बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

टिकट बिक्रीबाट एघार दिनमा साढे छव्वीस लाख आम्दानी

टिकट बिक्रीबाट एघार दिनमा साढे छव्वीस लाख आम्दानी


  • ढोरपाटन संवाददाता
  • कार्तिक १६ २०७६, शनिबार

पोखरा, १६ कात्तिक – पोखरा महानगरपालिका वडा नं. १७ रातोपैह्रामा सञ्चालित अन्तराष्ट्रिय पर्वतीय संग्रहालयले ११ दिनमा टिकट बिक्रीबाट २६ लाख ५० हजार ३७० रुपैया आम्दानी गरेको छ ।
यही महिनाको १ देखि ११ गतेसम्म विद्यार्थी दुई हजार १२९, सर्वसाधारण नेपाली छ हजार ७६८, सार्कस्तरीय १५१२ र बाह्रय एक हजार ६५३ जना टिकट काटेर अध्ययन अवलोकन गर्दा उक्त आम्दानी भएको हो ।
नेपाल पर्वतारोहण संघको ४६ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा हालसम्म २२ लाख १२ हजार १५ जनाले टिकट काटेर अवलोकन गर्दा कूल २० करोड ५९ लाख ४७ हजार ३२८ आम्दानी गर्न सफल भएको संग्रहालयका निर्देशक शंकर गौतमले जानकारी दिए।
नेपाल पर्वतारोहण संघद्धारा खरिद गरेको एक सय रोपनी जग्गामा निर्माण गरि एक दशक अधिदेखि संञ्चालनमा आएको संग्रहालयको एउटै छानामुनी हिमाल र हिमालीका गतिविधिबारे जानकारी लिन सकिने व्यवस्था गरिएको छ ।
नेपाल पर्वतारोहण संघका सल्लाहकार हरिध्वज तुलाचनले संघको झण्डोत्तोलन गरेर कार्यक्रमको उद्घाटन गर्दै पर्वतीय पर्यटन प्रवद्र्धनमा संग्रहालयले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए ।
अर्का सल्लाहका कमलमान गुरुङले नेपसले संग्रहालयलाई व्यवस्थित गर्दै लैजाने तयारी गरिरहेको जानकारी दिदै यसको विकासका लागि तीनै तहका सरकारबाट आवश्यक सहयोग हुनु पर्नेमा बताए ।
चारवटा कक्षमा १२ वटा उपकक्ष रहेको संग्रहालयमा विश्वका आठ हजारभन्दा बढी उचाई भएका १४ वटा, सात हजार ५०० देखि सात हजार ९९९ उचाईसम्मका ४०, छ हजारदेखि छ हजार ९९९ सम्मका ६०३ सहित कूल एक हजार ९१३ वटा हिमचुचुरा र त्यस क्षेत्रमा बसोबास गर्ने बासिन्दाका भेषभुसा, संस्कृति, उपयोग गर्दै आएका बिभिन्न सामाग्री संग्रह गरि प्रदर्शनमा राखिएकोछ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->