शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

विधालयका अध्यक्ष बिरुद्ध जवरजस्ती करणीको मुद्दा

विधालयका अध्यक्ष बिरुद्ध जवरजस्ती करणीको मुद्दा


  • ढोरपाटन संवाददाता
  • मंसिर ११ २०७६, बुधबार

बागलुङ, ११ मंसिर- स्थानीय ४० बर्षिया महिलालाई जवरजस्ती करणी गरेको आरोपमा पृथ्वी हिरण्य माबि अमलाचौर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लिलाबहादुर बिक बिरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको छ । बागलुङ नगरपालिका–१२ अमलाचौरका बिकले महिलालाई जवरजस्ती गरेको भन्दै पिडितले एकसाता अघि जिल्ला प्रहरीमा उजुरी दर्ता गरेकी हुन् । तर साता दिन बित्दा पनि प्रहरीले उनलाई पक्राउ गरेको छैन । प्रहरी नायव उपरिक्षक झबिन्द्रप्रसाद भट्टराईले बिक फरार रहेकोले खोजी भैरहेको बताए ।
सात महिना अघि जवरजस्ती गरेपछि पिडितले गर्भ बोकेकी थिइन् । गर्भ बढ्दै गएपछि बिकले ती महिलालाई गर्भपतन गराउन भैरहवा सम्म लगेका स्रोत बताउँछ । गर्भपतन गराउन संभव नभएपछि फिर्ता आएका बिकले केही रकम दिएर घटना मिलाउन खोजेपछि पिडित महिला प्रहरीमा आइपुगेकी हुन् । ‘मलाई ५०÷६० हजार रुपैया“ दिएर मिलाउन खोजेका थिए’ उनले भनिन्, ‘मेरो ज्यानै खतरा पारेर मैले पैसा लिन मानिन ।’ पिडितको परिवार तथा माईती पक्षमा पनि पैसा दिएर घटना मिलाउन खोजेको परिवारका एक सदस्यले बताए ।
उनले जवरजस्ती करणी बिरुद्ध मुद्दा दिएपछि बिकले पिडित र उनको परिवारलाई डरधम्की दिइरहेको पिडितले बताइन् । मुद्दा दिएमा पिडितको परिवारलाई मार्ने सम्मको धम्की दिएपछि सदरमुकाम आएर प्रहरीमा सुरक्षा समेत मागेका थिए । मुद्दा दर्तापछि बिक मोवाईल छाडेर फरार भएकोले खोज्न समस्या भएको भट्टराईले बताए । ‘मोवाईल साथमा भएको भए खोज्न सकिन्थ्यो, नभएकोले भेटाउन सकिएन’ उनले भने, ‘प्रहरीले भने खोजी गरिरहेको छ ।’ ज्यान मार्ने धम्की दिएको अडियो रेकर्ड समेत पिडितले प्रहरीमा बुझाएका छन् ।
बिकले स्थानीय नेताहरुलाई समेत डरधम्की दिने गरेका छन् । मुद्दा दर्तामा सहयोग गरेको भन्दै उनले धम्की दिएको एक नेताले गुनासो गरे । बानपा–१२ का वडा अध्यक्ष गुरुदत्त पाठकले अन्याय गरेको जो भएपनि कारवाही पाउनुपर्ने बताए । ‘पिडित परिवारको भरण पोषणको समेत समस्या छ’ पाठकले भने, ‘व्यक्तीबाट कोही पिडित भएपनि राज्य छ भन्ने अनुभूति दिन सक्नुपर्छ ।’ बिक नेकपाका जिल्ला सदस्य समेत हुन् ।
जिल्ला प्रहरी प्रमुख नवराज भट्टले पिडितको स्वास्थ्य परीक्षण गरेर बयान समेत लिइएको बताए । ‘मुद्दा दर्ता भैसकेकोले अभियुक्त भेटिएपछि सरकारी वकिल मार्फत अदालतमा मुद्दा चल्छ’ भट्टले भने पिडितलार्य न्याय दिलाउन र पिडकलाई कठघरामा उभ्याउन पहल भैरहेको छ ।’ पिडितलाई उपचार गराउने भन्दै भैरहवा समेत लगेर फर्केपछि बिक पोखराबाट सम्पर्क बिहिन भएको पत्ता लागेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->