बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

संवेदनशील मतदान स्थललाई विशेष सुरक्षा

संवेदनशील मतदान स्थललाई विशेष सुरक्षा


  • ढोरपाटन संबाददाता
  • मंसिर १२ २०७६, बिहिबार

पोखरा, १२ मंसिर – मतदान हुन २ दिनमात्र बाँकी छ । देशमा नै प्रतिनिधीसभा उपनिर्वाचन हुनेमा कास्की २ एकमात्र स्थान हो ।यस क्षेत्रबाट प्रतिनिधीसभा निर्वाचन जितेका रविन्द्र अधिकारीको गत फागुन १५ मा हेलिकप्टर दुर्घटनामा परि निधन भएपछि शनिबार यहाँ मतदान हुँदैछ   ३२ मतदान स्थलका ८२ मतदान केन्द्रबाट ७१ हजार आठ सय ७१ जना मतदाताले मतदान गर्नेछन् । मतदानको लागि सबै तयारी पुरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । चुनावलाई सुरक्षित तरिकाले सम्पन्न गर्न जिल्ला सुरक्षा समिति र प्रदेश सुरक्षा समितिले विशेष ध्यान दिएका छन् ।यद्यपी, यहाँका सात वटा मतदान स्थल अति संवेदनशीलको सूचीकमा परेका छन् । जिल्ला सुरक्षा समितिले यी स्थलमा संवेदनशीलतालाई ध्यानमा राखेर विशेष निगरानी बढाउने भएको छ ।समितिका अनुसार आठ वटा संवेदनशील र बाँकी १७ वटा मतदान स्थल सामान्य रहेका छन् ।भौगोलिक विकटता, राजनीतिक दलको प्रतिस्पर्धा र निर्वाचन बहिष्कार गर्ने समूहहरुका गतिविधिका आधारमा सबै ३२ मतदान स्थलका ८२ केन्द्रहरुको सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाई राख्ने जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) रमेशकुमार केसीले बताए ।

निर्वाचनलाई सुरक्षित रुपमा सम्पन्न गर्न कुन निकाय कसरी परिचालन हुने भन्ने योजनाअनुसार अघि बढिएको सिडिओ केसीले बताए । ‘सुरक्षाको अवरोध गर्ने तत्व के कस्ता हुन सक्छन् सबैको पहिचान भएको छ,’ उनले भने, ‘त्यस अन्तर्गत कुनकुन संयन्त्र परिचालन हुने योजना अनुसार नै हुन्छ।’ कार्यालय, कर्मचारी, उम्मेदवार र मतदाताहरुलाई सुरक्षित महशुस गराउन विभिन्न रणनीति अवलम्बन गरी सुरक्षा व्यवस्था प्रभावकारी बनाइने उनको भनाई छ ।

विगतको आमनिर्वाचन जस्तै यसपटकको उपनिर्वाचनमा पनि सुरक्षा संयन्त्र परिचालन हुने भएको छ । सरकारले नै नेपाली सेनालाई परिचालन गर्न निर्णय मार्फत स्वीकृति दिइसकेको छ । निर्वाचन सुरक्षाको पहिलो घेरामा प्रहरी, दोस्रोमा सशस्त्र र बाहिरी पेरीफेरीमा नेपाली सेना परिचालन हुनेछन् ।

कास्की क्षेत्र नम्बर २ मा ११ वडा छन्। तिमध्ये वडा १६, २०, २१, २२ का अधिकांश भू–भाग भौगोलिक रुपले केही विकट मानिन्छन् । भौगोलिक असहजताको फाइदा उठाउँदै निर्वाचन बहिष्कार गरिरहेको नेत्र विक्रम चन्द विप्लव समूहले मतदाताहरुलाई एक किसिमको डर त्रास फैलाउन सक्नेतर्फ सुरक्षा निकाय चनाखो बनेको छ ।

निर्वाचन बिथोल्न खोज्ने समूहलाई पूर्वतयारीका साथ व्यवस्थित गर्न मातहतका सुरक्षा निकायलाई निर्देशन दिइसकेको सिडिओ केसीले जानकारी दिए । ‘स्रोत साधन परिचालन गरेर त्यस्ता अवैधानिक गतिविधिलाई नियन्त्रण गर्न परिचालित भइसकेका छौँ,’ उनले भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->