बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

अब ग्रीन डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यालय पोखरामा

अब ग्रीन डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यालय पोखरामा


  • ढोरपाटन संबाददाता
  • मंसिर १७ २०७६, मंगलबार

पोखरा,१७ मंसिर – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले प्रदेश सरकारका निती तथा कार्यक्रममा ग्रीन डेभलपमेण्ट वैंकले योगदान गर्ने विश्वास व्यक्त गरेका छन। ग्रीन डेभलपमेण्ट वैंकको केन्द्रीय कार्यालयको औपचारिक उदघाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री गुरुङले राज्यको संघिय सरकार अन्र्तगत पर्ने वैंक तथा वित्तीय संस्थाले प्रदेश सरकारका कार्यक्रमहरुलाई पनी प्राथमिकता दिनुपर्नेमा जोड दिए । वैंकलाई गण्डकी प्रदेशको एकमात्र विकास वैंकको रुपमा विकास हुन शुभकामना दिदै गण्डकी प्रदेश सरकार र ग्रीन डेभलपमेण्ट वैंक विच मित मितको सम्वन्ध कायम गर्ने प्रतिबद्दता उनले ब्यक्त गरे ।

उक्त कार्यक्रममा वोल्दै नेपाल राष्ट्र वैंक पोखराका निर्देशक डिल्लीराम पोख्रेलले कुल ग्राहस्थ उत्पादनमा योगदान पुर्याउन प्रदेश स्तरका वैंकको उल्लेख्य भुमिका रहने हुँदा स्थानिय पर्यटन र उत्पादनलाई जोड दिनुपर्ने वताए । वैंकका प्रमुख कार्यकारी अधिकृत उमेशकुमार आचार्यले वैंकले वागलुङ जिल्लावाट कास्की जिल्लाको पोखरामा केन्द्रीय कार्यालय स्थानान्तरण गरि वैंकको व्यवसाय वृद्धी सँगै स्थानिय पर्यटन, कृषी तथा स्थानिय उत्पादनसँग सम्वन्धित क्षेत्रमा कर्जा प्रवाह गर्नुका साथै वैंकले अत्याधुनिक वैकिङ सेवाहरु प्रदान गरिरहेको वताए ।सो कार्यक्रममा डेभलपमेण्ट वैंकर्स एसोसियसनका उपाध्यक्ष तथा गण्डकी विकास वैंकका प्रमुख कार्यकारी अधिकृत रेशम वहादुर थापा, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष वलराम ढकाल लगायतले वैंकलाई शुभकामना प्रदान गरेका थिए । वैंकका अध्यक्ष गणेश कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संचालक प्रकाश कुमार श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

वैंकले हाल कास्की, वाग्लुङ्ग र म्याग्दी जिल्लामा रहेका ११ वटा शाखा कार्यालयहरुवाट विभिन्न किसीमका आधुनिक वैंकिङ्ग सुविधाहरु, मोवाईल वैंकिङ्ग, निःशुल्क एटिएम सेवा, कनेक्ट आईपिएस जस्ता सुविधाका साथ साथै वचत तथा मुद्यती खातामा आकर्षक व्याजदर प्रदान गर्दै आएको छ । वैंकले छिट्टैनै नवलपुरको कावासोती र गैंडाकोटमा समेत शाखा विस्तार गर्न लागेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->