका प्रमुख तुलसी दहालले वताए । सन १९९२ मा उपल्लो मुस्ताङमा पर्यटकलाई भ्रमणका लागि खुल्ला गर्दा पहिलो वर्ष ४८३ जना पर्यटक आएका थिए । सन २००७ सम्म प्रतिदिन सत्तरी डलर प्रवेश शूल्क हुँदा वार्षिक आठ सय पर्यटक आउने गरेकोमा शूल्क घटाएपछि बढेका थिए ।
कलात्मक पहाड, उजाड मरुभूमी जस्तै भूगोल, माटोले बनाइएका घर, हिमाली जिवनशैली, पुरानो तिब्बती संस्कृति, ऐतिहाँसिक महत्वका दरवार, गुफा, गुम्बा, छोर्तेन, कोरला नाका यस क्षेत्रको आकर्षण हो । उपल्लो मुस्ताङको पर्यटन विकासका लागि शूल्क समायोजन, नयाँ गन्तब्य र पदमार्गको पहिचान, अनुपति लिने प्रक्रियालाई सरलिकरण, स्वदेशीलाई आकर्षित गर्ने र प्रचारप्रसारमा जोड दिनुपर्ने देखिएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->