बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

लोमान्थाङको समजुङ गाउँमा हिमचितुवाले मार्यो २५ च्याङ्ग्रा

लोमान्थाङको समजुङ गाउँमा हिमचितुवाले मार्यो २५ च्याङ्ग्रा


  • Dhorpatan News
  • मंसिर १० २०७६, मंगलबार

जोमसोम, १० मंसिर – लोमान्थाङ गाउँपालिका २ स्थित विकट समजुङ गाउँमा शुक्रबार हिमचितुवाले २५ च्याङ्ग्रा मारेको छ । चुमजुङ गाउँकी स्थानीय पेमा गुरुङले समजुङ गाउँका स्थानीय पशुपालक किसानसँग गरेको टेलिफोन कुराकानीबाट २५ च्याङ्ग्रा हिमचितुवाले मारेको खुलेको हो ।
सामूहिक रुपमा खर्कको चरन क्षेत्रमा चराउने क्रममा चरन क्षेत्रमै छुटेको र भोलिपल्ट छुटेका च्याङ्ग्रा लिन जाने क्रममा च्याङ्ग्रा मरेको भेटिएको थियो । समजुङमा हिमचितुवाले च्याङ्ग्रा मारेको एक्याप लोमान्थाङले पुष्टि गरेको छ । एक्याप लोमान्थाङका निमित्त कार्यालय प्रमुख श्रीकृष्ण न्यौपानेका अनुसार हिमचितुवाले २ वर्षका पाठापाठी मारेको हो ।
समजुङका पशुपालक किसान तोप्के गुरुङ, निङ्मा ढाङढुङ गुरुङ, पासाङ वाङ्दी गुरुङ, कर्साङ वाङ्दी गुरुङ, ढोका गुरुङ, लाक्चुङ गुरुङ र रिधोर्जे गुरुङका च्याङ्ग्रा हिमचितुवाको आक्रमणमा परेका हुन् । २५ च्याङग्रा मारिँदा करिब २ लाख ५० हजार बराबरको क्षति भएको एक्यापको अनुमान छ ।
हिमचितुवाको क्षति लगत अनुमानका लागि एक्याप लोमान्थाङको टोली मंगलबार समजुङ जाने निमित्त कार्यालय प्रमुख न्यौपानेले बताए । गत वर्षको हिउँदमा असन्तुलित हिमपातले करिब २५ सय बढी याक, चौरी र भेडा च्याङ्ग्रा मरेका थिए । गण्डकी प्रदेशले मुस्ताङका पीडित पशुपालक किसानलाई राहत समेत दिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->