बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

ग्लोबल र जनता बैंकको मर्जर प्रकिया पुरा, चुक्ता पुँजी १९ अर्ब

ग्लोबल र जनता बैंकको मर्जर प्रकिया पुरा, चुक्ता पुँजी १९ अर्ब

सञ्चालक समितिमा ग्लोबल आइएमईबाट पाँच जना र जनता बैंकबाट दुई जना रहनेछन्।


  • ढोरपाटन संवाददाता
  • मंसिर १२ २०७६, बिहिबार

काठमाडौँ, १२ मंसिर – राष्ट्र बैंकले ग्लोबल आइएमई बैंक र जनता बैंकलाई अनुमित दिएसँगै मर्जर प्रकिया पुरा भएको छ । बुधबार बसेको राष्ट्र बैंक सञ्चालक समितिको बैठकले ती बैंकलाई एकिकृत कारोबारका लागि अनुमति दिने निर्णय गरेको थियो । यो निर्णयसँगै यी बैंकको मर्जर पूरा भएको छ । बैंकले आज नै राष्ट्र बैंकबाट अनुमति पत्र बुझिसकेको छ । मर्जरपछि बन्ने नयाँ बैंकको चुक्ता पुँजी करिब १९ अर्ब रुपैयाँ हुनेछ। यो हाल सञ्चालनमा रहेको सबै बैंकको पुँजी भन्दा धेरै हो। यस्तै, निक्षेप करिब २ खर्ब १० अर्ब र कर्जा करिब २ खर्ब पुग्ने बैंकले स्रोतले जनाएको छ।
यो बैंकले गत असारमा मर्जरका लागि सहमतिपत्रमा हस्ताक्षर (एमओयू) गरेका थिए। मर्जरपछि बैंकको नाम ग्लोबल आइएमई नै रहने छ। सञ्चालक समितिको अध्यक्षमा हाल ग्लोबल आइएमईका अध्यक्ष ढकालले नै रहनेछन्। सञ्चालक समितिमा ग्लोबल आइएमईबाट पाँच जना र दुई जना जनता बैंकबाट रहनेछन्। नयाँ बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी परशुराम कुँवर क्षेत्रीले लिने छन्। कुँवर जनता बैंकका प्रमुख कार्यकारी अधिकृत हुन्। यस्तै, वरिष्ठ डेपुटी सीईओमा ग्लोबल आइएमई बैंकका कामु प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल रहने सहमति यसअघि नै भएसकेको छ। राष्ट्र बैंकबाट अनुमति पाए पछि पनि बैंकले कम्पनी रजिष्ट्रारको कार्यालयबाट पनि सिफारिस लिनुपर्नेछ। बैंकले अर्को साता एकिकृत कारोबारको घोषणा गर्ने बताएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->