बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

प्रधानमन्त्रीको स्वास्थ्यप्रति सम्वेदना हराएको मिडिया

प्रधानमन्त्रीको स्वास्थ्यप्रति सम्वेदना हराएको मिडिया


  • दुर्गा भण्डारी
  • मंसिर १९ २०७६, बिहिबार

मानिसलाई जुनसुकै बेला जेसुकै पनि पर्न सक्छ । मलाई रोग लाग्दैन म स्वस्थ्य छु भनेर घमण्ड गर्न सक्ने अवस्था कसैको पनि हुन सक्दैन । अहिले कुनै पनि रोगको उपचार र अंगहरुको सफल प्रत्यारोपण गर्न सकिने गरी बिज्ञान प्रबिधीको बिकास भएको अवस्था छ । कुनै पनि रोगको आधा जति उपचार मानोबैज्ञानिक उच्च मनोवलका कारण हुने गर्दछ । अहिले मुलुकको प्रधानमन्त्री केपी शर्मा ओली एपेन्डिसाइटिसको अप्रेशन गरेर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा चिकित्सकहरुको निगरानीमा हुनुहुन्छ । उहाँको स्वास्थ्य अवस्थामा क्रमिक सुधार भइरहेको डाक्टरहरुले स्पष्ट पारेका छन् । ‘सायद अबको २÷४ दिन पछि प्रधानमन्त्री बालुवाटार फर्किनु हुन्छ ।’ डा. हरुले भनेका छन् । तर, पत्रकारहरु डाक्टरको भनाई मान्ने पक्षमा छैनन् । कतिपय पत्रकारहरु प्रधानमन्त्रीको अवस्था सुधार भएको र उहाँ आफ्नो काममा चाँडै फर्कनुहुन्छ भन्ने शब्द सुन्न पनि नचाएको जस्तो देएिको छ । यस्तै समाचारहरु हेरेर नै होला प्रधानमन्त्रीले हस्पीटलबाटै आफु स्वस्थ्य भएको भिडीयो सार्वजनिक पनि गर्नु भयो । प्रधानमन्त्री के.पी. शर्मा ओलीको स्वास्थ्यको बारेमा मिडियाहरुले तथ्यभन्दा बाहिर गएर अतिरञ्जित समाचार सार्वजनिक गरे । यस्ले आम नागरिकमा निरासा र भ्रम छर्ने काम गरेकोे छ । प्रधानमंत्रीको एपेन्डिसाइटिस सहित पेरिटोनाइटिस (पेटको संक्रमण) समेत देखिएपछि ८ दिनअघि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा शल्यक्रिया गरिएको थियो । प्रधानमंत्रीको उपचारमा संलग्न डा. हरुले निरन्तर रुपमा बिज्ञप्ती मार्फत प्रधानमंत्रीको स्वस्थ्य अवस्थाबारे जानकारी गराउदै आएका थिए । प्रधानमंत्रीको स्वास्थ्य सुधारोन्मुख अवस्थामा थियो । तर मिडीयामा एका एक अनुमानको भरमा निराधार र भ्रपूर्ण समाचारहरु बाहिर आएका छन् । यस्ता समाचार भ्रामक समाचार आउनु भनेको पक्कै पनि राम्रो होईन सम्बेदनाहिन कार्य पनि हो । हाम्रो मिडीया कति असहिष्णु र नियोजित रहेछन्, को को अदृष्य शक्तिहरुका लागि लेख्दा रहेछन् भन्ने कुराको पुष्टी पनि गरेकोछ । केहि मिडीयाहरु प्रधानमंत्री स्वस्थ्य भएको, मुलुक समृद्ध भएको, सरकार स्थिर भएको हेर्न नरुचाउनेहरु छन् । मिडीया र समाजिक संजालमा प्रधानमंत्रीको स्वास्थ्यबारे जुन ढंगले अनावश्यक चासो र टिप्पणी लेखियो त्यो नियोजित गलत थियो । भ्रमपूर्ण समाचारहरु बाहिर ल्याईए त्यसले नेपाली जनता, पार्टी, कार्यकर्ता, नातेदार र आफन्तजनमा कति निरासा छायो होला । यसरी नियोजित रुपमा, भ्रमसृजना गर्ने, संकास्पद ढंगबाट बाहिर ल्याईएका समाचारहरुमा जस्ले लेख्यो उसले क्षमायाचना समेत गर्नुपर्छ ।
