नेपाल भित्रको नेपाल र झोलुङ्गे पुलको जिल्लाका नामले प्रख्यात वाग्लुङ्ग जिल्ला विभिन्न पर्व र सँस्कृतिले पनि प्रख्यात र चर्चित छ । मानव सभ्यता विकासको क्रमसँगै विभिन्न जात जाती, भाषा र भुगोलमा आ–आफ्नै प्रकारका सँस्कार र सँस्कृतिको विकास भएको पाइन्छ । कुनै निश्चित भुगोलमा मात्र मनाइने पर्वहरुलाई स्थानिय पर्व भन्न सकिन्छ । यस्तै पर्व मध्येको एक पर्व हो न्वागी पर्व । बाग्लुङ्ग जिल्लाका स्थानिय तहहरुमध्ये बडिगाढ गाउँपालिकाको केन्द्र रहेको वार्ड नं. ५ ग्वालीचौरमा धेरै पहिले (सोहै सताब्दि) देखि मनाइदै आएको पर्व हो न्वागी । न्वागी पर्वको विशेषता नयाँ अन्न सँग सम्वन्धित छ । नवा अन्नबाट न्वागी भएको अनुमान गर्न सकिन्छ ।
नेपालमा वाइसे चौविसे राज्य सन्चालनमा रहेको बेला इश्मा राज्य अन्तरगत गुल्मीको तत्कालीन अमराइ गाविस र वाग्लुङ्गको ग्वालीचौर गाविस (पहिले गुल्मी) लाई असी कुर्य पौदी नामाकरण गरिएको रहेछ । यस पौदी क्षेत्रको उर्वरभुमीका रुपमा रहेका अमराइको अरेवा र ग्वालीचौरको दागाचौर, ताल, ठुलाखेत, रिखेटारी, खौलार, जोगीवगर छम्तुङ जस्ता फाँटमा धानको राम्रो खेती हुने गर्छ । यहाँका बासिन्दाहरु कात्तिक महिनामा शुभसाइत हेरेर धानको मुठी लिने काम गरिन्छ र मँसिर महिनामा शुभ साइतमा नयाँ चामल न्वागी खाने गरिन्छ । नयाँ चामललाई दही केरामा भिजाएर शुभ साइतमा शुभ दिशातर्फ फर्केर नयाँ अन्न (न्वागी) खाने गरिन्छ । न्वागी खाने समयमा पन्चेबाजाको वडाई गरेर सुरु गरिन्छ । न्वागी मंसिर महिनाको १ देखि ५गते भित्रमा खाने गरिन्छ । यो नै न्वागी पर्वको विशेषता हो ।
पहिले पहिले न्वागीको मेला ग्वालीचौरको दागाचौर फाँटमा लाग्थ्यो । न्वागी खादाको दिन साझ खारमा जम्मा हुने र अर्काे दिन बिहान दागाचौर फाँटमा मेला लाग्ने गथ्र्यो । मेलामा सुन्तलाको मुख्य व्यापार हुन्थ्यो । २०४६को परिवर्तनसँगै मेला खारबजारमा सारिएको छ । २०४६को परिवर्तनसंगै न्वागी राजनैतिक शक्ति प्रदर्शनको रुपमा रहन थाल्यो । न्वागीको अवसर पारेर यहाका राजनैतिक दलहरुले आ आफ्ना आमसभा, सांकृतिक कार्यव्रmम गर्ने पर्वको रुपमा न्वागीलाई प्रयोग गर्न थाले । यहा कम्युनिष्ट नेताहरु झलनाथ खनाल, बामदेव गौतम, मोदनाथ प्रश्रीत, कृष्णगोपाल श्रेष्ठ, शान्ता मानवी, गोल्छे सार्की लगायतका नेताहरु र नेपाली काग्रेसका मनमोहन भट्टराई, चन्द्र भण्डारी, त्रैलोक्य प्रताप सेन लगायतका नेताहरु यहा भाषण गर्न पुगेका छन् । मसाल निकट रक्तिम सास्कृतिक परिवारले पनि कार्यव्रmम गर्ने गर्थे । राजनितीको अखडा बन्न थाले पछि यहाका समाजसेवी एवम जागरुक युवाहरुको सकृयतामा युवा क्वल गठन गरी मेला व्यावस्थापन गर्न थाले पछि न्वागी पर्व १ दिनको ठाउमा ३,४ दिन चल्न थाल्यो ।
यहाँको प्रख्यात भलिवल लगायत विभिन्न स्थानिय खेलहरु र साँस्कृतिक कार्यव्रmम गरेर युवा क्लवले पर्व संचालन गर्ने गर्यो । जनयुद्धको समयमा केहि सुस्ताउदै आएकोमा २०६३ सालको परिवर्तनसंगै न्वागी पर्व बिस्तार र बिकसि हुदै गएको छ । अहिले न्वागी जिल्लाकै एउटा चिनारीको रुपमा रहेको छ । न्वागी संचालनको लागी गाउपालीकाले समेत बजेट छुट्याउने गरेको छ । यहाँ खुल्ला भलिवल कार्यव्रmम खुल्ला कविता वाचन, गाउँपालिका अध्यक्ष कप राष्टिय कराते प्रतियोगिता खुल्ला दोहरी गित प्रतियोगिता जस्ता कार्यव्रmमहरु गरेर न्वागी पर्व मनाउन थालिएको छ । यहाँ न्वागीमा बुटवल पोखरा देखि आफ्नो व्यापार गर्न व्यापारीहरु जाने गर्छन । यसरी नयाँ अन्नलाई पुजागरी खाने पर्व नै न्वागी पर्व हो । यस वर्षको न्वागी मंसिर १ गते रहेको छ । आउनुहोस यस बर्षको पर्व सवै मिलेर मनाऔं ।




