बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पुर्खाको धरोहर माँसिदै

पुर्खाको धरोहर माँसिदै


  • कृषिता अधिकारी (निशा)
  • कार्तिक २५ २०७६, सोमबार

आज नेपालका प्राकृति भौगोलिक, जातिय विविधता भित्रको एकता र एकता भित्रको सहिष्णुता नै नेपाल र नेपालिको पहिचान बोकेको छभने अर्काेतिर भनुपर्दा साँच्चै नै देश र जनताको भलाईका लागि आहुती दिएका महान व्यक्ति आज हामी माझ नभएता पनि हामीले उनका इतिहास पढेका छौ र भोलिका पुस्ताले पनि इतिहास नबिर्सुन हुन त विद्यालयको पाठ्यक्रममा राखिएको छ र लोकसेवाको पुस्तकमा पनि इतिहास बारे राखिएको छ तर बद्लिँदो समय र आधुनिक प्रविधिसंगै हाम्रा इतिहासको विषय पनि हराउँदै गएको अवस्था छ आज भोलि राजनीति, इतिहास र समाजशास्त्र जस्ता विषय हराउँदै गएका छन् । किनकी आजभोलि विज्ञान र प्राविधिक विषयलाई नै महत्व दिइन्छ छिट्टै रोजगार पाउने र समय अनुसार प्राविधिक विषय सर्वमान्य भएको हुनाले पनि धेरै विद्यार्थी वर्गहरु प्राविधिक विषयतर्फ आकर्षित भएका छन र हुनु पनि पर्छ किनकी आजको युग भनेको विज्ञान र प्रविधिको युग हो आज सबैको हात हातमा मोवाइल छन् इन्टरनेटको दुनियाँमा मान्छे हराइरहेका छन् ।
आज मानिस चन्द्रमा पुगेका छन् जति नै देशमा विकास भए त्यतिनै मानिसहरु इतिहासलाई भुल्दै गएको अवस्था छ ठाउँ ठाउँमा बनाइएका सहिदहरुको स्मारक भत्किसकेको अवस्था छ । विकासको नामा जथाभावी मनपरितन्त्र भइरहेको छ देशको परिस्थिति अस्तव्यस्त भएको छ जहाँत्यहीँ भ्रष्टाचार, कालोबजारी, हत्या, हिंसा, बलात्कार जस्ता विषय आम भइसकेको छ । आज बुद्ध जन्मेको देश नेपाल र नेपालका सिमानाहरु मिचिदैछ, साँच्चै वीर गोरर्खालीहरु रगत र पसिना बगाई अंग्रेजसंग बहादुरीका साथ लडेर नेपाललाई उच्च स्थानसम्म पु‍¥याउएका थिए । त्यसैगरी पृथ्वीनारायण शाहले नेपाल राज्यको सिमाना पूर्वमा टिष्टा पश्चिममा काँगडासम्म विस्तार गरेका थिए । त्यसैगरी, नेपालका सेना अमर सिंह थापा, बलभद्र कुँवरले अंग्रेजसंग युद्ध गरी नेपालको सिमा नालापानीसम्म पुर्याएका थिए । जसमा नेपालीहरुको सान इतिहास आज पनि कायमै छ तर पछिल्लो समयमा जुन देशको परिस्थिति हेर्दा र भारतले नेपाली भुमिमाथि नयाँ नक्सा सार्वजनिक गरेको समाचार सुन्दा र नेपाली जनमानसले विरोध तथा आन्दोलनमा अग्रसर भइरहँदा हरेक विद्यार्थीको मनमा प्रश्न उठिरहेको हुन्छ ।
किन भारतले हाम्रो सिमाना मिचिरहेको छ, हाम्रो नालापानी र लिपुलेखमाथि भारतले कब्जा गर्न खोज्दैछ, पटकपटक मिडियामा यसको बारेमा चर्चा परिचर्चा भइहँदा म समाजशास्त्रको विद्यार्थी भएको नाताले पनि इतिहासको पन्ना पल्टाउन मन लाग्यो । त्यसैगरी वीर गोरखालीहरुको सम्झनामा नेपाली चलचित्र नालापानी बनेको छ ।
साँच्चै आज पुराना इतिहासका घटनात्रमहरु चलचित्र जस्तै बनेका छन् । वीर गोरखालिले देश र जनताप्रति गरेको संघर्षको कुरा गर्दा हामी इतिहासको कालखण्डतर्फ पुग्नै पर्छ । सन् १८१४ अक्टोबर २२ का दिन नेपाल र अंग्रेजबीच भएका युद्धमा नालापानीको युद्ध अविस्मरणीय रहन गएको थियो जुन आज पनि सम्झनामा रहिरहेको छ । तर अहिलेको परिवेशमा भने गम्भीर बनेको छ किनकी हाम्रो राष्ट्र र राष्ट्रियतामाथि पटकपटक भारतीय सरकारले दमन गरेकोे र गर्दै आएको तर पनि भारतीयसंग कुटनैतिक सम्बन्ध अघि बढाएको छ, जसले गर्दा आज राष्ट्रको स्वाभिमानमाथि आच पगुको छ । यसरी भारतले देशको नक्सा दार्चुलाको लिम्पियाधुरादेखि लिपिलेखसम्मको भुमिलाई आफ्नो देशको नक्सामा समेटी झण्डै ३ सय ७२ वर्ग किलोमिटरभन्दा धेरै जमिन आफ्नो भन्दै नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको छ । जसले गर्दा हाम्रो स्वाभाविक राष्ट्रको गौरबप्रति आज ठूलो आँच पुगेको छ । कहिले नाकाबन्दी कहिले हाम्रो भुमिमाथि हस्तक्षेप यसरी कहिलेसम्म मौन रहने एउटा राष्ट्रको गायक पशुपति शर्माको लुट्न सके लुट बोलको गीतप्रति सबाल उठाउने सरकारले आज देशको सिमा मिचिदा किन मौन बसेको छ ! साँच्चै हाम्रो पुर्खाहरुले दिएको योगदानप्रति गर्व गर्नेैपर्छ । वीर गोरखालीको रगत पसिना मास्न दिनुहन्न किनकी हामीलाई हाम्रो भुमि हाम्रो देश प्राणभन्दा प्यारो छ । चाहे ज्यानको आहुती नै दिन किन नपरोस् चाहे युद्ध मैदानमा भिड्न किन नपरोस् हामीले हाम्रो धर्तिको रक्षा गर्नेछौ ।
हो लिपुलेख हाम्रै हो, नालापानी हाम्रै हो, हामी स्वाभिमान नेपाली कसैको गुलाम होइनौ, हामी र हाम्रो स्वाभिमानप्रति गिद्देनजर लाउनेप्रति हामी नेपाली आइलाग्नेमाथि जाइलाग्न पनि तयार छौ । त्यसैले भारत सरकार आफ्नो नक्सा सच्याइयोस् र नेपाल सरकारले पनि यस विषयमा गम्भीर चासो देखाइयोस् र इतिहास जस्तो विषयप्रति हरेक युवा वर्ग, विद्यार्थी, जनजनले सम्मान गरौं विद्यार्थी वर्गहरुलाई पनि इतिहासिक घटनाबारे शिक्षा प्रदान गरिनु आवश्यक छ ताकि आउँदा पुस्ताहरुले पनि इतिहासका पक्षहरुलाई जगेर्ना गरून् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->