बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बागलुङका ढकाल अध्यक्ष रहेको ग्लोबल आईएमई सबैभन्दा ठुलो वाणिज्य बैंक

बागलुङका ढकाल अध्यक्ष रहेको ग्लोबल आईएमई सबैभन्दा ठुलो वाणिज्य बैंक

जनता बैंकलाई गाभेपछि ग्लोबल आईएमई पुँजीगत आधारमा देशको सबैभन्दा ठुलो वाणिज्य बैंक भएको हो ।


  • Dhorpatan News
  • मंसिर १९ २०७६, बिहिबार

पोखरा,१९ मंसिर – ग्लोबल आईएमई बैंक देशको सबैभन्दा ठुलो वाणिज्य बैंक बनेको छ । जनता बैंकलाई गाभेपछि ग्लोबल आईएमई पुँजीगत आधारमा देशको सबैभन्दा ठुलो वाणिज्य बैंक बनेको हो । शुक्रबारदेखि ग्लोबल आईएमईको औपचारिक रुपमा एकिकृत बैंकिङ कारोबार सुरु हुने बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिए ।
जनतालाई गाभेपछि ग्लोबल आईएमई पुँजीगत, जगेडा कोष, निक्षेप र कर्जा लगानीका आधारमा सबैभन्दा ठुलो वाणिज्य बैंक भएको हो । ग्लोबलले हालसम्म साना ठुला गरी ११ वटा बैंक तथा वित्तीय संस्थालाई मर्ज गरिसकेको छ । मर्ज हुने जनता १२ औं बैंक हो । धेरै वित्तीय संस्थासंग मर्जर गरिसकेकाले जनतासंग सहज हुनुका साथै छोटो समयमा कर्मचारी समायोजना लगायत अन्य प्राविधिक काम सम्पन्न भएको अध्यक्ष ढकाल बताए । अन्य बैंक तथा वित्तीय संस्थालाई जनतासंगको मर्जरले सकारात्मक सन्देश दिएको ढकालको भनाई छ । ग्लोबल र जनताको एकिकृत कारोबार पश्चात यसको चुँक्ता पूँजी १९ अर्ब, प्राथमिक पुँजी २४ अर्ब, निक्षेप २ खर्ब १३ अर्ब, कर्जा १ खर्ब ९४ अर्ब रुपैयाँ पुगेको छ । मर्जपछि बैंकको जगेडा कोष ७ अर्ब १३ करोड रुपैयाँ पुग्ने भएको छ । बैंकको जगेडा कोषमा जति धेरै रकम भयो त्यति धेरै बलियो मानिन्छ ।
ग्लोबल आईएमई बैंकका ७७ वटै जिल्लामा ३०० को हाराहारीमा शाखा सञ्चालनमा रहनेछन् । २५९ वटा एटीएम बुथ, २४३ वटा शाखारहित बैंकिङ सेवा, ३३ एक्सटेन्सन काउन्टर, विदेशमा प्रतिनिधि कार्यालय ३ वटा गरी कूल सञ्जाल ८३८ रहनेछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->