पोखरा, २० कात्तिक – गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक सेरचनले बुधवार पदभार ग्रहण गरेका छन । पदभार ग्रहणसँगै प्रदेश प्रमुख सेरचनले नेपालको संघीय लोकतान्त्रिक गणतन्त्र विश्वका विभिन्न देशको भन्दा विशिस्ट भएकोले सबै मिलेर सफल कार्यान्वयन गर्नुपर्ने बताए । देशमा देखापरेको संकट निवारणमा समझदारी र सहमतिमार्फत भूमिका खेल्ने उनको भनाई थियो । गरिबी, बेरोजगारी, देशको मूल समस्या भएको भन्दै त्यसको निराकरण गर्दै अघि बढ्नुपर्ने उनले बताए । सम्पूर्ण नेपाली जनताको, राजनीतिक दलहरुको, तत्कालीन आन्दोलमा सहभागी सबै सहयात्रीहरुको समझदारी र सहमतिमा मुलुकको राष्ट्रियता, सार्वभौमिकतालाई जोगाउन दिशातर्फ जानुपर्ने उनको धारणा थियो ।
भिडियो :