नेपालका नेल्सन मण्डेला भनेर चिनिनु भएका प्रधानमंत्री केपी शर्मा ओलीले आफ्नो राजनैतिक जिवनमा कहिल्यै भौतिक सुखसुबिधाको उपभोग गर्नु भएन । उहालाई शुरुवातदेखि नै पंचायत बिरोधी आन्दोलनमा लागेको भनेर जेलभित्र पनि गोलघरमा राखियो । जहा राम्ररी खुट्टा पसार्न समेत पाईदैन थियो । ३ बर्ष सम्म गोलघर भित्र हत्कडी र नेलले सहित एउटा राजनैतिक योद्धाको हैसियतमा रहे पनि कठोर यातना भोग्दै आउनु भएको थियो । गोलघरमा बसेको स्मरण गर्दै राधाकृष्ण मैनाली एउटा पुस्तकमा प्रधानमंत्री ओलीको बारेमा यसरी लेख्नु भएको छ । बिरामी भएर रगत नै बमिट गर्दा पनि उपचार गर्न नलगेको । के भएछ भनेर हेर्दा प्रधानमंत्री ओलीले भन्नुहुन्थ्यो रे ‘म¥यो भनेर पीर मानेको कि क्या हो ? नेपाली जनतालाई स्वतन्त्र, सुखी सम्पन्न नबनाइ मर्दिन विश्वास गर्नुहोस’ । साच्चै त्यो बेला गोलघरमा बस्दाको अवस्थामा बोलेको कुरा उहाले पुरा गर्नुभएको छ । नेपालको कम्युनिष्ट आन्दोलनमा यति धेरै सर्घष र यातना भोग्ने नेताहरु सायदै कम छन् होलान् । प्रधानमंत्री ओली जेलमा बस्दा पनि बिभिन्न रोगसंग लड्दै आउनु भएको थियो । रोगसंग लड्न सक्ने तिब्र इच्छाशक्ति उहामा छ । प्रधानमंत्री ओलीले दुखाईलाई सामान्य ठान्ने गरेका कारण उहाको एपेन्डिसाइटिस सहित पेरिटोनाइटिस (पेटको संक्रमण) यो अवस्थामा आईपुग्यो । उहाको दहे आत्मबल देखेर उपचारमा संलग्न डा. हरु पनि छक्क पर्ने गरेका छन् । प्रधानमंत्री ओलीको गोलघरमा बस्दा देखिकै एउटा सपना थियो नेपाललाई समृद्ध बनाउने, नेपालीलाई सुखी बनाउने । त्यो समृद्ध नेपाल र सुखी नेपालीको सपनालाई यर्थातमा परिणत गर्ने निस्वार्थ ब्यक्ति एक मात्र उहा नै हो । बास्तवमा उहा सामान्य साधारण मानिस हुनु हुन्थ्यो भने यो अवस्थाको बिरामीलाई कति स्याहार सुसार र मानसिक सान्ति चाहिन्थ्यो होला । तर उहा असामान्य र असाधारण ब्यक्ति हुनुहुन्छ । यस्तो अवस्थामा म स्वस्थ्य हुन्छु र देश बिकासमा लाग्छु भन्ने प्रम ओलीको इच्छाशक्तिलाई यतिबेला सबैले साथ दिनुपर्छ । प्रार्थना गर्नुपर्छ, स्वस्थ्यलाभको कामना गर्नुपर्छ । मुलुकले अहिले प्रधानमंत्रीको रुपमा एउटा यस्तो युगपुरुष पाएको छ जस्ले आफ्नो स्वास्थ्यलाई भन्दा नेपाल र नेपालीको सुख, समृद्धी ल्याउन लाग्नु भएको छ । यसमा हामी नेपालीले गर्व पनि गर्नुपछ । तर बिडम्बना हाम्रा समाजका केहि थान समाजिक संजाल प्रयोगकर्ता र मिडीयाले यस्तो सम्बेदनशिल अवस्थामा नियतिबस संबेदनहिन समाचार र टीप्णीहरु बाहिर ल्याउने गरेका छन् । बास्तवमा प्रधानमंत्री ओली कुनै मिडीया या सामाजिक संजालका प्र.म होईनन् । उनिहरुको कारणले दुईहिाई बहुमत आएको पनि होईन । नितान्त उहाको नेतृत्व क्षमता र रणनीतिका कारण नेपाल कम्युनिष्ट पार्टीले दुईतिहाई बहुमत प्राप्त गरेर सरकार गठन गरेको छ । केहि थान मिडीया जस्ले ब्यक्तिगत रुपमा पुर्वाग्रही ढंगबाट प्र.म.को बिरोध गरेका छन् । शब्द शब्दलाई लिएर बिरोध गरेका छन् । कुन नैतिकताको आधारमा त्यस्तो बिरोध गर्नु परेको हो ? कस्का खातिर मुलुकलाई कमजोर बनाउन खोजिएको हो ?
प्रधानमंत्री ओलीले पार्टीको नेतृत्व गरे दखिनै रहर लाग्दो पार्टी बन्यो । उहा कै कारण कम्युनिष्टहरु एक भए । मुलुक बिकास र समृद्धीको युगमा प्रवेश ग¥यो । अहिले बिकासको चरणमा छ । बिकासका कामहरु हुने क्रममा छन् । स्वास्थ्यले केहि समय साथ दिएन भन्दैमा बिभिन्न खालका नकारात्मक टिप्पणी गर्नु उचित होईन । केहि थान मिडीयामा आउने दिनै पिच्छेका समाचार र शिर्षकहरु नकारात्मक छन् । काठमाण्डौको एक पत्रिकाले यसरी समाचारको शिर्षक बनायो । ‘अस्पतालबाटै सरकार र दल चलाउँदै प्रधानमन्त्री’ समाचारका यस्ता शिर्षकले नकारात्मक टिप्पणी गर्ने थलो बन्छ । स्वास्थ्य जस्तो मानबिय सम्बेदनाको बिषयमा मिडीयाले सम्बेदना नहराऔं ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->